मंगलबार, वैशाख ४, २०८१

एनआरएनका नाममा भेला नगर्न अध्यक्षको पत्र, पालना नगरे कारवाहिको चेतावनी

नेपालप्लस संवाददाता २०७८ मंसिर १५ गते १३:४९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको भेलाका नाममा कार्यक्रम नगर्न एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तले पत्राचार गर्दै अटेर गरिएमा कारवाहिको चेतावनी दिएका छन् ।

एनआरएनए एनसिसीहरुका नाममा आजै बुधवार डिसेम्वर १ का दिन केहि एनसिसीहरुले विश्व भेलाका नाममा भर्चुवल माध्यमबाट कार्यक्रम घोषणा गरेको देखेपछि अध्यक्ष पन्तले यस्तो भेला नगर्न पत्राचार गरेका हुन् ।

उनले केहि एनसिसीहरुलाई पठाएको इमेलमा आफूले समाजिक सन्जालहरु मार्फत् विश्व भेलाको नाममा कार्यक्रम गर्न लागेको जानकारि पाएकोले केन्द्रिय समितिको स्वीकृतिबिना त्यस्तो कार्यक्रम नगर्न अनुरोध गरेका छन् ।

पन्तले आफ्नो इमेल पत्राचारमा चेतावनी दिएका छन् “अन्यथा आइसिसी त्यस्ता एनसिसीको आबद्धता रद्द गर्न कडा कदम चाल्न बाध्य हुनसक्छ ।”

यस अघि २४ अक्टोवरमापनि केहि एनसिसीहरुले विश्व भेलाका नाममा कार्यक्रम गरेका थिए । यो कार्यक्रम आयोजना गर्दापनि अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले यस्तो कार्यक्रम नगर्न र सहभागि नहुन अनुरोध गरेका थिए । तर अध्यक्ष र महासचिवको पत्राचारलाई बेवास्ता गर्दै कार्यक्रम गरिएको थियो ।

यो कार्यक्रमलाई अध्यक्ष पन्तले यस अघि नेपालससितको प्रत्यक्ष अन्तर्वार्तामा गूटको भेला भन्दै यसले कुनै आधिकारितकता नपाउने बरु संस्था फुटाउन बल पुग्ने प्रतिक्रिया दिएका थिए ।

तर कार्यक्रम आयोजकहरुले भने कार्यक्रम नरोकिने बताएका छन् ।

संवन्धित समाचार

विश्व भेला लगायतका कार्यक्रम गर्नेमाथि एनआरएनएद्वारा कारवाहिको संकेत

एनआरएनए एनसिसी विश्व भेलाका सात निष्कर्ष कार्यान्वयन गर्न सुझाव, पुरा नगरे अर्को कदम चालिने

एनसीसी विश्व भेलामा सहभागि बनेर केन्द्रिय विवादमा एनआरएनए स्पेनलाई मुछेको आरोप

एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला सम्पन्न

एनआरएनए एनसिसीहरुको विश्व भेलालाई टक्कर दिन एनआरएनए अमेरिकाका शाखा अध्यक्षहरुको भेला

एनआरएनए एनसिसीहरुद्वारा आयोजित विश्व भेलाको तयारी पुरा

एनआरएनए एनसिसीहरुको विश्व भेला आव्हान: केन्द्रिय अध्यक्ष र महासचिवद्वारा भेला नगर्न पत्राचार

तपाइँको प्रतिक्रिया