शुक्रबार, चैत १६, २०८०

एनआरएनएलाई धनाढ्यकै कब्जामा राख्न उमेदवारी दस्तुर चर्को ?

नेपालप्लस संवाददाता२०७८ मंसिर १९ गते १४:५२

फोटो स्रोत- छोङ कर्मा शेर्पाको फेसबूक

गैर आवाशिय नेपाली संघको आगामी केन्द्रिय निर्वाचनकालागि तोकिएको उमेदवारहरुको दस्तुर अत्यन्त महँगो बनाएर संघलाई धनाढ्यहरुकै कब्जामा राख्न खोजिएको आरोप अभियन्ताहरुलेनै लगाएका छन् ।

गैर आवाशिय नेपाली संघ बेलायतकी निवर्तमान उपाध्यक्ष रोजिना प्रधान राइले पदाधिकारीहरुका लागि तोकिएको उम्मेदवारी शुल्क प्रती गहिरो रोष ब्यक्त गरेकी छन् ।

उनका अनुसार उमेदवारी दर्ताका लागि तोकिएको रकमलाई हेर्दा यो संस्थामा सानो आय भएका तर संस्थामा केहि गर्न सक्दछु भन्ने सोच भएकाहरुलाई प्रतिवन्ध लगाए जस्तो देखिएको छ ।

“न्युन र मध्यम आय हुनेहरुले गैर आवाशिय संघमा जाने आँट नै गर्न सक्दैन अब” प्रधानले भनिन ।

आफुहरुले यसैका लागि एउटा समुह बनाएको बताउँदै भनिन् “यो शुल्क घटाउने पहल गर्नका लागि हामीले छलफल गरिरहेका छौं । यसै अधिवेशन देखिनै घटाउन लगाउनेगरी हामीले काम गरिरहेका छौं । यदि भएन भने अर्को अधिवेशनदेखि जसरी पनि घटाउन दवाव दिन्छौं । नत्र त सामान्य मान्छेहरुले संघमा आउने बारेमा सोच्नै सक्दैन ।”

संघका अध्यक्ष कुमार पन्तको भनाइ भने यस्तो छ- यो रकम अहिले बढाइएको होइन । पहिले देखिकै हो । तर हामीले यसलाई घटाउने पहल गर्दागर्दै पनि यसपाली सम्भव भएन । तर अर्को पटक देखि जरुर घट्छ ।

पन्तका अनुसार संघमा लाप्राक वस्ती निर्माण गर्दाको ऋण भएको हुनाले यसपाली त्यो घटाऊन नसकिएको हो । तर आउने दिनहरुमा यस्तो हुँदैन ।

पन्त भन्छन “हाम्रो चाहना धेरै भन्दा धेरै सबै पेशा र क्षेत्रका साथीभाई संघमा आवद्द हुउन् भन्ने छ । आगामी दिनहरुमा रकम बढी भयो भनेर रोकिनु पर्ने अवस्था आउँदैन ।”

गैर आवाशीय नेपाली संघका केन्द्रिय महासचिव डा हेमराज शर्मापनि सामान्य आय भएका गैर आवाशीय नेपालीहरुकालागि हाल तोकिएको उमेदवारी दस्तुर क्षमताबाहिर भएको स्विकार्छन् ।

उनले उमेदवारी दस्तुर ज्यादै महँगो भएको स्विकार गर्दै भने “दस्तुर महँगो भयो भन्ने गुनासो निकै उठेको छ । कम गर्नुपर्नेनै थियो । किनकि एक दिन काममा नगएपनि खर्च चलाउन नसक्नेहरु छन् । तिनले कसरि एनआरएनएमा महँगो दस्तुर तिरेर निर्वाचनमा आउने ? यसलाई बदलेर सुलभ दस्तुर तोकिनुपर्छ भन्ने निति चाहिँ छ ।”

शर्माले एनआरएनए केन्द्रिय निर्वाचनकालागि तोकिएको उमेदवारी दस्तुर भन्दा अझ धेरै अन्य भित्रि खर्च रहेको र त्यसले ज्यादै महँगो बनाएकोसमेत बताए ।

“उमेदवारी दर्ता शुल्क मात्रै हो र ? भित्रि खर्च त कति छन् कति । त्यो सबै तिरेर सामान्य कमाई हुने मान्छे त एनआरएनए नेत्रित्वमा आ उनै सक्दैन । त्यसैले एनआरएनए ब्यापारीको हातमा गयो भन्नेहरु छन् ।”

उनले एनआरएनएका केहि अभियन्ता ब्यापारीहरुलेनै एकतिर चर्को भयो भन्ने तर अर्कोतिर प्रतिनिधिको दस्तुर निशुल्कको निर्णय गर्दा बिरोध गरेर निशुल्क नगर्न दबाब दिने दोहोरो चत्रित्र देखाएको आरोपसमेत लगाए ।

“बाहिर देखाउन दस्तुर महँगो भो, ब्यापारीको हातमा गयो भनेर देखानकालागि बिरोध गर्ने । तर डेलिगेट्सको दस्तुर निशुल्क गराउँदा तिनैले बिरोध गरे । संघभित्रै दोहोरो चत्रिकका अभियन्ता छन् के गर्ने ?” शर्माले सुनाए ।

शर्माले यो वर्षदेखि प्रतिनिधि दस्तुर निशुल्क गरेको र एनआरएनएमा ऋण बढी भएर संस्था घाटामा गएकोले दस्तुर ज्यादै कम गर्न नसकिने निर्णय भएको सुनाए । उनले आगामी कार्यकालदेखि दस्तुर कम गर्नेबारे छलफल भैरहेको जानकारिपनि दिए ।

गैर आवाशीय संघ अफ्रिका महादेशका क्षेत्रिय संयोजक रोशन थापापनि उमेदवारी दस्तुर ज्यादै महँगो भएको बताउँछन् । उनी कम्तिमा महिलाकालागि सकेसम्म ३०, ३५ प्रतिशत मात्रै शुल्क लिनुपर्ने र नसके कम्तिमा ५० प्रतिशत दस्तुर घटाउनुपर्ने तर्क गर्छन् ।

“महिला संलग्नता कम भयो भन्छौं हामी एनआरएनएमा । बढाउनकालागि महिलाको उमेदवारी दस्तुर कम्तिमा ५० प्रतिशत घटाउँन त भन्ने आवाज उठाएका थियौं ।”

महिलाहरुले घर खर्च चलाउनुपर्ने, वालवालिका हेर्नुपर्ने र कतिपयको आयपनि कम हुनाले पुरुषसरह दस्तुर तोक्न नहुने तर्क रोशन थापाको छ ।

“महिला भनेको आमापनि हो । सारा घर खर्च चलाएर, केटाकेटी हेरेर खर्च जुटाउनुपर्ने र समय निकाल्न पुरुषलाई भन्दा गाह्रो हुनाले उमेदवारीको दस्तुर घटाउनुपर्छ भन्ने लाग्छ” थापाले भने ।

उनले उमेदवारी दस्तुर सस्तो राख्दा हरेक पदमा दर्जनौं उमेदवारी पर्ने र ‘यो पदमा यति देउ छोड्छु’ भन्दै बार्गेनिङ गर्ने हुनालेपनि दस्तुर सस्तो बनाउँदा बिक्तिरि बढ्छ भन्ने तर्क गर्ने गरिएकोपनि थापाले बताए ।

“थोरै दस्तुर राख्दापनि च्याँखे थाप्ने मान्छे आ उने रहेछन् । तिनले पदको बार्गेनिङ गर्छन्, मोलमोलाई गर्छन् । आखिर तिर्ने त कुनै न कुनै उमेदवारलेनै हो” थापाले भने ।

‘धेरै उमेदवार पर्दैमा किन मोलमोलाई गर्नुपर्‍यो र ? जति धेरै भएपनि मोलमोलाई गरेपनि पैसा नदिई निर्वाचन लडे हुन्न र ? भन्ने नेपालप्लसको प्रश्नमा थापाले भने ‘हुने हो । तर सबै जित्नै भनेर आएका हुन्छन् नी । आफ्नो पक्षमा मत बढाउन जोपनि चाहन्छ । त्यसैमा बार्गेनिङ हुन्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक