बिहीबार, वैशाख १३, २०८१

‘कोरोना लागेका बेला नाईटक्लब गएँ, माफी दिनुस्’ फिनल्याण्डकी प्रधानमन्त्री

नेपालप्लस संवाददाता२०७८ मंसिर २१ गते २१:४४

फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले कोरोना भाईरस संक्रमित भएका बेला नाइटक्लब गएकामा जनतासँग माफी मागेकी छिन् ।

फिनल्याण्डमा पूर्ण खोप लगाएका नागरिकहरू यदि कोरोना परिक्षण गर्दा सकारात्मक देखिएपनि स्वएकान्तवास (सेल्फ आइसोलेसन) मा बस्न आवश्यक पर्दैन । तर देशले नागरिकहरूलाई सामाजिक सम्पर्कबाट बच्न, सामाजिक दूरी कायम गर्नु र कोरोना परीक्षण गर्न सल्लाह दिएको छ ।

३६ वर्षीया प्रधानमन्त्रीले कोरोनाका दुई डोजहरू प्राप्त गरिसकेकी छिन् । खोप लगाएपनि उनलाई कोरोना संक्रमण भएको थियो र उनी नाईटक्लवमा गएकि थिईन् । सुरुमा उनले आफ्नो राज्य सचिवको सल्लाह पालना गरेको भन्दै आफ्नो कार्यको बचाउ गरेकि थिईन् ।

तर फेसबुकमा एक पोष्ट गरेर उनले आफ्नो निर्णयमा त्रुटि भएको भन्दै माफी मागेकी छिन् । आफ्नो गल्ति स्वीकार गर्दै उनले भनेकि छन् “मैले नाईटक्लब जानु अघि उपायहरूका बारेमा दोहोरो जाँच गर्नुपर्थ्यो ।”

“मैले शनिबार साँझ राम्रो निर्णय गर्नुपर्थ्यो । मैले दोस्रो पटक प्राप्त गरेको निर्देशनहरू जाँच गर्नुपर्थ्यो” मारिनले भनिन् “मलाई कामको आधिकारिक टेलिफोनमा फरक सल्लाह पठाइएको थियो ।”

“यो अभिनय गर्ने तरिका होईन भनेर महसुस नगरेकोमा म धेरै माफी चाहन्छु” उनले भनिन् । मारिनले त्यस पछि कोभिड-१९ को परीक्षण नेगेटिभ आएको बताएकि छन् ।

फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्टो मारिनसँग नजिकको सम्पर्कमा पुगेको र त्यसको एक दिनपछि मात्रै कोभिड–१९ परिक्षण गर्दा सकारात्मक देखिएको थियो ।

प्रधानमन्त्रीले शनिबार हेलसिंकीमा आफ्ना श्रीमान् र साथीहरूसँग साँझ बाहिर जाँदा उक्त तथ्यबारे थाहा पाएको बताइन् ।

मारिनले फेसबुकमा आफ्ना सहयोगीहरूले आफूलाई फोन गरेको र त्यहाँ कुनै विशेष उपायहरू अपनाउनु नपर्ने उल्लेख गरेको बताएकि छन् ।

तपाइँको प्रतिक्रिया