शुक्रबार, वैशाख १४, २०८१

कृयासिल सदस्य वितरणमा एकलौटी निर्णय गरेको आरोप, जनसंपर्क समिति डेनमार्कमा चरम विवाद

नेपालप्लस संवाददाता / कोपेन्हेगन, डेनमार्क२०७८ मंसिर १३ गते १५:०४

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिंदै गर्दा यसको भातृसंस्था जनसम्पर्क समिति डेनमार्कको विवाद भने उत्कर्षमा पुगेको छ । कृयासिल सदस्य वितरणमा असमान व्यबहार देखिएपछि दुई पक्ष विचको विवादले चर्को रुप लिएको हो ।

नेपाली कांग्रेससँग आवद्द तथा नेपाली जनसम्पर्क समिती डेनमार्कको स्थापना कालदेखि वर्तमान कार्समितिमा विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेका सयौं कार्यकर्ता नेपाली कांग्रेसको नयाँ कृयासिल सदस्य हुन र नविकरण हुनबाट वञ्चित भएपछी आन्तरिक विवादले अहिले पराकाष्टा नाघेको छ । केही समय अघी नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिंह कार्कीले वर्तमान उपसभापति निल थापालाई सांगठनिक प्रतिशोध राखेर विनाकारण कारवाही गर्न खोजेपछि देखिएको विवादले अहिले कृयासिल सदस्य वितरणमा समेत प्रभाव पारेको छ । कृयासिल सदस्य वितरणमा एकलौटी निर्णय गर्दै कार्कीले आफ्नो पदिय दभ्भ देखाएको समितिका सदस्यहरुको भनाइ छ ।

अघिल्लो वर्ष उपसभापति थापा आफ्नो बुवाको मृत्युको खबर सुनेर नेपाल उडेका दिनमै कार्कीले एकलौटी निर्णय गरेर अनुशासन समितिको निर्णय भन्दै थापालाई ५ वर्ष सम्म संगठनबाट निलम्बन गरिएको सुचना सार्वजनिक गरे । जबकि डेनमार्कको जनसम्पर्क समितिमा अनुशासन समिति नै बनाईएको थिएन भने कार्कीको कार्यकाल ३ वर्षको थियो । यो निर्णय नेपाली कांग्रेस पार्टी केन्द्रमा जानकारी गराईएको समेत थिएन । त्यस घटनापछि कार्की र थापा विच पानी बाराबारको स्थिति देखिन थाल्यो भने नेपाली जनसम्पर्क समिति डेनमार्कको विवादले उग्र रुप लिंदै गयो ।

अहिले अधिवेशनको संघारमा आएर सभापति कार्किले आउँदो अधिवेशनमा सभापति पदका प्रत्यासी थापालाई रोक्न आफ्ना पक्षका महामन्त्रीलाई आगामीअधिवेशनमा सभापति बनाउने उद्देश्यका साथ कृयासिल वितरणमा असमान व्यवहार गरेको जनसंपर्क समितिकै सदस्यले बताएका छन् । नेपाली कांग्रेस केन्द्रको १७ भाद्र २०७८ को चलान नं ६७ र २९ कार्तिक २०७८ को चलानी नं १३४ मा कृयासिल बन्न योग्य सबैलाई समेटी कृयासिल सदस्य विवाद समाधान गर्नु भन्ने निर्देशन जारी गरेपनि सभापति कार्की र संगठनको महामन्त्रीको मिलेमतोमा केन्द्रको निर्देशनलाई कार्यान्वयन नगरी पत्रलाई गोप्य राखिएको छ । त्यस्तै, संगठनबाहिर सुचना नल्याएको तथा आफ्ना पक्षधारका व्यक्तिलाई मात्र कृयासिल सदस्य दिएको अहिलेको विवाद पछी छर्लंग भएको छ ।

९ सय ९१ कृयासिल वितरण गरिए पनि विभिन्न बहाना बनाएर सभापति र महामन्त्रीले ५ सय १५ जनाको मात्र नामावली केन्द्रमा पठाएको र उनिहरुको नामावली सार्वजनिक नगर्नुले पनि कार्कीको मनशाय स्पष्ट देखिएको छ ।

जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति डोलाराज पौडेल (नवीन), पूर्व सभापतिहरु त्रिलोचन सापकोटा,यामलाल सुवेदी, रामचन्द्र पाठक,महासमिति सदस्य वुद्दि प्रसाद सापकोटा लगायत धेरै शुभचिन्तकहरुले उक्त कुराको पटक पटक खण्डन गरेका छन । बारम्बार कृयासिल सदस्य वितरणमा देखिएको विवाद सुल्झाउन सल्लाह दिएपनि सभापति कार्कीले नजरअन्दाज गरेको संस्थापक सभापति डोलाराज पौडेल (नवीन) ले नेपालप्लसलाई बताए । उनले भने “हामीले मिलेर जान धेरै आग्रह गर्‍यौं । तर उहाँले पटक्कै सुन्नुभएन ।”

अचम्मको कुरा के रहेको छ भने कार्यसमिति उपसभापति निल थापा र संगठनका सहमहामन्त्री कृष्ण गिरी लगायत पुर्व सभापति रामचन्द्र पाठक र महासमिति सदस्य वुद्दि प्रसाद सापकोटा समेतलाई कृयासिल सदस्य हुनबाट बंचित गरिएको छ । थापा अघिल्लो कार्यकालमा अत्यधिक मतका साथ निर्वाचित उपसभापति हुन भने कृष्ण गिरी अत्यधिक मत प्राप्त गरी निर्वाचित सहमहामन्त्री हुन् ।

पूर्व सभापति त्रिलोचन सापकोटा भन्छन “हामीले दुबै पक्षलाई सहमतिमा ल्याउने निकै प्रयास गर्‍यौं । तर सभापति कार्की पक्षधरले पेलेर नै जाने नियत देखाए । यस्तो हठले हामीहरु कसरी एक हुन सक्छौं ? साथीहरुको नियत राम्रो देखिएन ।”

कृयासिल सदस्य वितरणमा थप रहस्यको विषय के छ भने अनिच्छुक व्यक्तिहरूलाई समेत जबरजस्ती कृयासिल दिनुकासाथै कतिलाई थाहा नदिई कार्की पक्षधर आफैंले शुल्क तिरेर सदस्य बनाईदिएका छन् । अर्को पक्षका सदस्यहरुले तिरेको शुल्क समेत रकम बुझ्न र कृयासिल दिन अस्विकार गरेको कोषाध्यक्ष श्याम सुवेदीले नेपालप्लसलाई बताए । उक्त रकम डेनमार्कमा लिन अस्विकार गरेपछि सदस्यको नामावली समेत करीब ३०० जनाको शुल्क नेपाली कांग्रेसको केन्द्रिय खातामा जम्मा गराइएको छ । तर केन्द्रले समेत कृयासिल सदस्यहरुको नामावली सार्वजनिक गरेको छैन ।

विदेशमा रहेरपनि संगठनको यस्तो एकपक्षिय निर्णयले देशकै पुरानो प्रजातान्त्रिक पार्टीप्रति विदेशमा विचारको आधारमा कांग्रेससँग जोडिएका सयौं शुभचिन्तक तथा कार्यकर्ताको मनमा अन्यौलता पैदा हुनुको साथै निरास बनाएको उपसभापति निल थापा बताउँछन । यद्दपि केन्द्रमा कांग्रेससँग आवद्द योग्य कृयासिल सदस्यहरुको अधिकार नखोसियोस् भनी हार्दिकताका साथ अपिल गरिएको हुँदा पार्टी केन्द्रले न्याय गर्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

संगठनको यो व्यवहारले आफूहरुलाई दु:ख लागेको बताउँदै पूर्व सभापति द्वय यामलाल सुबेदी र रामचन्द्र पाठकले भने  “तर पनि सबैलाई समेटेर अगाडि बढने कुरामा पार्टी केन्द्रले समान ब्यवहारकासाथ पुन निर्देशन गर्दै केन्द्रमा पठाएका कृयासिल सदस्यहरुको नामावलीमा पार्टीले न्याय गर्ने कुरामा हामीहरु विश्वासत छौं ।”

कृयासिल वितरणको टुंगो नलागेपनि कार्की पक्षले निवर्तमान सभापति नवीन आचार्यलाई निर्वाचन समितिको संयोजक तोकी एक पक्षिय तबरले ५ डिसेम्बर २०२१ आईतवारका दिन नेपाली जनसम्पर्क समिति डेनमार्कको अधिवेशन गर्ने सुचना बाहिर ल्याएका छन् ।

तपाइँको प्रतिक्रिया