बिहीबार, वैशाख १३, २०८१

उमेदवारलाई हलभित्र पस्नै नदिएर जनसंपर्क समितिको अधिवेशन र निर्वाचनको तयारि

नेपालप्लस संवाददाता२०७८ मंसिर १३ गते १६:४३

(अधिवेशन हुने हलको ढोका नखोलेपछि ढोका बाहिर पर्खिरहेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार दाहिनेबाट दयाराम पौडेल र होम शर्मा)

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति जर्मनी (जसस जर्मनी) का अध्यक्ष शिखर खड्कामाथि उनी र उनको समुहले उमेदवारलाई अपमान गरि हलभित्र प्रवेश गर्नै नदिएर भित्र महाधिवेशन र निर्वाचन गर्न लागेको आरोप लागेको छ ।

युरोपको समय अनुसार साँढे दुई बजे दिउँसो यो समाचार लेख्न बस्दा जसस जर्मनीको महाधिवेशन अध्यक्ष शिखर खड्काको बेखमस्थित रेस्टुरेन्टभित्र चलिरहेको छ । तर महाधिवेशनका प्रतिनिधी तथा जसस जर्मनीको आगामी कार्यकालकालागि अध्यक्ष पदका दाबेदार दयाराम पौडेल र उपाध्यक्ष पदका अर्का उमेदवार होम शर्मालाई हलभित्र पस्न निषेध गरिएको दायाराम पौडेलले बताए ।

“जससको अधिवेशनमा भाग लिन म अध्यक्षको रेस्टुरेन्टमा गएँ । साँढे दुई घण्टा कुरें । भित्रबाट निर्वाचन आयुक्त लक्ष्मण बस्नेत ढोकासम्म आएर हेरेर जानुभयो, तर हामीलाई भित्र पस्न दिनुभएन” पौडेलले नेपालप्लससित भने “यतिसम्म कि ब्यानर लिएर मैसित आएको ब्यक्तिलाई भित्र पस्न दिए, मलाई दिएनन् ।”

दायाराम पौडेल अधिवेशनका लागि तोकिएको रेस्टुरेन्टको ढोकामा केहिबेर कुरेपछि उपाध्यक्षका अर्का प्रत्यासी होम शर्मापनि आइपुगेका थिए । उनीहरुले त्यहिंबाट निर्वाचन समितिका सदस्य शरण केसी, अध्यक्ष शिखर खड्का, निर्वाचन समितिका अर्का सदस्य दिल बहादुर गुरुङ लगायतका ब्यक्तिलाई फोनबाट सम्पर्क गरेका थिए ।

“भित्र पस्न नदिएपछि निर्वाचन समितिका सदस्य दिल गुरुङलाई फोन गर्‍यौं । उहाँले ‘तिमीहरु त हुलका हुल मान्छे लिएर आएको छ रे भनेर ढोक नखोलेको भन्छन् त’ भन्दै सुनाउनुभयो । हामी परिवारका तिन सदस्य मात्रै थियौं, कतिसम्म झुट बोल्न सकेका” दयाराम पौडेलले नेपालप्लससित भने ।

पौडेलका अनुसार ढोकामा पुगेपछि उनले ढोका पटक पटक जोडले ढक्ढकाएका थिए । त्यो सुनेर अध्यक्ष शिखर खड्काका पक्षका ब्यक्तिहरु ढोका नजिक हेर्न आए तर अध्यक्ष र उपाध्यक्षका उमेदवार देखेपछि ढोका खोलेनन् ।

“हामीलाई देखेपछि हामीले ढोका खोल्नुस्, किन नखोलेको? भनेर सोध्यौं । शिखर खड्काले ढोका नखोल्नुभनेको छ’ भन्ने जवाफ दिए” पौडेलले भने ।

जसस जर्मनीको हिजै आइतवार २८ नोभेम्वर साँझसमेत अनौपचारिक बैठक बसेको थियो । बैठकामा उनीहरुले शसरिर उपस्थित हुन संभव भएसम्म उपस्थित हुने र नसक्नेहरु भर्चुवल माध्यमले उपस्थित हुने निर्णय गरेका थिए ।

“हिजो साँझपनि उमेदवार साथीहरु बसेर हलमा उपस्थित हुने निर्णय भएको हो । निर्वाचन समितिका सदस्य शरण केसीलेसमेत हामीलाई आउनुपर्छ” पौडेलको भनाई छ ।

हलभित्र शिखर खड्काले आफ्ना पक्षका मानिसहरु राखेर अर्को पक्षका वा आफूलाई मन नपर्नेहरुलाई भित्र पस्न नदिएको आरोप पौडेल पक्षले लगाएको छ । “आफ्ना पक्षका जति भित्र छन् । अर्को पक्षकालाई भित्र पस्न नदिएर कस्तो राजनिति गर्न खोजेका हुन् ? कस्तो समाज निर्माण गर्न खोजेका हुन्” आक्रोशित हुँदै पौडेलले भने ।

अधिवेशन भनिएकाले पौडेल आफ्नी पत्नी र छोरीसहित गएका थिए । ढोका बाहिर यस्तो जाडोमा महिला र वालिका देख्दापनि सामान्य मानवियतासम्म नदेखाएको गुनासो दयाराम पौडेलले गरे “आइमाई केटाकेटीलाई यस्तो चिसोमा ढोका बाहिर देख्दापनि नजिकैसम्म आएर, हेरेर ढोका नखोल्नु भनेको कतिसम्म अमानविय कार्य हो, मान्छे कतिसम्म निक्रिष्ठ बन्न सक्दारहेछन् ।”

बन्दशत्रमा छलफल, बहस हुनुपर्ने, सबैले आफ्ना आफ्ना बिचार राख्न पाउनुपर्नेमा प्रवेशनै निषेध गरेर धाँधली र एकतर्फी गर्न खोजेको आरोप सुर्य तिवारीलेसमेत लगाए ।

‘अब के गर्नुहुन्छ त ?’ भन्ने नेपालप्लसको प्रश्नमा पौडेलले भने ‘हामीले प्रहरी बोलाउन खोजेका थियौं । तर त्यसले नेपाली समुदायकै बेइज्जत होला भनेर संयमता अपनाएर फर्कियौं । साथीहरुसित सल्लाह गरेर उचित कदम चाल्ने छौं । यस्तो अन्याय सहनेकुरोपनि त भएन नी ।”

यस संवन्धमा प्रतिक्रिया लिन खोज्दा निर्वाचन समितिका सदस्य शरण केसीको फोन उठेन ।

तपाइँको प्रतिक्रिया