बिहीबार, वैशाख १३, २०८१

कोरोना महामारीको अस्तित्व अस्वीकार गर्ने रुसी भिक्षुलाई जेल सजायँ

नेपालप्लस संवाददाता २०७८ मंसिर १५ गते ०:३०

कोरोनाको अस्तित्वलाईनै अस्विकार गरेर आत्महत्या गर्न उक्साएको आरोपमा एक कट्टरपन्थी रुसी भिक्षुलाई जेल सजायँ तोकिएको छ ।

आफ्ना विश्वासीहरूलाई “रूसको लागि मर्न” आग्रहसहितको उपदेश दिएको आरोपमा फादर सर्गी नामका भिक्षुलाई डिसेम्बर २०२० मा गिरफ्तार गरिएको थियो ।

उनलाई आत्महत्या गर्न उक्साएको, विवेकको स्वतन्त्रता हनन गरेको र मनमानी चाल चलाएको अभियोगमा मंगलवार दोषी ठहर गरिएको हो ।

मस्कोको अदालतले विद्रोही भिक्षुलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ ।

रुसको नियमित आलोचना गर्ने फादर सर्गीले आफूमाथिका आरोपहरू अस्वीकार गरेका छन् । उनका वकिलहरूले फैसलाविरुद्ध अपील गर्ने बताईएको छ ।

६६-वर्षीय वृद्धले कोरोना भाइरसको अस्तित्वलाई सधैं अस्वीकार गर्दै आएका थिए । र भाइरसको फैलावट रोक्न रूसी सरकारको प्रयासको निन्दा गरेका थिए ।

फादर सर्गीलाई कोरोना भाईरसको बारेमा खण्डन गरिएको षड्यन्त्रका सिद्धान्तहरू फैलाएको आरोप लाग्दै आएको थियो । माइक्रोचिपहरू मार्फत मानिसहरूलाई नियन्त्रण गर्ने कथित विश्वव्यापी षड्यन्त्रको भागको रूपमा कोरोना भाइरस खोपहरू विकास गरिएको हो भन्दै झूटो दाबी गर्ने ब्यक्तिका रुपमापनि उनलाइ आरोप लागेको छ ।

भिक्षुले आफ्ना अनुयायीहरूलाई लकडाउन प्रतिबन्धको अवज्ञा गर्न आग्रह गरेको आरोप छ । उनले दर्जनौं समर्थकहरूसँग येकातेरिनबर्ग नजिकैको मठमा आफूसहित लकडाउनका नियमहरुको अवरोध गरेका थिए ।

उनलाई गत वर्ष दंगा प्रहरी र सुरक्षा बलको विशेष सहयोगमा रात्रीकालिन अपरेशनका क्रममा कन्भेन्टबाट पक्राउ गरिएको थियो ।

रूसी कट्टरपन्थी चर्चले मठका नियमहरू तोडेकोमा फादर सर्गीलाई उनको मठाधीशको पदबाट हटाएको थियो । पछि उनलाई चर्चले बहिष्कृत गर्‍यो । तर उनले ती निर्णयहरूलाई अस्वीकार गरेका थिए । अनुसन्धानकालागि प्रहरीले बयान लिन बोलाउँदापनि उनले बेवास्ता गरेका थिए ।

फादर सर्गीले पहिले सोभियत प्रहरी अफिसरको रूपमा सेवा गरेका थिए । तर पछि हत्या, डकैती र आक्रमणको दोषी ठहरिए र उनले १३ वर्षको जेल सजाय पाए । आफ्नो रिहाई पछि एक चर्च स्कूलमा सामेल भएका थिए । पछि उनी भिक्षु बनेका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक