बिहीबार, वैशाख १३, २०८१

‘दंगाग्रस्त जनसंपर्क समिती’ बेल्जियममा शान्तिपूर्ण अधिवेशन, सर्वसम्मत नेतृत्व

नेपालप्लस संवाददाता बेल्जियम२०७८ मंसिर १४ गते १८:०६

जनसंपर्क समिति बेल्जियमकी सभापती सिता सापकोटा

जनसंपर्क समिती बेल्जियमले पाँच वर्ष पछी नयाँँ कार्यसमिती चयन गरेको छ । मंगलवार नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्ण तिमल्सिना सभापतिमा निर्विरोध निर्वाचित भएका छन । समितिका अन्य पदाधिकारी र सदस्यहरु समेत निर्विरोध भएका छन् ।

नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोइरालाले दंगाग्रस्त जनसंपर्क समिती नाम दिइएको बेल्जियममा सबैको अनुमान र अड्कल भन्दा बाहिर समितिका सबै पदहरु तथा महासमिती सदस्य र महाअधिवेशन प्रतिनिधि समेत निर्विरोध निर्वाचित भएका हुन ।

कांग्रेस नेता गगन थापाले बेल्जियम जनसंपर्क समितीले गरेको उदाहरणिय कार्यको अन्य देशका समितीहरुले पनि अनुसरण गर्नुपर्ने प्रतिकृया दिए ।

स्थापनाको २१ वर्ष पुरा गर्नै लागेको बेल्जियम जनसंपर्क समितीले इतिहासमै पहिलो पटक सर्वसम्मत कार्यसमिती चयन गरेको हो ।

“बेल्जियमको ईतिहासमै पहिलो पटक सर्वसम्मत नेतृत्व चयन गर्न हामी सफल भएका छौँ । गलत बाटोबाट कोही कहिं पुगिंदैन । संगठन बिधी, बिधान प्रकृया र पद्दतीबाट चल्नु पर्दछ । आखिर मुल घर नै सबैको संरक्षण गर्ने ठाउँ हो रहेछ भन्ने राम्रो पाठ पनी यो अधिवेशनले सिकाएको छ । लडाईले होईन भावनात्मक एकताले नै सबैको जित हुन्छ भन्ने कुरा प्रमाणित भएको छ” निवर्तमान सभापति सिता सापकोटाले भनेकी छन् ।

तपाइँको प्रतिक्रिया