बिहीबार, वैशाख १३, २०८१

विश्व प्रसिद्द खेलाडी मेस्सीले जिते सातौं पटक सुनको भकुण्डो

नेपालप्लस संवाददाता / पेरिस२०७८ मंसिर १३ गते २३:३८

(फोटो एएफपी)

फ्रान्सको राष्ट्रिय फूटबल टोली पारिस सेन्ट जर्मन (पारी सँ जेर्मा) का खेलाडी लियोनेल मेस्सीले सातौं पटक बालों दि ओर (सुनको भकुण्डो) जितेका छन् ।

पेरिसमा सोमबार आयोजित एक समारोहमा कीर्तिमानी लियोनल मेस्सीले सातौं पटक पुरुष बालो डीओर अवार्ड जितेर अर्को किर्तिमान राखेका हुन् ।

हाल ३४ वर्षका मेस्सीले सन् २०१९ मा बालों डीओरको पछिल्लो अवार्ड जितेका थिए । यसअघि गत वर्षको अवार्ड कोरोना महामारीका कारण रद्द भएको थियो।

उनले बार्सिलोनासँग कोपा डे रे जितेका थिए । त्यसपछि अगस्टमा पेरिस सेन्ट-जर्मनमा आबद्द हुनुअघि अर्जेन्टिनाको कप्तान रहेका बेला कोपा अमेरिकाको उपाधि जितेका थिए ।

उनी अर्जेन्टिनाका खेलाडी हुन् ।

तपाइँको प्रतिक्रिया