बिहीबार, वैशाख १३, २०८१

ओमिक्रोन भेरियन्टका दुई घटनाले पूरै स्विस स्कूल क्वारेन्टाइनमा

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ मंसिर २१ गते १९:०२

स्विजरल्याण्डको जेनेभास्थित जेनेभा इन्टरनेशनल स्कुलका १ हजार ६ सय वालवालिकासहित करिब २ हजार मानिसलाई १० दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

यस हप्ता जेनेभाको इन्टरनेशनल स्कूलको सँयेनरे क्याम्पसमा ओमिक्रोन भेरियन्टका दुई संक्रमितको पुष्टि भएको थियो ।

जेनेभा र वाउडको क्यान्टोनका क्यान्टोनल मेडिकल सेवाहरूले क्याम्पसका सबै विद्यार्थी र कर्मचारीहरूलाई दस दिनसम्म क्वारेन्टाइन गर्ने संयुक्त निर्णय गरिएको हो । यी दुई घटनाहरू दक्षिण अफ्रिकाको यात्राबाट फर्केका ओमिक्रोन संक्रमित व्यक्तिको सम्पर्कमा रहेको परिवारबाट सरेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक