बिहीबार, वैशाख ६, २०८१

फोटोमा विश्व प्रसिद्द बनेकी अफगानी किशोरीलाई ईटाली लगियो

नेपालप्लस संवाददाता२०७८ मंसिर ११ गते २०:११

विश्व प्रसिद्द पत्रीका नेशनल ज्योग्राफिकले निकै वर्ष पहिले एक अफगानी किशोरीको तस्विर मुख्य पेजमा प्रकाशित गरेको थियो । त्यो फोटो धेरै ठाउँमा, होडिङ बोर्ड, वालवालिकाका संस्था र पत्रिकालेपनि प्रयोग गरेको देखिन्थ्यो ।

नेशनल ज्योग्राफिकको प्रसिद्ध पेजमा हरियो आँखा भएकि “अफगान केटी” को तविर थियो । अहिले तिनै केटी (हाल परिपक्क महिला बनिसकेकि) ईटाली आइपुगेकि छन् ।

तालिवानले कब्जा गरेपछि पश्चिमाहरूले धेरै अफगानहरूलाई निकालेर ल्याएका थिए । अहिले तिनै प्रसिद्द किशोरीलाई उद्दार गरेर आफ्नो देश ल्याएको ईटालीको सरकारले सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री मारियो द्राघीको कार्यालयले शरबत गुल्लाले आफ्नो देश अफगानिस्तान छोड्न मद्दत मागेपछि इटालीले सहयोग गरेको बताएको छ । इटाली सरकारले अब उनलाई इटालीको जीवनमा घुलमिल हुन मद्दत गर्ने विज्ञप्तिमार्फत् जनाएको छ ।

गुल्लाले सन् १९८४ मा अफगान शरणार्थी किशोरीको रूपमा अन्तर्राष्ट्रिय ख्याति कमाएकी थिइन् । युद्ध फोटोग्राफर स्टिभ म्याककरीले उनका हरिया, तेजिला टाठा आँखासहितको तस्बिर खिचेका थिए । त्यो फोटो नेसनल जियोग्राफिकको मुख पृष्ठमा प्रकाशित भएपछि उनको विश्वभरिनै चर्चा भएको थियो । म्याककरीले उनलाई २००२ मा फेरि फेला पारेका थिए ।

सन् २०१४ मा उनी पाकिस्तानमा देखा परेकि थिईन् । तर अधिकारीहरूले उनलाई नक्कली पाकिस्तानी परिचयपत्र किनेको आरोप लगाएर देश निकाला गर्ने आदेश दिए । त्यपछि उनी लुकेर बसिन् । उनलाई काबुल लगियो जहाँ राष्ट्रपतिले उनको लागि राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गरे र नयाँ अपार्टमेन्टको साँचो दिए ।

इटाली धेरै पश्चिमी देशहरू मध्ये एक थियो जसले अगस्टमा अमेरिकी सेना र तालिबानले सत्ता कब्जा गरेपछि सयौं अफगानीहरूलाई उद्दार गरेर देशबाट बाहिर निकालेको थियो ।

रोममा गुल्लाको आगमनको घोषणा गर्दै एक विज्ञप्तिमा द्राघीको कार्यालयले भनेको छ “उनको तस्बिर अफगानिस्तान र त्यहाँका जनताले त्यस समयमा गुजारेको इतिहास कस्तो थियो, त्यस बेलाको अध्यायको उतारचढाव र द्वन्द्वको प्रतीक हो ।”

तपाइँको प्रतिक्रिया

फेसबुक