शनिबार, वैशाख ८, २०८१

विद्युतीय गाडी मान्छेमा ठोक्किने बढी संभावना

नेपालप्लस संवाददाता२०७८ मंसिर २४ गते ४:०१

विद्युतीय कारहरूले आवाज निकाल्दैनन् । निकालेपनि एक्दमै मन्द हुन्छ । किनकि कम-डेसिबल त्यस्ता मोटरहरू ध्वनि-प्रदूषित शहरहरूमा धेरैका लागि वरदान हुन् जहाँ अवाज घटाउन कुनै चिजले ढाकिएको हुन्छ । किनभने पेट्रोल इन्जिनहरूले स्नायुहरू र कानका पर्दा हल्लाउन सक्छन् ।

अमेरिकाको पेन्सिल्भेनियास्थित पेन स्टेट युनिभर्सिटीका इन्जिनियरिङ प्रोफेसर माइकल रोन भन्छन् “यो एउटा दुर्भाग्यपूर्ण हो । विशेषगरी दृष्टिविहीनहरू नजिकैको खतरा पत्ता लगाउन कानमा भर पर्छन् । आवाजबिहिन गाडीमा ति ठोक्किने उच्च संभावना हुन्छ ।”

भिजन अष्ट्रेलियाले ३५ प्रतिशत दृष्टिविहीन वा दृष्टि कमजोर भएकाहरु विद्युतीय सवारी नजिकै आएको थाह नपाउँदा तिनले हिर्काएको वा झन्डै ठोक्किएको रिपोर्ट गरेको छ।

त्यसो त, सरकारहरू पनि समस्या बारे सचेत रहेको रोन बताउँछन् । अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका र ईयूले कति ध्वनि विद्युतीय सवारी साधनहरू बनाउनुपर्छ भनेर सबै मापदण्डहरू बनाएका छन् । तर के यी मापदण्डहरूले काम गर्छन् ?

यो तथ्य पत्ता लगाउनको लागि रोनले जनरल मोटर्सबाट चेवी भोल्ट सापट मागे । सडकको शान्त भागमा आउँदै गरेको कारको आवाज सुन्नको लागि १६ जनालाई भर्ती गरे । ति मध्ये केही दृष्टिविहीन र केही सामान्य दृष्टि भएका थिए । तर तिनको आँखामा पट्टी बाँधिएको थियो । कहिलेकाहीँ भोल्टलाई परिवर्तन नगरिकनै छोडियो । अन्य समयमा यसले चार फरक प्रकारका ध्वनिहरू उत्सर्जन गर्नेगरि प्रोग्राम गरिएको स्पिकरहरू प्रयोग गरियो । सबै मापदण्डहरू पूरा गर्न त्यसो गरिएको थियो ।

जब उनका सहयोगिहरूले कार नजिक आएको सुने उनले तिनीहरूलाई बटन थिच्न भने । जब तिनीहरूले गाडी गैसकेको सोचे तिनीहरूले दोस्रो पटकपनि बटनमा धक्का दिए ।

यसलाई अझ कठिन बनाउनको लागि केही परिक्षणहरूमा रोनको टोलीले सामान्य शहरी सेटिङहरूमा तुलना गर्न मिल्ने पृष्ठभूमिमा आवाज बजाउन स्पिकरहरू तयार गर्यो । कहिले २० किलोमिटर प्रतिघण्टा, कहिले १० किलोमिटर प्रतिघण्टाको गतिमा कार गुड्यो । यसरि परिषण गर्दा परिणामहरू निराशाजनक देखिए ।

रोनले सियाटल, वाशिंगटनमा अमेरिकाको ध्वनिक समाजको १८१ औं बैठकमा भने “मानिसहरूले १० किमी प्रति घन्टा भन्दा २० किमी प्रति घन्टाको गतिमा कार धेरै राम्रो सुने । यो अचम्मको कुरा होइन किनकि कार जति छिटो जान्छ त्यसको आवाज गुड्दाखेरि निस्किने पाङ्ग्राको आवाजले दबाइदिन्छ । अर्थात् पाङ्राको आवाज हावी हुन्छ ।

२० किमी प्रति घन्टा भन्दा माथि टायरको आवाज हावी हुने उनी बताउँछन् । र धेरैजसो कारहरूको आवाज एकदमै उस्तै हुन्छ । तर १० किलोमिटर प्रति घन्टाको गतिमा गाडी गुडेका बेला आफ्ना २० प्रतिशत सहयोगिहरु खतरा तर्फ देखिए ।

नराम्रो कुरा के छ भने ९० जनालाई प्रयोगात्मक रुपमा दौडाउने क्रममा दुई जनाले मात्रै कारको आवाज सुनेनन् । “त्यो धेरै होइन । जब तपाइँ लाखौं लाख मानिसहरूमा लागू गर्नुहुन्छ धेरै मानिसहरू घाइते हुन्छन्” उनी भन्छन् ।

अर्को चरणमा कुन प्रकारको आवाजले यो जोखिमलाई राम्रोसँग कम गर्छ भनेर अप्रिय रूपमा चर्को आवाज ननिकाली पत्ता लगाउनु हो ।

नियामक अधिकारीहरू मध्येका एक रोन भन्छन् ‘कारलाई आन्तरिक दहन वा ज्वलन (कमबुस्टिङ) इन्जिन जस्तो मात्र आवाज आउने बनाउन परिक्षणहरुमा नियन्त्रण गरिएको छ । किनभने मानिसहरूले वास्तवमै त्यो मन पराउँदैनन् “।

यसको सट्टा उनीहरू केहि बढी भविष्यमा समेत काम लाग्ने बनाउन चाहन्छन् जसले गाडीलाई विद्युतीय भएको संकेत गर्दछ । ध्यान खिच्न सबैभन्दा प्रभावकारी देखिने आवाजहरू थप्न चाहन्छन् । उनीहरुले गाडीमा स्थिर आवाजहरू होइन कि ति आवाजहरू चाहेको बेला घट्ने, बढाउन सकिने वा परिवर्तन हुनेगरि बनाउन चाहन्छन् । यसो गर्दा आवाज चाहिने बेला निस्किने बनाइन्छ । त्यो आवाज निस्केको बेला चाँडै मानिसहरूको ध्यान जान्छ । चाहेको बेला निस्किने आवाज थपिदिँदा सन्तुलन बनाउँछ ।

हरित ऊर्जाको भविष्य नजिकिएको छ । विद्युतीय सवारी साधन जताततै रहेकाले यो काम कसरी गर्ने भन्ने अर्को समस्या पनि हो । यदि कुनै ठाउँमा, एकै थलोमा २० वटा कारहरू छन् भने यसले मानिसहरूलाई सबैभन्दा खतरजन्य अवस्था रहेको पत्ता लगाउन कसरी सहयोग गर्छ ? रोना भन्छन् “मलाई लाग्दैन कि यो अझै कसैलाई थाहा छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक