बिहीबार, वैशाख १३, २०८१

“पार्टीमा बसेर केहि योगदान गर्न सकिन्छ कि भनेर महामन्त्रीमा उम्मेद्बारी दिएको हुँँ” गगन थापा

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २३ गते १६:३२

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गगन थापाले महामन्त्रीमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन । अवधारणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै थापाले भने “म अबको १५ वर्ष मात्र सकृय राजनीतिमा जोडीन्छु र कृयाशिल सदस्य भएर काम गर्छु । त्यसपछी मैले नेपाली कांग्रेसको राजनीतिबाट बिश्राम लिन्छु ।”

उनले थपे- त्यसपछि म काठमाडौंका सडकमा घुम्दै गर्दा कसैले टाढाबाट मायाँले ‘जय नेपाल’ भनिदिए पुग्छ । कुनै एउटा नेपाली नागरिकले मलाई यत्ती भनिदिए पुग्छ । त्यहाँ के झुण्डिन्छ भुतपूर्व मन्त्री, प्रधानमन्त्री, सांसद, महामन्त्री केहि चाहिंदैन । ति सबै भुतपूर्व पदहरुको केही अर्थ हुँदैन । मायाँ सम्मान हुन्छ । हो त्यतिबेला मेरा छोरीहरुलाई लागोस कि मेरा बा जुन पार्टीहरुमा बसेर काम गरे, आफ्नो समयको बेलामा जुन काम गर्‍यो त्यो कामले कहीं न कहीं हामीलाई गौरव गर्ने आधार बनाइदियो भन्ने भयो भने म आफ्नो राजनीतिक जीवन सार्थक भएको ठान्दछु ।”

नेपाली कांग्रेस पार्टीसँग आफ्नो कुनै सर्तको सम्बन्ध नभएको बताउँदै थापाले भने- मेरो लागि आस्था हो । आदर्श हो । त्यसैले मैले यो पार्टीसँग बिनासर्त सम्बन्ध जोडेको छु । यो पार्टी तपाईं हामी सबैको हो । तर हामीले पार्टी भित्रै बसेर केहि योगदान गर्न सकिन्छ कि भनेर महामन्त्रीमा उम्मेद्बारी दिएको हुँँ ।”

थापाले विगत केहि महिना अघि देखिनै महामन्त्री पदका लागि आफ्नो अभियान संचालन गर्दै आइरहेका छन् । महामन्त्री पदमा तिब्र प्रतिस्पर्धा देखिएपनि थापा भने अग्रपंक्तिमा छन् । थापा स्वास्थ्य मन्त्री रहँदा शुरु गरिएका कामहरुले त्यो बेला निकै प्रशंसा कमाएका थिए । उनी देशमा मात्र नभएर पार्टी भित्र पनि आन्तरिक प्रजातन्त्र र पारदर्शिताका हिमायाती हुन् ।

“हामीलाई बोल्न सक्ने कांग्रेस चाहिएको छ । बुझिने कांग्रेस चाहिएको छ । म गणेशमानले लगाएको जुत्ता लगाएर कांग्रेस पार्टी कार्यालय भित्र छिर्ने प्रयास गर्दैछु” गलत कृयाकलापका विरुद्दमा आफ्नै नेताहरुको समेत आलोचना गर्ने थापाले भने ” अबको तीन दिनबाट मेरो दिनगन्ति सुरु हुन्छ । २०७८ साल देखि २०८२ साल, ठीक चार वर्षमा १५ औं महाधिवेशन हुन्छ । यो कारण र त्यो कारणले अधिवेशन तन्किंदैन । प्रत्येक कांग्रेस सदस्य एउटा मिशनसँग जोडीन्छ । के को लागि कांग्रेस, किन कांग्रेस भन्ने कुराको प्रष्ट उत्तर हुन्छ । अब कांग्रेस सँग प्रशन होइन उत्तर हुन्छ ।”

थापाले महामन्त्रीमा मत हाल्न आग्रह गर्दै भने “मेरो परिक्षा शुरु भएको छ । म यत्रो गौरवशाली पार्टी भित्र ठूलो जिम्मेवारी लिनका निम्ति तपाईंहरुको बिचमा उभिएको छु । मलाई तपाईंहरुको मायाँ चाहिएको छ ।”

तपाइँको प्रतिक्रिया