मंगलबार, वैशाख ११, २०८१

अस्ट्रियामा बिरामीको गलत खुट्टा काटेको आरोपमा डाक्टरलाई जरिवाना

नेपालप्लस संवाददाता२०७८ मंसिर १६ गते १९:५४

फोटो स्रोत- नेदरल्याण्ड्स न्युजलाईभ डटकम

अस्ट्रियाका एक शल्यचिकित्सकलाई बिरामीको गलत खुट्टा काटेको आरोपमा २,७०० युरो जरिवाना गरिएको छ ।

४३ वर्षीया महिला सर्जनलाई लापरवाहीपूर्ण तरिकाले चोट पुर्‍याएकोमा दोषी ठहर गरिएको हो । उनले मानवीय त्रुटि भएको गुनासो गरेकि छन् ।

अष्ट्रियाको उत्तरी सहर लिन्जको क्षेत्रीय अदालतले २,७०० युरो जरिवाना तोकेपनि त्यसमध्ये आधा मिनाहा गरिएको छ ।

न्यायाधीशहरूले बिरामीको विधवालाई नागरिक क्षति अन्तर्गत ५,००० युरो पनि दिएका छन् ।

८२ वर्षीय बिरामी जसको हाल मृत्यु भइसकेको छ । विरामी मे महिनामा फ्रिस्ट्याड क्लिनिकमा आफ्नो देब्रे खुट्टाको शल्यक्रिया गर्न आएका थिए । तर शल्यक्रिया गर्नुभन्दा केही समय अघि गलत तिघ्रामा चिन्ह लगाइयो । दुई दिन पछि ब्यान्डेज परिवर्तन गर्दा मात्र गल्ती पत्ता लाग्यो ।

लिन्जको अदालतले बुधवार यस्तो महत्त्वपूर्ण अपरेशनको लागि दोहोरो र तेहेरो जाँच आवश्यक रहेको उल्लेख गरेको छ ।

क्लिनिकले सार्वजनिक रूपमा माफी मागेको थियो । यो चिकित्सा त्रुटिको कारण र परिस्थितिहरू विस्तृत रूपमा विश्लेषण गरिएको उल्लेख गरेका छन् ।

शल्यचिकित्सकले शक्यक्रिया कक्षमा रहेको ‘चेन अफ कमाण्ड’ मा गल्ती भएको बताउँदै जरिवानाविरुद्ध पुनरावेदन गर्नसक्ने दाबी गरेकि थिईन् । यो गल्ति फेलापरेपछि उनलाई अर्को सुविधा अन्तर्गतको कक्षमा सरुवा गरिएको छ ।  सर्जनको नाम सार्वजनिक गरिएको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक