शुक्रबार, वैशाख १४, २०८१

स्विस स्वास्थ्य विशेषज्ञहरूले बजाए कोरोना वृद्धिमा खतराको घण्टि

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ मंसिर १३ गते १९:०३

स्विस स्वास्थ्य विशेषज्ञहरूले देशका अस्पतालहरुमा कोरोनाका विरामीहरुको संख्या ब्यापकरुपमा बढेको भन्दै अस्पतालले धान्नै नसक्ने अवस्था हुनसक्ने खतराको घण्टि बजाएका छन् ।

नागरिकहरुलाई स्वास्थ्य र सरसफाईका नियमहरूको सम्मान गर्न र नयाँ कोविड संक्रमणहरूमा निरन्तर वृद्धिको कारण स्विस अस्पतालहरूलाइ क्षमता बाहिर जानदिनबाट बचाउन सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।

संघिय सार्वजनिक स्वास्थ्य कार्यालयका प्याट्रिक म्याथिसले स्विट्जरल्याण्डमा हालको महामारीको अवस्था गम्भीर रहेको उल्लेख गर्दै आगामी हप्ताहरूमा कोरोनाका नयाँ संक्रमितको संख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।

उनले भने ” स्विजरल्याण्डमा १० देखि १९ वर्ष उमेर समूहमा संक्रमण उल्लेखनीय रूपमा बढेको छ । तर अस्पतालमा भर्ना भएका अधिकांश कोभिड बिरामीहरू ८० वर्ष वा त्योभन्दा माथिका छन् ।”

अक्टोवरको मध्यदेखि देशमा संक्रमणको नयाँ लहर आएकाले मंगलबार नयाँ संक्रमितहरूको सात दिनको औसत ५,५८७ जना पुगेको छ ।

स्विजरल्याण्डको जनसंख्याको लगभग ६५ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका छन् । हालसम्म दुई लाख भन्दा बढी मानिसहरूले विशेष गरी ६५ वर्ष माथि उमेर समूहकाले बूस्टर खोप प्राप्त गरेका छन् ।

म्याथिसले खोप सम्बन्धी सरकारी सल्लाहकार आयोग र स्वास्थ्य कार्यालयले अर्को हप्ता १६ वर्ष भन्दा माथिका मानिसहरूका लागि बुस्टर खोप लगाउन सिफारिसहरू जारी गर्ने बताएका छन् ।

उनले प्रान्त र केन्द्रिय सरकारले जारि गरेका स्वास्थ्य र सरसफाईका नियमहरू पालना गर्न, विशेष गरी मास्क लगाउन, एक अर्काबिच सामाजिक दूरि कायम गर्न र नयाँ सचेतना अपनाउन आह्वान गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक