बुधबार, वैशाख १२, २०८१

आप्रवासी तस्करी रोक्न युरोपेली मन्त्रीहरूको आकस्मिक भेला

नेपालप्लस संवाददाता२०७८ मंसिर १२ गते १८:४१

File Photo Credit-IHA via dailysabah.com

शीर्ष युरोपेली मन्त्री र आप्रवासन अधिकारीहरूले आइतवार फ्रान्सेली बन्दरगाह कालेमा आप्रवासी तस्करीसँग लड्ने उपायको खोजि गर्न आपतकालीन बैठक आयोजना गरिरहेका छन् ।

भीडभाडयुक्त डुङ्गामा इंग्लिस च्यानल अर्थात् बेलायत र फ्रान्सबिचको एटलान्टिक महासागर पार गरेर बेलायत जान खोज्दा बुधवार २७ जनाको मृत्यु भएपछि उनीहरुले आपतकालिन भेला गरेका हुन् ।

यसरि गैर कानुनी रुपमा आप्रवाशीहरुलाई फ्रान्सको सिमाबाट जोखिमपूर्ण डुंगा मार्फत् बेलायत लैजाने क्रममा बुधवार डुंगा डुबेर २९ जना आप्रवाशीको ज्यान गएको थियो । यसलाई केहि वर्ष यताकै सबैभन्दा घातक घटनाका रुपमा हेरिएको छ । यसले बेलायत र फ्रान्स बीचको नयाँ राजनीतिक संकटलाई प्रेरित गरेको छ ।

यस्ता घटना बारम्बार हुने गरेका छन् र बेलायत तथा फ्रान्स दुई छिमेकी देशले एकअर्कालाई विश्वासघाती आप्रवाशी यात्राबाट मानिसहरूलाई रोक्न पर्याप्त कार्य नगरेको आरोप लगाउने गरेका छन् ।

फ्रान्सले यो दूर्घटनापछि राष्ट्रिय संगठित अपराध भन्दै अनुसन्धान गरिरहेको छ । यसलाई च्यानलमा भएको रेकर्ड मध्ये सबैभन्दा घातक आप्रवासी दुर्घटना भनेको छ ।

जानकारि अनुसार इराकी, कुर्द र कम्तिमा एक सोमाली जहाजमा सवार थिए । तर दूर्घटनामा परेका मध्ये धेरैको सार्वजनिक रूपमा पहिचान गरिएको छैन ।

जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्सका मन्त्रीहरूले युरोपेली संघ र ईयू सीमा एजेन्सी फ्रन्टेक्स र प्रहरी एजेन्सी युरोपोलका अधिकारीहरूसँग कालेमा आजै आइतवार छलफल गर्ने छन् । उनीहरू तस्करीको संजालमा केन्द्रित भएका छन् ।

एजेन्टहरुले फ्रान्सको कालेबाट बेलायतको सिमासम्म पुर्‍याउने यात्राका लागि प्रतिब्यक्ति तिन हजारदेखि सात हजार युरोसम्म लिने गरेको उल्लेख गरिएको छ । फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले अनुसन्धानका क्रममा जर्मन ट्याग भएको कार जफत गरिएको बताएका छन् ।

बेलायतको गृह सचिव प्रिती पटेललाई पेरिसले काले बैठकमा निमन्त्रणा नगरेको र उनले आफ्नै आपतकालीन बैठक गर्ने बताएकि छन् ।

“अन्तर्राष्ट्रिय सहयोग र सिमा विधेयकहरुलाई छिटो कानुनका रुपमा पारिद गरेर जनताका तस्करहरुलाई रोक्न र आप्रवाशीको जिवन जोगाउन सकिन्छ” पटेलले आफ्नो ट्विटरमा उल्लेख गरेकि छन् ।

“यो दबाबपूर्ण मुद्दामा छलफल गर्न आज युरोपेली मन्त्रीस्तरीय समकक्षहरूसँगको बैठकमा नआएकोमा मलाई माफ गर्नुहोस्,” उनले द सन अखवारको लागि एउटा स्तम्भमा उल्लेख गरेकि छन् “प्रधानमन्त्री र म हाम्रा फ्रान्सेली समकक्षहरूसँग प्रस्तावहरू लिएर त्यसमा कुनैपनि समयमा छलफल गर्न तयार छौं ।”

युरोपेली युनियन र बेलायतले आप्रवाशीको आवत जावत रोक्न खोजेपनि सहायता समूहहरूले भने थप प्रहरीको सट्टा थप मानवीय, समन्वयात्मक शरण लिन पाउने नीतिहरू सहज पार्नुपर्ने तर्क गरेका छन् ।

फ्रान्सेली तटमा रहेको शिविरहरूमा सुडान, इरान र इराकका कुर्दहरू वर्षा भैरहेका बेलापनि चिसोमा बसिरहेका छन् । उनीहरु उपयुक्त समयमा त्यहाँबाट च्यानल पार गरेर बेलायत प्रवेश गर्ने मौकाको पर्खाइमा छन् । बुधवार डुंगा पल्टिएर मानिसको मृत्यु भएपनि र प्रहरी गस्ति भएपनि आप्रवाशीहरु त्रस्त होइन अझै निडर भएर बसेका छन् ।

कोरोना महामारीले गर्दा यात्रामाथि अनेक प्रतिबन्ध लगाइएपनि ब्रेक्सिट पछि साना डुङ्गाहरूमा च्यानल पार गर्न खोज्ने आप्रवासीहरूको संख्या यस वर्ष बढेको छ । तैपनि अन्य युरोपेली देश जाने आप्रवाशीको संख्याभन्दा बेलायत जानेको संख्या भने कमनै छ ।

तपाइँको प्रतिक्रिया