शुक्रबार, वैशाख १४, २०८१

नेपाली जनसंपर्क समिति नेदरल्याण्डको अध्यक्षमा शालिक गौतम

नेपालप्लस संवाददाता / नेदरल्याण्ड्स२०७८ मंसिर २० गते १२:४४

नेपाली जनसंपर्क समिति नेदरल्याण्डको छैठौं अधिवेसन ५ डिसेम्बरका दिन आमस्टारडाममा संपन्न भएको छ । अधिवेसनले शालिक गौतमको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

साथै अधिवेसनबाट उपाध्यक्षहरुमा चन्द्र पौडेल, तेजेन्द्र केसी महामन्त्रीद्धयमा जितेन्द्र श्रेष्ठ र शान्ति ठोकर, कोषाध्यक्षमा राजु श्रेष्ठ, सहमहामन्त्री विमा पौडेल र सदस्यहरुमा विष्णु बास्तोला, अमित कार्की, शिव रिजाल, दिपक आचार्य, पवन लामिछाने, सिता थापा, विष्णु पोखरेल, जय पुःन, अनिमेश पुर्जा, गोविन्द चौधरी र मिन थापा चयन भएका छन् ।

कांग्रेस युरोपका नेता दिल गुरुङको प्रमुख आतिथ्यता, कांग्रेसको केन्द्रिय प्रतिनिधी इन्द्र बहादुर क्षेत्री र कार्यक्रमको सभापतित्व प्रेम जंग गुरुङले गरेका थिए ।

अधिवेसनले नेपाली कांग्रेस चौधौं महाधिवेसनमा महासमिति सदस्य शालिक गौतम र केन्द्रिय परिवेक्षकमा खुसी जंग गुरुङ, नारायण आचार्य र किरण अर्याललाई चयन गरेको छ ।

नेपालको लोकतन्त्रको संस्थागत विकासका लागि सहयोग गर्ने, अन्य सामाजिक तथा मानविय कार्य गर्ने र नेदरल्याण्डको नेपाली समाजबिच भाइचाराको संवन्धलाई बढाउने लक्ष्य लिएको नव निर्वाचित अध्यक्ष शालिक गौतमले बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक