मंगलबार, वैशाख ११, २०८१

बेल्जियमको चिडियाखानाका दुई हिपोपोटामसलाई कोरोना

नेपालप्लस संवाददाता / बेल्जियम२०७८ मंसिर १९ गते १:१८

सांकेतिक फाईल फोटो

बेल्जियमको चिडियाखानाका दुई वटा हिपोपोटामसलाई कोरोना संक्रमण भएको छ ।

एक जोडी हिपोपोटामसलाई कोरोना संक्रमण भएपछि तिनलाई अलग्गै अर्थात् आ इसोलेसनमा रकहिएको अधिकारीहरुले बताएका छन् ।

हिपोपोटामसमा कोरोना संक्रमित भएको संभवत यो पहिलो घटना हुनसक्ने युरोन्युजले उल्लेख गरेको छ ।

बेल्जियमको राष्ट्रिय पशु चिकित्सा प्रयोगशालाले एन्तर्पेन चिडियाखानाका दुई हिप्पोहरू १४ वर्षको इमानी र ४१ वर्षीय हर्मीनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । तिनलाई कसरि कोरोना लाग्यो भन्ने स्पष्ट छैन ।

असाधारण रूपमा तिनको नाकबाट तरल बगेको छ । यि दुबै विशाल अर्ध-जलचर (आधा समय पानीमा बिताउने) शाकाहारी जिवको अवस्था खराब नभएको बताइएको छ ।

चिडियाखानाका रक्षकहरूले चिडियाखाना वरिपरि भाइरस प्रतिबन्धहरूलाई कडा पारेका छन् ।

“मेरो जानकारी अनुसार यो प्रजातिमा पहिलो पटक रेकर्ड गरिएको संक्रमण हो । संसारभरि यो भाइरस प्रायः ठूला बाँदर र बिरालाहरूमा देखिएको छ” एन्तर्पेन चिडियाखानाका पशु चिकित्सक फ्रान्सिस भेरकामेनले भनेका छन् ।

“हिप्पोहरुलाई यो रोग कसरी लाग्यो भन्ने रहस्य नै छ । गत वर्ष कोभिड-१९ छ कि छैन भनेर चिडियाखानाका सबै जनावरहरूको परीक्षण गरिएको थियो र कुनै पनि केस फेला परेको थिएन” उनले युरोन्युजलाई बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक