बिहीबार, वैशाख १३, २०८१

अमेरिकी महिलाले विमानभित्रै बिरालोलाई स्तनपान गराएपछि

नेपालप्लस संवाददाता२०७८ मंसिर १७ गते १७:१८

प्रतिकात्मक तस्विर

अमेरिकी एक महिलाले न्यूयोर्कबाट एटलान्टातर्फ गइरहेको डेल्टा उडानमा बिरालोलाई स्तनपान गराएको घटना अहिले विश्वभर भाईरल बनेको छ ।

डेल्टा एयरलाइन्सको उडानमा एक महिलाले सहयात्रु र विमानका कर्मचारीहरूको अगाडि आफ्नो बिरालोलाई स्तनपान गराउन थालेपछि कर्मचारीहरु छक्क परेका थिए ।

ती महिलाको परिचय खुलाईएको छैन । डेल्टा प्लेनमा न्यूयोर्कको सिराक्यूजबाट एटलान्टा, जर्जिया जाँदै थिईन् उनी । उनले आफ्नो बिरालोलाई स्तनपान गराउँदै गर्दा समातिईन् । जब एक परिचारिकाले उनलाई स्तनपान गराउने काम रोक्न र आफ्नो बिरालोलाई झोलामा फिर्ता राख्न भनिन् । तर ती महिलाले अस्वीकार गर्दै बिरालोलाई स्तनपान गराईराखिन् ।

त्यसपछि यो अवस्था रोक्न कर्मचारीले एयरक्राफ्ट कम्युनिकेसन ठेगाना र रिपोर्टिङ प्रणाली (एसीएआरएस) मार्फत एटलान्टास्थित विमानस्थल अधिकारीहरूलाई सचेत गराउन सन्देश पठाए ।

सन्देशमा भनिएको छ “सिट १३ मा एक यात्रुले बिरालोलाई स्तनपान गराउँदै हुनुहुन्छ । र उडान परिचायकले अनुरोध गर्दा बिरालालाई आफ्नो ब्यागमा फिर्ता राख्नुभएको छैन ।”

टावरका अधिकारीहरुलाई खबर पठाउने ब्यक्तिले अवतरण पछि उक्त स्थितिका बारेमा “रेड कोट” टोली (विमान अवतरणपछि रेखदेख र जाँचका लागि आउने टोली) लाई उक्त जानकारि पुर्‍याईदिन विमानस्थल अधिकारीहरूलाई आग्रह पनि गरिन् । उक्त सन्देश बोर्डको तस्विर सोशल मिडियामा देखा परेको छ जुन पहिलो पटक लेखक रिक विल्सनद्वारा पोस्ट गरिएको थियो ।

यसैबीच, विमानमा सवार एक उडान परिचारिका एलिजाबेथले टिकटकमा गएर समस्याको व्याख्या गरिन् । “यस महिलाले यात्रुहरु मध्ये एक थिईन् जसले कपाल नभएको बिरालोलाई कम्बलमा झुन्ड्याइएकि थिईन् । त्यसैले त्यो बिरालो बच्चा जस्तै देखिन्थ्यो” उनले भनेकि छन् ।

“उनको शर्ट माथि थियो र उनी बिरालोलाई लच्काउन कोशिस गरिरहेकी थिइन् । तर उनले बिरालालाई ब्यागमा फिर्ता राखिनन् । बिरालो आफ्नो जीवनको लागि चिच्याइरहेको थियो” न्यूयोर्क पोस्टले रिपोर्ट गरेको छ ।

टिकटकमा घटना सार्वजनिक गर्ने परिचारिकाले सुरक्षा अधिकारीहरू यस मामिलामा संलग्न भएको उल्लेख गरेकि छन् । र एसिएआरएसलाई सन्देश पठाउने कर्मचारीले डेल्टाको ‘रेड कोट’ टोलीलाई महिलालाई पक्राउ गर्न आग्रह गरे ।

उडानमा रहेका एक यात्रुले यस घटनाको बारेमा थप विवरण ट्विटरमा उल्लेख गरेका छन् । उनका अनुसार सिट नंबर १३ ए मा महिलाले बिरालोलाई स्तनपान गराएको देखेर सहयात्री छक्क परेका थिए र केबिन क्रुलाई सचेत गराएका थिए ।

उनले थप भने “केबिन क्रुले १३ ए सँग कुरा गरे । उनलाई उक्त काम रोक्न भने । तर उनले खाना खुवाइरहिन् ।”

“एटलान्टा आइपुगेपछि उनलाई विमानस्थलका अधिकारीहरूले स्वागत गरेका थिए” उनले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक