बिहीबार, चैत १५, २०८०

‘ऊ गर्नेलाई भन्दा देख्नेलाई लाज’ १५८ सिटको जहाजमा ५ जना यात्रु

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर १९ गते १९:१३

 

‘रुखबिरुवाले कार्बनडाइअक्साइड फ्याँक्छ’ भनेर उधुम मच्चाउने अस्तिसम्मका वनमन्त्री प्रेम आले अहिले एकाएक पर्यटनमन्त्री बनेपछि यिनको नामकाम अचाक्ली सुनिन थालेको छ— कहिले कर्मचारी नै नभएको धावनमार्गमा प्लेन उडाएर, कहिले वर्षौदेखि कायमै रहेको कनेक्टिङ‐फ्लाइटको चक्मा देखाएर त कहिले यात्रु नभएपनि विदेशमा उडान संख्या बढाएर ।

पछिल्ला दिनको नचाहिंदो प्रचारबाजीमा जोडिएका छन् पर्यटनमन्त्री आले जसमा साथ दिइरहेका छन्— यौन कान्डमा आरोपित र महिला आयोगसमेतले डामिसकेका नेपाल बायुसेवाका कार्यकारी निर्देशक(टीके) युवराज अधिकारी ।

यसको पछिल्लो र लाजमर्दो उदाहरण आइतवार विहान देखिएको छ जहाँ होड र प्रतिष्पर्धाका नाममा संयुक्त अरब इमिरेट्सको दुबइका लागि नेपाल बायुसेवाको थप २ वटा उडान हालियो, जबरजस्ती । जबकि नेपाल बायुसेवाको अहिले दैनिक एक वटाका दरमा दुबइको उडान छँदैछ, यसमा थप २ वटा उडान गरेर साताको ९ उडान बनाइएको छ ।

अझैपनि कोरोना संक्रमणको सन्त्रास र यात्रुको चाप नबढेका अवस्थामा धेरैजसो विमानसेवाले आफ्नो नियमित उडान भर्न सकिरहेकै छैनन् । चीनले अझैपनि काठमाडौं र अन्य गन्तव्यमा चार्टरबाहेक नियमित सेवा सुरु गर्न सकेकै छैन । तर, सस्तो लोकप्रियता र वाहवाही पाउन वायुसेवाका कार्यकारी अधिकारीको साथसहयोगमा पर्यटनमन्त्री आलेले दुबइका लागि समेत थप दुइवटा उडानको तालिका थाल ।

आइतवार विहान रिबन काटेर उक्त उडानको थालनी भयो । नेपाल वायुसेवाको उक्त उडान (२३१) मा १२८ जना यात्रु दुबइ गैरहेका थिए भने फर्कने बेलामा जम्मा ५ जना मात्रै थिए । न तेलको खर्च धान्ने, न अरु खर्च बेहोर्ने यो अवस्थामा उडान थपिएको किन हो ? स्वयम कार्यकारी निर्देशक अधिकारीकै कार्यालयका एक कर्मचारी भन्छन्— सुरुवातमा यस्तै हुन्छ, अलिअलि यस्तो भैरहन्छ ।

नेपाली कामदारको गन्तव्य स्थल दुबइका लागि अहिले फ्लाइ दुबइको दिनको ४ वटा उडान छ भने एयर अरेबियाको दैनिक ३ र नेपालकै निजी सेवा हिमालयन एयरलाइन्सको दैनिक २ उडान छ ।

नचाहिंदो प्रचार र स्यावासी कमाउने नाममा नेपाल वायुसेवाकै कारण दिनहुँ लाखौं रुपैंयाको अनाहकको घाटा गराइरहेका पर्यटनमन्त्री आले र निर्देशक अधिकारीको यो हर्कतका बारेमा के अख्तियारलाई जानकारी होला ?

तपाइँको प्रतिक्रिया

फेसबुक