बिहीबार, वैशाख १३, २०८१

कोरोना खोप लिन अस्वीकार गर्ने लातभियाली तीन सांसद मतदान गर्नबाट बञ्चित, तलव रद्द

नेपालप्लस संवाददाता२०७८ मंसिर २१ गते १९:३६

तीन लातभियाली सांसदहरूले कोरोना भाईरस बिरुद्दको खोप लिन अस्वीकार गरेपछि संसदमा मतदान गर्नबाट निलम्बन गरिएको छ । तिनको तलवपनि रद्द गरिएको छ ।

लातभियाको पछिल्लो नियम अनुसार खोप लगाएका वा भाइरसबाट निको भएका सांसदहरूले मात्र लातभियन संसद (साइमा) मा मतदान गर्न सक्छन् ।

स्वास्थ्यका कारण खोप लगाउनु हुँदैन भन्ने चिकित्सा प्रमाण भएका सांसदहरूले समेत भवनमा प्रवेश गर्नको लागि कोरोना नकारात्मक परीक्षणको प्रमाण पेश गर्नुपर्ने प्रावधान छ ।

यस्तो नियम गत महिना सांसदहरूलेनै बनाएका थिए । र नोभेम्बर १५ देखि लागू भएको थियो । मापदण्डको पालना नगर्ने सांसदहरूको तलब पनि कट्टा गरिएको छ ।

लातभियाको संसद साइमाका प्रवक्ताले लातभियाका १०० निर्वाचित सांसदहरूमध्ये ९७ प्रतिशतले पूर्ण रूपमा खोप लगाइएको पुष्टि गरेका छन् ।

“डिसेम्बर ७ सम्म १०० मध्ये ९७ सांसदहरूले कोभिड-१९ प्रमाणपत्र प्रस्तुत गरेका छन्” प्रवक्ताले युरोन्यूजलाई भने “यसको अर्थ ३ जना सांसदलाई संसदको काममा प्रवेश गर्ने अधिकार छैन ।’

खोप नलगाइएका सांसदहरूको परिचय भने खुलाइएको छैन । “साइमाका सदस्यले कोभिड-१९ खोप वा रिकभरी सर्टिफिकेट पेश गरेको खण्डमा मात्र संसदको काममा भाग लिन पाउने संसदका प्रवक्ताले दोहोर्‍याएका छन् ।

कोरोना भाइरस संक्रमणको बृद्धि भएपछि अक्टोबरमा राष्ट्रिय तालाबन्दी पुन: लागू गर्ने लातभिया युरोपको पहिलो देश थियो ।

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसिडिसी) को अनुसार लातभियाको १९ लाख वयस्क जनसंख्याको ५९ दशमलव ५ प्रतिशतले मात्र पूर्ण खोप लगाइएको छ जुन ईयुको औसत ६६ दशमलव ४ प्रतिशत भन्दा धेरै कम हो ।

तपाइँको प्रतिक्रिया