मंगलबार, वैशाख ४, २०८१

अत्यावस्यक पसलबाहेक सबै अपरान्ह पाँच बजेनै बन्द गर्ने नेदरल्याण्ड्सको घोषणा

नेपालप्लस संवाददाता२०७८ मंसिर ११ गते १६:४५

कोरोना संक्रमण ब्यापक रुपमा बढेपछि नेदरल्याण्ड्सको सरकारले अत्यावस्यक पसल बाहेक अन्य सबै पसल अपरान्ह पाँच बजेदेखि विहान पाँच बजेसम्म बन्द गर्ने घोषणा गरेको छ ।

नेदरल्याण्ड्सले बार र रेस्टुरेन्टहरू सहित सबै गैरअत्यावस्यक पसलहरू बन्द गर्ने सहित नयाँ प्रतिबन्धहरू घोषणा गरेको हो ।

आतिथ्य प्रदान गर्ने (हस्पिटालिटी) र सांस्कृतिक स्थलहरूले मानिसहरूलाई साँढे एक मिटर टाढा बसेको सुनिश्चित गर्नुपर्दछ । त्यसको अर्थ यी स्थानहरूमा मानिसहरुको संख्या घटेको हुनुपर्छ” सरकारले भनेको छ ।

पेशागत खेलकुदहरु पनि दर्शकबिना खेल्नुपर्ने छ । साना, स्थानिय स्तरका (एमाच्युर) खेलहरु अपरान्ह पाँच देखि विहान पाँच बजेसम्म खेल्न पाइने छैन ।

कार्यालयमै उपस्थित भएर काम गरिरहेकाहरुलाई घरबाटै काम गर्न लगाइने छ र त्यसलाई अझै कडाकासाथ लागू गरिने छ ।

नेदरल्याण्ड्समा कोरोना प्रतिबन्ध र नियमहरुका बिरुद्द नारा, जुलुस र प्रदर्शनी हुँदै आएको छ । केहि पटक हिसात्मक प्रदर्शनसमेत भएका छन् । सरकारको यो प्रयासबिरुद्दपनि झन प्रदर्शन हुनसक्ने खतरा मेडियाहरुले औंल्याएका छन् ।

यि कडा नियमहरु डच कार्यवाहक सरकारले नोभेम्बर १३ मा आंशिक तालाबन्दी लागू गरेको केही दिन पछि आएको छ । बार र रेस्टुरेन्टहरू बेलुका ८ बजे बन्द गर्न बाध्य पारेको छ ।

डच वयस्क जनसंख्याको ८४ प्रतिशत भन्दा बढीले पूर्ण रूपमा खोप लगाएपनि कोरोको संक्रमण घट्नुभन्दा हाल बढीरहेको छ । एक करोड ७५ लाख जनसंख्या भएको यो देशमा संक्रमितको संख्या बढीरहेको छ । चार देखि १२ वर्षका वालवालिकाहरू बढी संक्रमित भैरहेका छन् । तिमध्ये अधिकांशलाई अझै खोप लगाउन बाँकी छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक