बिहीबार, वैशाख ६, २०८१

जर्मन सेनाद्वारा एन्जेला मर्केलको विदाई

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर १७ गते १३:३०

Image Credit-horstwesselied.angelfire.com

विहिवार जर्मन सेनाले १६ वर्ष सत्तामा रहेकि जर्मन चान्सलर एन्जेला मर्केलको बिदाई गरेको छ ।

क्याथरिना नीना हेगनको प्रसिद्द गीत गाउँदै जर्मनीको सेनाले १६ वर्षको कार्यालयमा राजनीतिबाट बाहिर निस्कनु एक हप्ता अघि बिहीवार एक औपचारिक विदाई गरेको हो । एन्जेला मर्केललाई अभिवादन गर्दै सेनाले मर्केललाई औधि मन पर्ने, उनको छनौटको पुंक गीत गाएर अभिनन्दन गरेको थियो ।

बिदाईका क्रममा सैनिकहरुले फूलका गुच्छा लगायतका अन्य गरगहनाहरुसहित ज्वालामुखि जस्ता बत्ती बोकेका कोरियोग्राफसहित साँझ कार्यक्रम गरेका थिए । उनको विदाईमा राज्याभिषेक गरिएकै शैलीमा बिभिन्न सजावट, दिप प्रज्वलन (जर्मनहरुले रिगालिया भन्ने गर्छन्) सहितको कार्यक्रममा सांगितिक टोलीसहित परम्परागत सैन्य संगीत समेत थियो । उनीहरुले मर्केलको आफ्नै प्लेलिट प्रदर्शन गरेका थिए ।

औपचारिक विदाई जर्मनीको संसदले मर्केललाई प्रतिस्थापन गर्दै आधिकारिक रूपमा सोशल डेमोक्र्याट ओलाफ स्कोल्जलाई निर्वाचित गर्ने केही दिन अघि निस्चित गरिएको थियो । र १६ वर्षको नेतृत्वपछि सेन्टर लेफ्ट भनिने राजनीतिक दललाई सरकारमा राख्दै मर्केल बिदा भएकि हुन् ।

“मेरो चार पटककै कार्यकाल घटनापूर्ण र प्रायः धेरै चुनौतीपूर्ण वर्षहरू थिए । उनीहरूले मलाई राजनीतिक र मानवीय रूपमा चुनौती दिए । र साथसाथै यहि समयमा तिनीहरूले चुनौति पूरा पनि गरिरहेका थिए” समारोहमा मर्केलले भनिन् ।

उनले कोरोना भाईरस् महामारीसित लडिरहेका बेला गलत समाचारको सामना गर्नुपर्ने चुनौतिसमेत रहेको बताईन् । उनले राजनीति, विज्ञान र सामाजिक प्रवचनमा विश्वासको ठूलो महत्त्व हुने उल्लेख गर्दै ती सबै कत्तिको कमजोर छ भन्ने कुरालाईपनि ध्यान दिनुपर्नेमा जोड दिईन् ।

लोकतन्त्रहरू एकता र विश्वासमा चल्ने बताईन् । ति तथ्यहरू विश्वासबाट जिउने कुरामा जोड दिँदै उनले भनिन् “जहाँ वैज्ञानिक तथ्यहरूलाई अस्वीकार गरिँदैछ, जहाँ षड्यन्त्रका सिद्धान्तहरू प्रशस्त छन् र तिनलाई ऊर्जावान भएर एकसाथ परास्त गर्नुपर्दछ ।”

संगीतकार रिचर्ड वाग्नरमा समर्पित बेरेउथ ओपेरा उत्सवमा नियमित उपस्थित हुने चान्सलरको रुपमा उनी परिचित थिईन् । मर्केलले आफूलाई मन परेका केहि रेकर्ड गीतहरु गाउन लगाएकि थिईन् । उनले सुनाउन लगाएका ति रेकर्ड गरिएका गित यस्ता थिए कि सैन्य ब्यान्डका टोली र राजनीतिक टिप्पणीकारहरूलाई उनको असामान्य गीतको सूचीले चकित पार्‍यो ।

यस अघिका चान्सलरहरु हेल्मुट कोलले बीथोभेनको “ओडे टू जोय” र जेरार्ड श्रोयडरले फ्रान्क सिनात्राको “माई वे” गीत छनौट गरेका थिए । मर्केलले नीना हेगन द्वारा रचित पूर्वी जर्मन पप गीत “डु हास्ट डेन फारबफिल्म फेगेस्सेन” (तपाईंले रंगीन फिल्म बिर्सनुभयो।) रोजेकि थिईन् ।

बिदाई कार्यक्रममा गीतको छनौटबारे सोध्दा विहिवार मर्केलले पत्रकार सम्मेलनमा भनिन् “यसले कम्युनिष्ट शासनताकालको पूर्वी जर्मनीमा मेरा युवा दिनहरूमा फर्कायो ।”

