शुक्रबार, वैशाख १४, २०८१

स्वीडेनमा एक हप्ता भित्रै दोस्रो पटक पहिलो महिला प्रधानमन्त्री निर्वाचित

नेपालप्लस संवाददाता२०७८ मंसिर १४ गते ०:३४

स्विडेनमा एक हप्ता भित्रैमा एकै महिला दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएर देशको पहिलो महिला प्रधानमन्त्री बनेकि छन् ।

स्विडेनकी प्रथम महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घण्टामै सत्ता साझेदार गठबन्धन दलले उनलाई बजेट पास गर्न समर्थन नगरेपछि म्याग्डलेना एन्डरसनले राजीनामा दिनुपरेको थियो ।

सोमवार फेरि स्विडेनमा एन्डरसन सरकार प्रमुखको रूपमा निर्वाचित भएकि छन् ।

संसदमा भएको ३४९ सिट मध्ये ७५ अनुपस्थित थिए । उपस्थित १७३ मध्ये सोशल डेमोक्र्याटका नेता एन्डरसनले १०१ मत ल्याएर उनी प्रधानमन्त्रीको रूपमा चुनिएकि हुन् । उनले एकल दलको नेत्रित्वमा सरकार गठन गर्नेछिन् । उनको मन्त्रिपरिषद् मंगलबार घोषणा हुने अपेक्षा गरिएको छ ।

उनले राजा कार्ल १६ औं गुस्ताभ स्वीडेनका फिगरहेड सम्राटसँग सपथ लिएपछि औपचारिकरुपमा प्रधानमन्त्री बन्ने छिन् ।

एन्डरसनले गत हप्ता उनको दुई दलीय गठबन्धन छोडेपछि ग्रिन पार्टीले राजीनामा गर्नु अघि सात घण्टा प्रधानमन्त्रीको रूपमा काम गरिन । नव-नाजी आन्दोलनमा जरा गाडेका दक्षिणपन्थी जनवादी स्वीडिस डेमोक्र्याटहरूले उनको बजेटलाई समर्थन् जनाएनन् । ति लगायत विपक्षी अन्य दलहरूले रुढिवादी दलकै पक्षपोषण गरे । तिनले उनको सरकारको बजेट प्रस्ताव अस्वीकार गरेपछि उनले राजिनामा दिईन र फेरि अर्को कदम चालेर प्रधानमन्त्री बनिन् ।

एन्डरसनको अर्को सहयोगी दल सेन्टर पार्टीले पहिले नै भनेको थियो, “हाम्रा सांसदहरूले एन्डरसनको बिरूद्ध मतदान गर्नबाट टाढै बस्ने छन् ।” मतदानमा उनीहरुनै अनुपस्थित भएको बताइएको छ । ति अनुपस्थित हुनाले एन्डरसनका पक्षमा सरकार बनाउने संख्या पुगेको हो ।

स्विडेनको संविधान अन्तर्गत संसदीय बहुमत (न्यूनतम १७५ सांसद) आफ्नो विरुद्ध नभए रधानमन्त्री बन्नसक्ने प्रावधान छ ।

सोसल डेमोक्र्याट पार्टीको हाल जम्मा १०० सिट छ भने ग्रीन पार्टीको १६ सिट छ । आफ्ना सहयोगीहरू सहितको मत गन्दा अघिल्लो पटक एन्डरसनसित कुल १७४ सीट पुगेको थियो । यो पटक फरक तरिकाले खेल खेलेर उनले सरकार बनाउने रणनिति सफल पारेकि हुन् ।

संसदमा गरेको भाषणमा सेन्टर पार्टीकी नेतृ एनी लुफले भनेकि थिईन् “एउटी महिला प्रधानमन्त्रीको अर्थ धेरै केटीहरू र महिलाहरूका लागि ठूलो कुरो, ठूलो अर्थ हो । यो सिसाको छाना चकनाचुर भएको देख्नु हो । मलाई गर्व छ (केन्द्र पार्टी) यसमा संलग्न छ र यो सम्भव भएको छ । उनको पार्टी एन्डरसनको पक्ष वा विपक्षमा मतदान गर्नबाट टाढा रहन्छ । यसले उनको चुनावको लागि मार्ग प्रशस्त गर्ने छ ।”

प्रधानमन्त्रीको रूपमा एन्डरसनको नियुक्तिले स्वीडेनको लागि कोसेढुङ्गाको चिन्ह अंकित भएको छ । दशकौंसम्म लैङ्गिक सम्बन्धको कुरा गर्दा युरोपको सबैभन्दा प्रगतिशील देशहरू मध्ये एकको रूपमा स्विडेनलाई हेरिएको थियो । तर राज्यको शीर्ष राजनीतिक पदमा महिला नियुक्त हुनसकेका थिएनन् ।

स्वीडेनको अर्को आम चुनाव सेप्टेम्बर ११ मा हुने भएको छ ।

तपाइँको प्रतिक्रिया