शनिबार, वैशाख १५, २०८१

जनसंपर्क समिति अमेरिकामा अवैध प्रतिनिधि चुनिएको भन्दै निर्वाचन समितिमा उजुरि

नेपालप्लस संवाददाता२०७८ मंसिर २२ गते १८:१६

नेपाली कांग्रेसको भातृ संगठन जनसंपर्क समिति अमेरिकामा महाधिवेशनकालागि अवैधानिक रुपमा प्रतिनिधी चुनिएको भन्दै खारेज गर्न माग गरिएको छ ।

नेपाली जनसंपर्क समिति (जसस) अमेरिकाका ज्ञानल थापाले महाधिवेशन प्रतिनिधि वैधानिक रुपले चयन भएको भन्दै नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन समितिमा दर्ता गराएका हुन् । उनको उजुरीको दता नंवर ११६ छ ।

थापाले केन्द्रिय कार्यालयमा दर्ता गराएको उजुरिमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनकोलागि भएको अधिवेशनपछि विधि र प्रक्रिया, पार्टीका विधिविधान, नियमावली, निर्देशिका बमोजिम निर्वाचित भई केन्द्रिय महाधिवेशन प्रतिनिधि आउनुपर्नेमा अवैध तरिकाले चुनिएको आरोप लगाएएको छ ।

उजुरिमा ‘जनसंपर्क समिति अमेरिकाका सभापति अनन्द विष्टले तानाशाही, अलोकतान्त्रिक र स्वेच्छाचारीढंगले अवैधानिक रुपमा च्याप्टरहरु र केन्द्रिय समितिको निर्वाचनको कुनैपनि प्रक्रिया पुरा नगरि एकलौटि ढंगले महाधिवेशन प्रतिनिधिको नाम छानेर पठाएको’ उल्लेख छ ।

“त्यसैले उक्त अवैधानिक रुपमा आएका नामहरु बदर गरि खारेज गरि पाउँ भनि निबेदन पेश गरेको छु” उजुरिमा उल्लेख छ । उनको निवेदन नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिमा मंशिर २२ गते दर्ता गरिएको छ ।

तपाइँको प्रतिक्रिया