बिहीबार, वैशाख १३, २०८१

विश्व भेला लगायतका कार्यक्रम गर्नेमाथि एनआरएनएद्वारा कारवाहिको संकेत

नेपालप्लस संवाददाता२०७८ मंसिर १४ गते २०:३२

गैर आवाशीय नेपाली संघ (एनआरएनए) ले घोषणा गरेको निर्वाचनलाई असर पर्नेगरि विश्वभेला वा अन्य कुनैपनि नाममा कार्यक्रम वा अन्य गतिबिधि गर्नेमाथि केन्द्रले कारवाहि गर्ने संकेत गरेको छ ।

संघले आज मंगलवार नोभेम्वर ३० मा जारि गरेको बिज्ञप्तिले त्यहि संकेत गरेको हो ।

विज्ञप्तिमा संघले घोषणा गरेको निर्वाचनलाई असर पर्नेगरि कुनैपनि गतिबिधि, कार्यक्रम नगर्न सचेत पार्दै भनिएको छ ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यहि डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत, गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ ।’

विज्ञप्तीमा ‘संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसँग आबद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको समेत स्मरण गराउँदै सोही अनुसार गर्न गराउन अनुरोध गरिन्छ’ उल्लेख छ ।

गैर आवाशीय नेपाली संघका केहि राष्ट्रिय समन्वय परिषदहरुले यहि डिसेम्वर १ मा विश्व भेलाका नाममा कार्यक्रम घोषणा गरेका छन् । सोहि कार्यक्रमबारे एनआरएनए केन्द्रिय समितिका तर्फबाट स्पष्ठ किटानकासाथ विधान पालना गर्न भन्दै उल्लेख गरिएको छ ।

संघको विधान पालना नगरेमा त्यस्ता सदस्य, एनसिसीहरुमाथि विधानत कारवाहि गर्न सक्ने प्रावधान छ ।

विज्ञप्तिपछि नेपालप्लसले एनआरएनएका एक केन्द्रिय सदस्यलाई संपर्क गरी सोधेको थियो ‘विश्वभेला आयोजकहरुमाथि के कारवाहिको तयारि गर्नुभएको हो ?’ आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै ति केन्द्रिय सदस्यले भने ‘चुनाव घोषणा भैसकेपछिपनि संघमा बिग्रह ल्याउनैकालागि जुनसुकै नाममा गरिने भेला बिग्रहकालागि, गूटको पक्षकालागि हो । अटेर गरे कारवाहि गरेर अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको छ, कारवाहि गर्नुपर्ने हुनसक्छ ।”

संघले बिज्ञप्तीमा भनेको छ ‘निर्वाचन बिथोल्ने खालको कुनैपनि किसिमका गतिविधि नगर्ननगराउन पनि सबैमा आग्रह गर्दछौँ ।’

यस अघि नेपालप्लसले नोभेम्वर २२ मा एनआरएनएका अध्यक्ष कुमार पन्तसित गरेको प्रत्यक्ष बहसमा पन्तले यस्ता भेलाले विवाद बनाउने बताउँदै भनेका थिए “सात वटा एनसिसी भेला भएर हुन्छ ८०, ८२ एनसिसी मध्ये ? संरक्षक परिषदकै एक जना मात्रै त्यो भेलामा गएका थिए । एनसिसी सात वटा मध्येकापनि अध्यक्ष मात्रै गएर हुन्छ ? त्यो एनसिसीमा अरु पदाधिकारी छैनन् ? त्यो गूटको भेला हो । त्यसले कुनै मान्यता राख्दैन ।”

संवन्धित समाचार

विवादै विवादका बिच एनआरएनए निर्वाचनको कार्यतालिका प्रस्तुत

समितिमा छलफलनै नगरि अदालतमा मुद्दा दायर गरेको आरोप

उच्च अदालतबाट परराष्ट्र मन्त्रालयले एनआरएनएलाई पठाएका पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

एनआरएनए प्रमुख संरक्षकमाथि संघ कब्जा गर्न खोजेको आरोप

“संरक्षक परिषदको सकृयता आवश्यक छैन” कुमार पन्त

एनआरएनए एनसिसी विश्व भेलाका सात निष्कर्ष कार्यान्वयन गर्न सुझाव, पुरा नगरे अर्को कदम चालिने

एनसीसी विश्व भेलामा सहभागि बनेर केन्द्रिय विवादमा एनआरएनए स्पेनलाई मुछेको आरोप

एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला सम्पन्न

एनआरएनए एनसिसीहरुको विश्व भेलालाई टक्कर दिन एनआरएनए अमेरिकाका शाखा अध्यक्षहरुको भेला

एनआरएनए एनसिसीहरुद्वारा आयोजित विश्व भेलाको तयारी पुरा

एनआरएनए एनसिसीहरुको विश्व भेला आव्हान: केन्द्रिय अध्यक्ष र महासचिवद्वारा भेला नगर्न पत्राचार

तपाइँको प्रतिक्रिया