“यो गीत मेरो युवावस्थाको हाइलाइट थियो।।। यो गीत पूर्वी जर्मनीबाट आएको थियो र संयोगवश, यो मेरो निर्वाचन क्षेत्र भएको क्षेत्रमा अझै पनि बजाइन्छ । त्यसैले आजपनि गीतमा उल्लेख सबै कुरा मिल्छ”६७ वर्षीया मर्केलले भनिन् ।

मर्केलको जन्म बन्दरगाह सहर ह्याम्बर्गमा भएको थियो । तर उनका बुबा लुथरन पादरी र एक स्कूल शिक्षकले परिवारलाई कम्युनिस्ट पूर्वको एउटा सानो सहर पारिसमा सारेका थिए । अनौठो के थियो भने त्यो बेला हजारौं मानिसहरू पस्चिमतिर सर्दै थिए, उनका बुवा भने पूर्बी जर्मनीतिर ।

मर्केललाई मनपर्ने पप गीत पुन्ककी रचनाकार हेगनले पूर्वी जर्मनीमै आफ्नो क्यारियर सुरु गरेकि थिईन् । पछि पश्चिम जर्मनीमा बसाइँ सरिन् र १९८० को पंक गीतको परिदृश्यमा एक प्रमुख व्यक्तित्व बनिन् । गीतमा हेगनले गुनासो गरेकि छन्, आफ्नो प्रेमीले उनीहरूको छुट्टीमा क्यामेराको रंगीन फिल्म ल्याउन बिर्से र सुन्दर फोटो खिच्न पाएनन् । गीतमा भनिएको छ “यहाँ कति सुन्दर थियो भनेर कसैले विश्वास गर्दैन ।”

गीतको वाद्द्य समूह (आर्केस्ट्रा) को व्यवस्था पहिलो पटक सन् १९७४ मा सार्वजनिक गरिएको थियो । विशेष रूपमा यस्ता समारोहको लागि क्लारिनेट (बाँसुरी जस्तो सांगितिक बाजा) बजाउनेको समूहद्वारा लेखिएको थियो ।

‘अप्रत्याशित रूपमा भावनात्मक’

मर्केलको भजन “ग्रोसर गोट, विर लोबेन डिख्” (पवित्र भगवान, हामी तपाईंको नामको प्रशंसा गर्छौं) को छनोटबाट केहिलाई छक्क पारेको थियो । कमेन्टकर्ताहरूले पनि ६० को दशकको हिल्डेगार्ड नेफ द्वारा रचित गीत “फुएर मिख् सोलको रोटे रोजेन रेगेन” (मेरोलागि रातो गुलाफको वर्षा हुनुपर्छ) रोजे र अचम्मित हुँदै यो तेस्रो गीतमा हात उठाए ।

रातो गुलाफको गीतले मर्केलको भविष्यलाइ सङ्केत गर्नसक्ने स्पीगेलले श्लोकलाई उद्धृत गर्दै भने “मेरो लागि रातो गुलाफको वर्षा होस्, मलाई नयाँ चमत्कारहरू भेट्न दिनुहोस्, मलाई पुरानोबाट नयाँ ढोका खोल्न दिनुहोस् ।”

“उनको छनोटले मर्केलको शब्दहरूले भन्दा शारिरिक इशाराले सन्देशहरू राम्रोसँग पठाउनसक्ने क्षमतालाई प्रतिबिम्बित गर्दछ” जर्मन सुएडदोईच दैनिकले लेखेको छ ।

कुनैबेला आफ्नो जिवन फलामे पर्दा पछाडी रहेको भन्दै उल्लेख गरेकि दिग्गज नेत्री मर्केलले राजनितिक नेत्रित्वबाट हटेपछि रकी माउन्टेनहरू हेर्ने, कारमा घुम्ने र “ब्रुस स्प्रिंगस्टिन (गीतहरु) सुन्ने” बताएकी थिईन । अब के गर्लिन भन्नेमा आहिले उनी अस्पष्ट रहेको बताएकि छिन् ।

तर उनले भनेकी छिन् “मलाई केहि पुस्तक पढ्ने र केहि समय आनन्दले सुत्ने इच्क्षा छ, त्यहि तस्बिरहरू देखेकि छु ।”

जर्मन सेनाले सम्मानस्वरुप दिने यो सैन्य समारोहलाइ “ग्रोसेर जापफेनस्त्रेइख्त’ भनेर चिनिन्छ । यसको उत्पत्ति १६ औं शताब्दीमा भएको हो । यो जर्मन सेनाद्वारा कुनै ब्यक्तिलाई दिने उच्चतहको सम्मान हो ।

तपाइँको प्रतिक्रिया