शुक्रबार, चैत १६, २०८०

जनसंपर्क समिति जर्मनीको महाधिवेशन सुटुक्कै बदली, उमेदवारको शुल्क ब्यक्तिगत खातामा माग

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर १३ गते ०:४३

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समितिले एक दिन पहिले अकस्मात फेसबूक मार्फत् निर्वाचनको पद्दती र सार्वजनिक सूचनालाई अनादार गर्दै महाधिवेशनको तयारि गरेको छ ।

करिब एक हप्ता अघि शशरिर उपस्थित भएर महाधिवेशन गर्ने भन्दै पत्राचार गरिएको थियो । तर नोभेम्वर २८ साँझ फेसबूक मार्फत् अधिवेशन भर्चुवलरुपमा सोमवार २९ नोभेम्वरका दिन हुने भन्दै अकस्मात घोषणा गरिएको हो ।

महाधिवेशन तयारि समितिले किन यसरि आफ्ना सदस्यहरुलाई जानकारि नदिईकनै अकस्मात फेसबूक मार्फत महाधिवेशनको समय, स्थान र पूर्व घोषित कार्यक्रम बदल्यो भनेर न त खुलाएको छ न त आफ्ना सदस्यहरुलाई जानकारिनै दिएको छ ।

यसअघि लगभग एक साता अगाडि जनसंपर्क समिति जर्मनी (जसस जर्मनी) ले सभापति शिखर खड्काको बेखुमस्थित रेस्टुरेन्टमा शशरिर उपस्थित भएर गर्ने भन्दै जानकारि सार्वजनिक गरेको थियो ।

तर आज आइतवार अकस्मात केहि ब्यक्तिहरुको साँठगाँठमा निर्वाचन निस्पक्षरुपमा नगर्न र आफूले संगठनलाई कब्जामा लिन यसरि अकस्मात सबै कार्यसूची बदलेको आरोप लागेको छ ।

उम्मेदवारी शुल्क पठाऊने खाता नम्बरसमेत उनीहरुले ब्यक्तिको नाम दिएका छन् । लक्ष्मण बस्नेतको नाममा रहेको बैक खाता नम्बर : डिई ७९४००७००२४००३४१९०९०० (DE79400700240034190900) मा उमेदवारहरुलाई शुल्क पठाउन भन्दै पत्राचार गरिएको छ ।

संस्थाको खातामा यसरि रकम माग्दा त्यसमा आर्थिक दुरुपयोग हुने र यस्तो प्रावधान जर्मनीमा अवैध र गैरकानुनि मानिन्छ ।

महाधिवेशनमा भर्चुवलरुपमा प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रमुख अतिथिको रुपमा निम्ता गरेको बताइएको छ ।

“पहिले शशरिर उपस्थित हुने भनेर पत्र काटिएको थियो । भोलीको निर्वाचनकालागि आज अकस्मात बदलेर भर्चुवल रुपमा गर्ने भनेपछि सबैलाई जानकारि हुनेकुरो भएन । त्यसपछि आफूले जे गरेपनि भयो” जससका एक सदस्य सूर्य तिवारीले नेपालप्लसलाई बताए ।

यसरि अकस्मात महाधिवेशनको कार्यविधिनै बदल्ने काम दिल गुरुङ, शिखर खड्का, बिजय मोक्तान र पुष्प थापाको मिलोमतोमा भएको स्रोतले नेपालप्लसलाई बतायो ।

आजै निर्वाचनका प्रमुख आयुक्त लक्ष्मण बस्नेतले फेसबूकमा राखेको जानकारि अनुसार यो महाधिवेशनमा बिदेशी पासपोर्ट लिएकाहरुले उपस्थित हुन नपाउने उल्लेख छ । तर जसस जर्मनीको सदस्य बनाउँदा भने उनीहरुले कांग्रेस समर्थक, कांग्रेसमा आस्था राख्ने जोसुकैलाई सदस्यता बितरण गरेका थिए ।

युरोपेली परिषदको कानुन अनुसार नेपाली मात्रै होइन जुनसुकै देशका ब्यक्तिपनि सामाजिक संस्थाका रुपमा दर्ता भएका संघसंगठनमा आबद्द, नेत्रित्वमा उमेदवार बन्न सक्छन् ।

जर्मनी र समग्र युरोपेली युनियनकै कानुनले कुनैपनि राजनितिक पार्टीको संगठन खोल्न युरोपमा बन्देज छ । उनीहरुले सामाजिक संस्थाका रुपमा देखाएर राजनितिक संस्थाको राजनिति गर्दै आएका छन् । युरोपेली कानुनले सामाजिक संस्थामा कोहिपनि ब्यक्तिलाई बिदेशी पासपोर्ट लिएको भन्दै संस्थामा बन्देज गर्न पाइन्न ।

“मनपरि रूपमा संचालन गरीएको यो भात्रि संस्था नेपाली राजनीतिको नयाँ हुबहु ऊहि नेपाली पाराले (प्रतिशोध र पूर्वाग्रहले) गरिएको छर्लंग देखिंदै छ” सूर्य तिवारीले आफ्नो फेसबूकमा उल्लेख गरेका छन् ।

सूचनामा बिदेशी पासपोर्ट लिएकाले सहभाहि हुन नपाउने भनिएपनि रोचक पक्ष के छ भने निर्वाचन समितिका पाँच जना दिल बहादुर गुरुङ, लक्ष्मण बस्नेत, शरण केसी, श्याम खनाल र पुष्प थापा मध्ये दिल बहादुर गुरुङ राहदानी बाहक हुन् भने बाँकि चार जना बिदेशी राहदानीबाहक हुन् ।

“अरु बिदेशी पासपोर्टबाहक सहभागि हुन नपाउने । तर निर्वाचन समितिकै चार जना बिदेशी राहदानीबाहक् छन्, निर्वाचन आयुक्त सबै रातो पास्पोर्ट वाला हुदा पार्टीको गोपनीयता भंग हुदैन र ? फेरी अवैधानिक रूपमा जर्मनीमा राजनीतिक संस्था संचालन गर्न मिलछ होला र ? यो अचम्म भएन र ?’ सूर्य तिवारीले प्रश्न गरेका छन् ।

जानकारि अनुसार जसस जर्मनीले हालसम्म कति सदस्य छन् र ति को हुन् भन्नेपनि सार्वजनिक गरेको छैन । उनीहरुले भित्रभित्रै आफूखुशि र आफ्ना समर्थकहरुको नाम राख्ने र आफ्नाइतर ठानिएकाहरुको नाम काट्ने काम गरेका छन् ।

जससको महाधिवेशनमा निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मण बस्नेतले जारि गरेको सूचनामा भोली सोमवार (नोभेम्वर २९) विहान ११ बजेबाट महाधिवेशन भर्चुवल रुपमा शुरु हुने उल्लेख गरेका छन् ।

उनीहरुले नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन तोक्दा समेत आफूखुशि सदस्यता भरेर केन्द्रमा पठाएको आरोप लागेको छ । जसस जर्मनीले सदस्यहरुको नाम प्रकाशित नगरेकाले पनि त्यसमा थप शंका उत्पन्न भएको हो ।

निर्वाचनमा अध्यक्ष पदका लागि १०००  युरो, उपसभापति (खुल्ला तर्फ) ६०० युरो, महिला तर्फ ५०० युरो, महामन्त्री पदकालागि ४५० युरो, सहमहामन्त्री ३०० युरो, कोषाध्यक्ष ३०० युरो, सह कोषाध्यक्ष २५० युरो र ९ जना केन्द्रिय सदस्यकालागि जनहि १०० युरो शुल्क तोकिएको छ ।

जसस जर्मनीको महाधिवेशन म्याद गुज्रेको चार वर्षपछि बल्ल गर्न लागिएको पनि सूर्य तिवारीले उल्लेख गरे ।

जससद्वारा आज जारि गरिएको सूचना हेर्नुस्

नेपाली जन सम्पर्क समिती जर्मनीको निर्बाचन समितीको बैठक द्वारा उम्मेदवारी दर्ता , मिती, समय , उम्मेदवारी शुल्क र उम्मेदवारी फिर्ता सम्बन्धमा निम्न उल्लेखित निर्णय गरिएको जानकारी गर्दछौ ।

उम्मेदवारी शुल्क : सभापति पद संख्या -१ : १००० युरो

उप सभापति खुल्ल तर्फ- ३ : ६०० युरो

महिला उप सभापति -१ : ५०० युरो

महामन्त्री सांख्या -१ : ४५० युरो

सह महामन्त्री सांख्या -२ : ३०० युरो

कोषाध्यक्ष सांख्या -१ : ३०० युरो

सह कोषाध्यक्ष सांख्या -१ : २५० युरो

सदस्य सांख्या -९ : १०० युरो

उम्मेदवारी दर्ता : जसस जर्मनीको कार्यसमितिको उम्मेदवारीको लागी यही २७ नोभेम्बर साँझ ५ बजे (अनिबार्य ) भित्र उम्मेदवारी शुल्क बैंक मार्फ़त , आफनो पद ,प्रस्ताबक र समर्थकको नाम ,दस्तखत र क्रियाशील सदस्य नम्बर सहित निर्बाचन समितीको ईमेल मार्फ़त पठाउने ।

ईमेल : [email protected]

उम्मेदवारी फिर्ता :

उम्मेदवारी फिर्ता गर्न चाहने उम्मेदवारले २८ तारीक १३ बजे भित्र ईमेल मार्फ़त दस्तखत गरेर पठाऊने ।

नेपाली जन सम्पर्क समिती जर्मनीको निम्न मिती समय र स्थानमा ५ औ अधिबेसन उद्घघाटन गरिने र जुम मार्फ़त समापन गरिने जानकारी गर्दछौ

मितीः २९ नोभेम्बर ,२०२१ सोमबार समय :बिहान ठीक ११ बजे स्थान :Südstrasse 4, 59269 Beckum

उम्मेदवारी शुल्क पठाऊने खाता नम्बर- लक्ष्मण बस्नेत: बैक : खाता नम्बर : DE79400700240034190900

नेपाली जन सम्पर्क समिती जर्मनीको अधिबेसनको लागी सम्पूर्ण महानुभाबहरु लाई निमंत्रणा गर्दछौ ।

निर्बाचन प्रमुखः लक्ष्मण बस्नेत ज्यू

सदस्य : पुष्प थापा ज्यू

सदस्य : शरण के सी ज्यू

सदस्य : श्याम खनाल ज्यू

तपाइँको प्रतिक्रिया

फेसबुक