शुक्रबार, वैशाख १४, २०८१

ट्विटरले सहमति बिना निजी व्यक्तिको तस्वीर र भिडियो पोस्ट गर्न प्रतिबन्ध लगायो

नेपालप्लस संवाददाता२०७८ मंसिर १५ गते २२:३५

सामाजिक सन्जाल ट्विटरले आफ्नो निजी सूचना नीति अनुसार सार्वजनिक आँखामा पर्ने, सार्वजनिक ब्यक्तिभन्दा बाहिरका व्यक्तिहरूको फोटो र भिडियोहरू पोस्ट गर्न प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाएको छ ।

ट्विटरले भनेको छ “अपडेट निजी व्यक्तिहरूलाई उत्पीडन गराउन, तर्साउन र व्यक्तिहरूको निजात्मक पहिचान प्रकट गर्न मिडियाको दुरुपयोगलाई रोक्न यो निर्णय गरेको हो “।

आफ्नो ब्लग पोष्टमा ट्विटरले निजी व्यक्तिहरूको मिडियामा उनीहरूको सहमति बिना साझा सामाग्रिका रुपमा पोष्ट गर्नु यसको गोपनीयता नीतिको उल्लङ्घनको रूपमा लिने निर्णय गरेको बताएको छ।

व्यक्तिगत रूपमा अनलाइनमा पहिचान गर्ने जानकारी पोस्ट गर्ने काम पहिलेदेखि भएकाले त्यसलाई डोक्सिङ नामाकरण गर्दै तिमाथि प्रतिबन्ध् लगाएको छ । त्यस्तो ब्यक्तिगत जानकारिमा ठेगानाहरू, सम्पर्क जानकारी, सूचना र वित्तीय रेकर्डहरू पनि समावेश छन् ।

ट्विटरले भनेको छ “यो कदमले मिडियाको दुरुपयोगबाट असमान रूपमा प्रभावित भएकाहरूलाई सुरक्षित गर्न मद्दत गर्ने छ । जस्तै, महिला, कार्यकर्ता, कर्मचारी, असन्तुष्ट र अल्पसंख्यक समुदायका मानिसहरूलाई संरक्षण गर्ने छ ।

ज्याक डोर्सीले ट्विटरको प्रमुख कार्यकारि पदबाट राजीनामा दिएपछि पराग अग्रवालले उक्त स्थान ओगटेलगत्तै यो निर्णय आएको हो । अग्रवाल भारतीय मूलका हुन् ।

यो कसरी लागू हुनेछ ?

आफ्नो ब्लग पोस्टमा ट्विटरले अद्यावधिक नीतिको उल्लङ्घन गरेको पाएमा पोस्टहरू हटाउनेछ । कुनैपनि पोष्ट सहमति बिना गरिएको भनेर चित्रित व्यक्तिहरू वा प्रतिनिधिद्वारा सूचित गरिनुपर्छ ।

तर ट्विटको उद्देश्य उत्पीडन वा धम्की दिने नभएसम्म राजनीतिज्ञ वा सेलिब्रेटीहरू जस्ता सार्वजनिक पद, नजरमा रहेका मानिसहरूमा लागू हुँदैन । उत्पिडन, गाली, धम्कि भएमा यो अपमानजनक व्यवहारमा प्लेटफर्मको नीतिको उल्लङ्घन गरेको मानिन्छ ।

यद्यपि, विरोध प्रदर्शन वा खेलकुद, जस्ता ठूला स्तरका सार्वजनिक कार्यक्रमहरूमा भाग लिने व्यक्तिहरूको फोटो वा भिडियोहरू नयाँ नीति अन्तर्गत नआउन सक्ने ट्विटरले उल्लेख गरेको छ ।

ट्विटर र प्रतिद्वन्द्वी सोशल मिडिया प्लेटफर्म जस्तै मेटा (पहिले फेसबुक) पनि हाल अभिव्यक्ति स्वतन्त्रताको सीमा कति हुनुपर्ने हो भन्ने बहसको केन्द्रमा रहेको छ । आलोचकहरूले यस्ता प्लेटफर्मले घृणायुक्त भाषण, उत्पीडन, र अन्य हानिकारक चिजहरूलाई सम्बोधन गर्न धेरै समय लगाएको आरोप लगाएका छन् । त्यसलाई नियन्त्रण गर्नुपर्ने माग चर्कोसित उठिरहेको छ ।

तपाइँको प्रतिक्रिया