बिहीबार, चैत १५, २०८०

“पार्टीको दशौं महाधिवेशका सबैखाले अनियमिता छिट्टै सार्वजनिक गर्छु” भिम रावल

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर १५ गते १५:३६

नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले भर्खरै चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशका क्रममा भएका सबैखाले अनियमिता छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनी महाधिवेशनका क्रममा अध्यक्षमा उमेदवारी दिएर केपी ओलीसँग पराजित भएका थिए ।

नेपालप्लस सँगको संक्षिप्त कुराकानीमा रावलले भने- “म भर्खरै मात्र काठमाडौं आएको छु । त्यहाँ के भएको थियो भन्ने कुरा सबै एक दुई दिनमा सार्वजनिक गर्ने छु ।”

रावलले आफ्नो हार निश्चित हुँदा हुँदै पनि अध्यक्षमा उम्मेद्बारी दिएका थिए । उनले भने “अधिवेशनका क्रममा शुरु देखि नै जस्तो महौल बनाइएको थियो त्यसले मलाई आफ्नो परिणामका बारेमा राम्रो आँकलन थियो । तर पनि मैले पार्टीमा लोकतान्त्रिक पद्दतिलाई बचाइराख्न अध्यक्षमा उम्मेद्बारी दिएको थिएँ ।”

अध्यक्षमा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत मात्रै ल्याएका थिए । उनले निर्वाचन परिणाम अगावै आफुलाई हार्छु भन्ने पूर्ण जानकारी रहेको बताएका थिए । निर्वाचनका क्रममा प्यानल नबनाउने भनिएको थियो । महाधिवेशनमा दुई समूहले प्यानल बनाएर निर्वाचनमा भाग लिँदा तलदेखि माथिसम्म विभाजित भएको भन्दै ओली आफैंले प्यानल नबनाउने घोषणा गरेका थिए । तर उनले आफ्नै घोषणा विपरित सहमतिको सुची नामाकरण दिइएको अध्यक्ष सहित पदाधिकारी र केन्द्रिय सदस्यहरुको सुचिलाई बन्द सत्रमा पेस गरेका थिए ।

ओलीले आफूले बनाएको सूचीविरूद्ध कसैलाई उम्मेदवारी नदिनसमेत भनेका थिए भने निर्वाचन प्रकृयामा गइसकेपछी आफुले बनाएको सुचीविरुद्द उभिएका अन्य उम्मेद्वारहरुलाई मत नहाल्न भन्दै सबै मतदाताहरुलाई पर्चा बाँडिएको थियो ।

“के कस्ता अनियमितता भए भन्ने कुराको लामो फेहरिस्त छ । म भर्खरी आइपुगें, त्यहाँ राती राती अधिवेशन गर्ने र दिउँसो अलपत्र पार्ने काम भएको हुनाले पनि अली अप्ठ्यारो भएको छ । म एक दुई दिनमा सबै सार्वजनिक गर्दछु” रावलले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक