शुक्रबार, चैत १६, २०८०

फर्जी सदस्यताको नामावली सहित जनसंपर्क समिति जर्मनीको अधिवेशन, केन्द्रमा उजुरी

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर १६ गते १७:०९

नेपाली कांग्रेसको भातृ संस्था जनसंपर्क समिती जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिती चयन गरेको छ । पौडेल लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका छन् ।

गत सोमवार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले जर्मनीको पाँचौं अधिवेशनको उद्घाटन गरेका थिए । तर अध्यक्षमा उमेदवारी दिएका पौडेललाई कार्यक्रम हलमा पस्नबाट बन्चित गरिएको थियो ।

त्यसो त, अध्यक्ष पदका लागि अरु कसैको दावेदारी नपरेका कारण पौडेल नै सभापति हुनेवाला थिए । तर निवर्तमान सभापति शिखर खड्काले सभापतिको कुनै उमेदवार नपाएपछी अधिवेशनले नयाँँ कार्य समिती बनाउन सकेको थिएन । खड्का आफैं विगतमा अबैधानिक सभापति हुन् ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालयले पटक पटक पत्राचार गर्दा पनि उनले ७ वर्ष देखी अधिवेशन गर्न सकेका थिएनन् । अहिले पनि उनी आफैं अध्यक्षको तयारी गर्दै थिए । उनको चाहना कसैको पनि उमेदवारी नपरोस भन्ने थियो । त्यसकारण सभापतिमा उम्मेद्बारी दिएका दयाराम पौडेललाई कार्यक्रमस्थलमा पस्नबाट रोक लगाइएको थियो ।

दयाराम पक्षले शिखर खड्काले सकृय सदस्यमा समेत अनियमितता गरेको जनाएको छ । खड्काले नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा पठाएको सकृय सदस्यहरुको नामावलीमा अधिकांश सदस्यहरुको नाम ठेगाना फर्जी रहेको बताइएको छ ।

“उनिहरुले गैर कांग्रेसहरुको नाम र ठेगानालाई समेत सकृय सदस्यको रुपमा प्रयोग गरेका छन” जनसंपर्क समिती जर्मनी आवद्ध एकजना सदस्यले बताए । उनका अनुसार करिव एक सय भन्दा बढी यस्ता मान्छेहरु छन जो बैचारिक रुपमा अर्कै पार्टीमा आवद्द छन । तर उनिहरुको नाम र ठेगाना नेपाली कांग्रेसको सक्रिय सदस्यको रुपमा प्रयोग भएको छ । आफ्नो नाम यसरी प्रयोग भएको कुरा अधिकांशलाई थाहा समेत छैन ।

नेपाली कांग्रेसले सकृय सदस्यहरुको नामावली केन्द्रमा बुझाउँदा हरेक सकृय सदस्यहरुको फारममा फोटो र हस्ताक्षर अनिवार्य भनेको छ । यसमा पनि शिखर खड्का पक्षले सदस्य बनाएका धेरै ब्यक्तिहरुको फोटो सामाजिक सन्जालबाट लिइएको छ भने सबैको हस्ताक्षर किर्ते गरिएको छ । यसमा खड्का पक्षले प्रतिकृया जनाउन चाहेन ।

यस्ता बिभिन्न अनियमितता र पार्टीलाई बदनाम गराउने भित्री खेल शुरु भएपछी आफूहरुले तुरुन्तै समिती गठन गर्नुपरेको दयाराम पक्षको भनाइ छ । बुधवार घोषणा भएको समितिमा सभापति- दयाराम पौड्याल, उपसभापति- होम शर्मा, उपसभापति -कुलराज गिरि, उपसभापति- कल्पना वाग्ले, उप सभापति- तोया नाथ खनाल, उपसभापति- रमेश अर्याल, महिला उपाध्यक्ष- शान्ति श्रेष्ठ, महामन्त्री- बोनट गौतम सहमहामन्त्री- ललित जोशी कोषाध्यक्ष- सर्मिला डाँगी, सहकोषाध्यक्ष- संजय महर्जन रहेका छन् ।

सदस्यहरुमा- बिनोद ढकाल, डिल्ली लामिछाने, रोशन महर्जन, मिना कार्की, मन्जिल श्रेष्ठ, बिष्णु कुमारी केसी र लक्ष्मी केसी छन् । त्यस्तै महासमिती सदस्यमा रामजीवी पन्त र दयाराम पौडेल छन् भने महाधिवेशन प्रतिनिधिमा रमेश अर्याल, कुलराज गिरी र तोयानाथ खनाल छन् ।

यसैसित संवन्धित तलका समाचारपनि हेर्नुस्

उमेदवारलाई हलभित्र पस्नै नदिएर जनसंपर्क समितिको अधिवेशन र निर्वाचनको तयारि

जनसंपर्क समिति जर्मनीको महाधिवेशन सुटुक्कै बदली, उमेदवारको शुल्क ब्यक्तिगत खातामा माग

तपाइँको प्रतिक्रिया

फेसबुक