शुक्रबार, वैशाख ७, २०८१

एन्जेला मर्केलको हातका दुई ईशारा विश्व चर्चित

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर २२ गते २३:५२

फोटो-सिजिटिएन डट कम

आज बुधवारबाट जर्मन चान्सलर एन्जेल मर्केलले १६ वर्षको उच्च पदबाट बिदा लिईन् । जर्मनीमा एन्जेला मर्केलको शासन समाप्त हुन सक्ला तर उनले विश्व राजनीतिमा छोडेको छाप लामो समयसम्म रहने छ ।

जर्मनीका नयाँ चान्सलर ओलाफ स्कोल्जले बुधवार पदभार ग्रहण गर्दा विश्वले मर्केलको ऐतिहासिक योगदानलाई सम्झिरहेको छ।

१६ वर्ष चान्सलरको दौडानमा मर्केल एक संकटलाई ब्यवस्थापन गर्ने सक्ने अपरिहार्य बिकल्पका रूपमा उभिईन् जसले जर्मनीको प्रोफाइल र प्रभावलाई अभूतपूर्व स्तरमा बढाउँदै लग्यो । बढ्दो विभाजित युरोपियन युनियनलाई सँगै राख्ने प्रबन्ध पनि उनले मिलाईन् ।

पूर्वी जर्मनीमा हुर्केकी एक वैज्ञानिक मर्केललाई सन् १९९१ मा चान्सलर हेल्मुट कोहलले महिला तथा युवा मन्त्री नियुक्त गरेपछि चर्चामा आएकी थिइन् । २००५ सम्म उनले सफलतापूर्वक सिडियु पार्टीमा लगाम दिएर काम गरिन् । त्यस पार्टीलाई जनप्रिय बनाउन सफल भईन् । त्यहि पार्टीबाट देशको पहिलो महिला चान्सलर बनिन् ।

उनको कार्यकालमा सन् २००८ को विश्वव्यापी मन्दीदेखि हाल चलिरहेको कोरोना महामारीसम्मका प्रमुख अन्तर्राष्ट्रिय संकटहरू ब्यवस्थापन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।

आफ्नो चार कार्यकालको १६ वर्षे सत्तामा मर्केलले चार अमेरिकी राष्ट्रपति, पाँच बेलायती प्रधानमन्त्री, चार फ्रान्सेली राष्ट्रपति र आठ इटालीका प्रधानमन्त्रीहरूसँग काम गरिन् ।

फोर्ब्स पत्रिकाद्वारा लगातार १० वर्षदेखि “विश्वको सबैभन्दा शक्तिशाली महिला” का रुपमा नाम दिइएको मर्केललाई महिलाहरूको लागि एक शक्तिशाली रोल मोडेलको रूपमा पनि प्रशंसा गरिएको थियो ।

राजनीतिमा अझै पनि पुरुष व्यक्तित्वहरूको प्रभुत्व रहेका बेला उनले विश्वभरिनै त्यसलाई चुनौतिको पाठ सिकाएकि थिईन् ।

असाध्यै दबाबमा पनि शान्त रहेर काम गर्नसक्ने उनको क्षमता, स्वदेश र विदेशदुवैको तनावपूर्ण परिस्थितिलाई कम गर्ने क्षमताको दुनियाँले प्रशंसा गर्छ । त्यसले पनि उनलाई लोकप्रिय अन्तर्राष्ट्रिय व्यक्तित्व बनायो ।

मर्केलको हातको ईशारा “रोम्बस” वा “मर्केल-राउटे” यति लोकप्रिय भयो कि यसले विकिपीडियामा छुट्टै पेज वा खाता खोलेर जानकारि राखियो । त्यहि हातको ईशाराको एक इमोजी (संकेत) नै बन्यो । र अन्तत म्याडम तुसाद संग्रहालयमा राख्ने निर्णय गरियो ।

चान्सलरको रूपमा उनको कार्यकाल अन्त्य भएकाले पनि एक राजनीतिज्ञको रूपमा मर्केलको ३१-वर्षे लामो क्यारियरको अन्त्य भएको संकेत गर्दछ । तर धेरैले के विश्वास गर्छन् भने यो विश्वमा उनलाई फेरिपनि कुनै न कुनै भूमिकामा देखिने छ । जर्मन चान्सलरबाट बिदा हुनु विश्व रंगमञ्चबाटै बिदा लिनु चाहिँ होइन ।

तपाइँको प्रतिक्रिया

फेसबुक