शनिबार, वैशाख ८, २०८१

अफ्रिकामा औलो लागेर अलपत्र परेका नेपालीको अस्पतालमा निधन

नेपालप्लस संवाददाता / अफ्रिका२०७८ मंसिर ११ गते २१:२६

घानाको आक्रा बिमानस्थलमा औलो लागेर विरामी अवस्थामा अलपत्र परेका रुकुमका २७ वर्षिय रुपक बोहराको उपचारका क्रममा आक्राको एउटा अस्पतालमा निधन भएको छ ।

गत २३ नोभेम्वरमा सिरियालियोनबाट घानाको आक्रा एयर्पोर्टमा ट्रान्जिटमा रहेका बोहरा विरामी परेपछी इमिरेट्स एयर्लाइन्सले त्यहिं छोडिदिएको थियो । उनलाई बिगत ३ वर्ष देखि अमेरिका पुर्‍याइदिने लालचमा दलालहरुले सिरियालियोन मै राखेका थिए ।

पछिल्लो समयमा झन विरामी परेपछी आक्रा, दुबइ हुँदै नेपाल पठाउन लागिएको हुनसक्ने अनुमान गरिएको छ । तर अर्ध चेतन अवस्थाका उनलाई एयरलाइन्सले उडान नगराए पछी उनी त्यहिं अलपत्र परेका थिए । उनी विरामी परेपछी उपचार नागरिकनै नेपाल पठाउन लागिएको आशंका छ ।

सिरियालियोनबाट उडेदेखिनै उनी विरामी अवस्थामा थिए र आक्रा विमानस्थलको ट्रान्जिट पछी इमिरेट्स एयरलाइन्स्ले उनलाई उडानबाट रोकेको थियो । आक्रा एयरपोर्टमा अलपत्र परेका उनलाई एनआरएन घानाको अनुरोधमा आक्रा स्थित इन्डियन हाइकमिसनको सहयोग र समन्वयमा त्यहाँको रिज अस्पातलमा २३ नोभेम्वरकै दिन भर्ना गरिएको थियो । चार दिन सम्मको उपचारपछी पनि अवस्थामा सुधार भएको थिएन ।

एनआरएन अफ्रिकाले उनको थप उपचारका लागि छलफल गर्न र सहयोग संकलनार्थ सोमवारका लागि बैठक डाकेको थियो । अफ्रिका क्षेत्रिय संयोजक रोशन थापाले संघका केन्द्र देखि बिभिन्न निकायमा आर्थिक सहयोगका लागि पहल गरेका थिए ।

“सहयोगका लागि हामीले सबैतिर पहल गरेका थियौं । सोमबार हामी आफैं बैठक बसेर ‘के कती सहयोग गर्न सक्दछौं’ भनेर पनि छलफल गर्दै थियौं” रोशन थापाले भने ।

“हामीलाई माफ गर रुपक, हामीले तिमीलाई बच्चाउन सकेनौं” थापाले उल्लेख गरेका छन् ।

उनले कुनै पनि नेपालीले दलाल प्रयोग गरेर अमेरिका र युरोपका लागि बाहिर नहिंड्न अनुरोध गरेका छन । उनले भनेका छन- “मेरो विन्ती छ । दलालहरुको फन्दामा नफस्नुहोला । हामीले सपना देखे जस्तो सहज् छैन विदेश ।”

तपाइँको प्रतिक्रिया

फेसबुक