बिहीबार, वैशाख ६, २०८१

आइतवार जर्मनीमा ३२ औं नेपाल दिवस मनाइँदै

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर १८ गते १६:२४

डिसेम्बर ५, आइतवार जर्मनीमा ३२ औं नेपाल दिवश मनाउन लागिएको छ ।

आयोजक जर्मन-नेपाल मैत्री संघका अध्यक्ष राम प्रताप थापाका अनुसार नेपालसँग सम्बन्धित विषयहरुमा दुबै देशका विद्वान, सामुदायिक अगुवा र जर्मनीस्थित नेपालप्रेमी, मित्रहरु लाई भेला गरेर उक्त कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

“कोभिड १९ का कारण यो वर्ष भर्चुएल माध्यमबाट नेपाल दिवस आयोजना गर्न लागिएको हो” थापाले भने ।

मे १९९० मा पहिलोपटक जर्मनीको कोलोन शहरमा आयोजना गरिएको उक्त कार्यक्रम जर्मनी र नेपाललाई जोड्ने एक भरपर्दो सेतु भएको जर्मनीका लागि नेपाली महावाणिज्यदूत पनि रहेका थापाले बताए ।

५ डिसेम्बरमा हुन गइरहेको कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, काठमाडौँस्थित जर्मन दूतावासका डा स्टेफेन रसक, एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने, चर्चित गायिका आनी छोइंग डोल्मा लगायतले सम्बोधन गर्ने छन् ।

‘उत्थानशील नेपाल’ नाम दिइएको सम्मेलनमा डा कार्ल हेंज क्रेमरले नेपालको राजनीतिको बारेमा, डा आर्ने ड्र्युसले महामारीका कारण नेपालको स्वास्थ्य प्रणालीमा परेको असरका बारेमा, प्रा डा निल्स गस्चोले नेपालको वास्तुकलाको बारेमा, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य अवधेश कुमार दासले वातावरणीय पर्यटनका बारेमा, र प्रह्लाद थापाले सीप स्थानान्तरण मार्फत् नेपालमा सशक्तिकरण विषयमा बोल्ने छन् ।

त्यस्तै बिनायक शाहले दुबइस्थित नेपाल प्याभिलियनको बारेमा र पत्रकार सबीना कार्कीले जलवायु परिवर्तनका कारण नेपालमा परेको असरका बारेमा प्रस्तुति दिने छिन् ।

आयोजक थापाका अनुसार पत्रकार राजेन्द्र बानियाले मिरकोट देखि यक्ष प्रश्न सम्मको यात्राका बारेमा, गोर्खा जिल्लाको धार्चे ग्रामीण नगरपालिकाका मेयर सन्त बहादुर गुरुङ तथा उपमेयर फूलमाया गुरुङले पनि कार्यक्रमलाई सम्बोधन गर्ने छिन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक