बिहीबार, चैत १५, २०८०

भारतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा दार्जिलिङका सतपाल राइको समेत निधन

नेपालप्लस संवाददाता२०७८ मंसिर २२ गते २०:०३

आज बुधवार भारत, तमिलनाडु राज्यस्थित कुन्नुरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनामा दार्जिलिङ निवासी सतपाल राईकोसमेत निधन भएको छ ।

दार्जिलिङका सांसद राजु विष्टले सामाजिक सन्जालमा राखेको जानकारि अनुसार सतपाल राई दार्जिलिङको तकदाहका थिए ।

विष्टका अनुसार सतपाल राई सीडीएस जनरल बिपिन रावतका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) थिए ।

वुधवार भएको हेलिकोप्टर दुर्घटनामा सीडीएस विपीन रावत, उनकी पत्नी मधुलिकालगायत १३ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा कुल १४ जनाले यात्रा गरिरहेका थिए ।

दार्जिलिङका सांसद विष्टले फेसबूकमा लेखेका छन् “उहाँको परिवारमा यो अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति भगवानले प्रदान गरुन् भनी प्रार्थना गर्दछु । तपाईको राष्ट्र सेवा र तपाईले दिनुभएको अन्तिम बलिदानलाई गोर्खा र हाम्रो सिङ्गो राष्ट्रले सधैं सम्झिरहनेछ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक