शुक्रबार, वैशाख ७, २०८१

एउटा पनि राजेन्द्र लिङ्देन छैन र कांग्रेसमा ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २३ गते १८:१०

राप्रपाको भर्खरै सम्पन्न महाअधिवेशनले झापाका राजेन्द्र लिङ्देनलाई पार्टीको अध्यक्षमा निर्वाचित गर्‍यो । पंचायत, प्रजातन्त्र र गणतन्त्र यि तीनवटै ब्यवस्थामा हालिमुहाली गरेका कमल थापा लिङ्देनसँग पराजित भए । कमल थापाकै भनाइलाई मान्ने हो भने उनको पराजयको मुख्य कारण निर्मल निवास थियो र पुर्व राजा ज्ञानेन्द्रले निकै ठुलो चलखेल गरेका थिए । आफू पराजित भएपछी थापाले लगातार निर्मल निवासलाई लक्षित गरेर कटाक्ष गरिरहेका छन् ।

मुख्य कुरा के हो भने जुनसुकै मूल्य चुकाएर होस् राप्रपा अध्यक्ष बनिरहने थापाको चाहनामा यसपटक पूर्णविराम लागेको छ । तथापी कमल थापाकै स्कुलिङमा हुर्किएका राजेन्द्र लिङ्देनले उनकै विरुद्दमा उम्मेद्बारी दिनु चानचुने कुरा थिएन । अझ उनले कमल थापालाई चुनावमा पछार्नु अद्भुत थियो । एक साता अघि मात्र एमालेको महाधिवेशन सकिएको थियो । एमालेले कसरी अधिवेशन र निर्वाचन गरेको थियो भन्ने कुराको लेखाजोखा धेरै गरिरहनुपर्ने छैन । किनभने केपी ओलीले जसरी त्यो महाधिवेशन सम्पन्न गरे त्यसले ओलीको भित्री आडम्बर मात्र देखिएन लोकतान्त्रिक मुल्य र मान्यता माथि नै अट्टहास गरे ।

नेपाली कांग्रेसको अधिवेशन हुन अब केही दर्जन घण्टा मात्र बाँकी छ । तर शेरबहादुर देउवाको बाटो ओलीको भन्दा कम छैन । एमाले र कांग्रेस प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हुन । राप्रपाले कहिल्यै प्रजातन्त्रका लागि लडेन । एकतन्त्रिय शासनको मुद्दा बोकेर हिंडेको पार्टी । तर कमल थापाले कहिल्यै कुनै कुरालाई पार्टीको एजेण्डा बनाएर हिंडेनन । उनले अवशरमा विश्वास गरे, सँधै अवशर छोप्नका लागि च्याँखे थापेर बसे र पटक पटक उनी पार्टीको राजा बने । तथापी कहिल्यै प्रजातन्त्रको लागि आवाज नउठाएको पार्टीको महाधिवेशन भने घगडान सँगप्रजातान्त्रिक परिपाटिमा भयो ।

राजेन्द्र लिङ्देनले कमल थापालाई पाछारेनन् मात्र, डेढ दशक पछी राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्ल एजेण्डा फेला पर्‍यो । भलै त्यो हिन्दू राष्ट्र र राजातन्त्र पुनर्स्थापनाको एजेन्डा किन नहोस कम से कम राप्रपासँग अब एजेण्डा छ । यो पार्टी नेपाली कांग्रेस र एमाले जस्तो बाटो बिहिन बनेन ।

अहिले नेपाली कांग्रेस भित्र एउटा गतिलो राजेन्द्र लिङ्देन चाहिएको छ । कांग्रेस भित्र कोही छ राजेन्द्र लिङ्देन जसले देउवाको कमल थापा सोचलाई परास्त गर्न सकोस ? एउटा पनि राजेन्द्र लिङ्देन छैन र कांग्रेसमा ?

अहिले राप्रपाको अधिवेशनमा अर्को महत्वपूर्ण परिवर्तन देखियो, ७७ वर्षका प्रकाश चन्द्र लोहनीले नयाँँ पुस्ताका लागि भन्दै बाटो छोडिदिए । पशुपती शेम्शेर राणाले लिङ्देनको पक्षेमा हर्ष बढाईँ गरे । नेपाली राजनीतिका मुख्य विल्लाधारिले सिक्नुपर्ने गतिलो पाठ राप्रपाले लेखेर छोड्यो ।

अब कुरा गरौं नेपाली कांग्रेसको । अबको केही घण्टामा यो पार्टीको महाअधिवेशन शुरु हुँदैछ । चार हजार हाराहारी मतदाता काठमाडौं उत्रिएका छन । कांग्रेसको महाधिवेशन आफैंमा पनि उत्सव जस्तो हुन्छ । दशैं आए जस्तो । दशैं जस्तो किन पनि भने देश ब्यापी रुपमा सुकिला मान्छेहरुको भिडभाड हुन्छ । ध्वजा, पताका, राम रमिता र महत्वपूर्ण चाहीं कुनै पारिवारिक मन्दिरको लिगेसीमा बाँधिएर दर्जनौं निष्ठावान कार्यकर्ताहरु बलीको बोका बनाइन्छन् । अनी कांग्रेस जस्ताको त्यस्तै रहन्छ विसुद्द परम्परावादी ।

धेरैलाई चौधौं महाअधिवेशन अली फरक हुने लागेको थियो । यो महाधिवेशनले शेरबहादुर देउवा ‘टाइप’ का अत्यन्त परम्परावादी सोच र यथास्थितीको विकराल मानशिकता बोकेका नेताहरुले अर्को पुस्तालाई नेतृत्वका लागि बाटो खोलिदिन्छन कि भन्ने झिनो आशा थियो, तर सकियो । देउवाको सोच पार्टीलाई मजबुत बनाउनभन्दा पनि आफ्नो औकात मजबुत बनाउन तल्लिन भएपछी गतिलो प्रतिस्पर्धा सकिएको छ ।

बाहिर हेर्दा अत्यन्तै प्रजातान्त्रिक जस्तो देखिएपनि नेपाली कांग्रेसमा आन्तरिक प्रजातन्त्र छैन । जबसम्म आन्तरिक प्रजातन्त्र मजबुत हुँदैन तबसम्म नेपाली कांग्रेसको औकात राष्ट्रिय प्रजातन्त्र पार्टीको जत्तीपनि रहँदैन । शेरबहादुर देउवाले बालुवाटारबाट अलिकती आँखा उचालेर हेरे भने आफ्नै उमेरका डा प्रकाश चन्द्र लोहनीलाई देख्नेछन् । जसले आफू तालुकदार हुनसक्ने पदका लागि दोस्रो पुस्ताका नेतालाई बाटो छोडिदिएका थिए । तर शेरबहादुरले त्यसरी हेर्दैनन् । किनभने शेरबहादुरलाई हरेक विहान आफ्नो दैलो अगाडि सधैंभरी चप्पल लगाएर उभिने कार्यकर्ताहरुको जयनेपाल थापिरहने चाहना छ । नेपाली कांग्रेसको अहिलेको अवस्थाको सम्पूर्ण जिम्मेवार नेताहरुको यही चाहना हो ।

ओत खोज्नु भनेको कमजोर हुनु हो । यहि कमजोरहरुको जमातलाई समातेर देउवा बलिया भएका छन् । यदी कार्यकर्ताहरुले आफूलाई कमजोर भएको महसुस गरेका छैनन्भने कम से कम राप्रपाका कार्यकर्ताहरु जत्तिको प्रजातान्त्रिक र परिवर्तनकारी हुन जरुरी छ । नत्र भेंडाको समुह भेंडा बाहेक केही हुन सक्दैन ।

त्यस्प् त, अहिलेको महाअधिवेशनमा महामन्त्रीका बलिया उम्मेद्वार गगन थापाले विहिवार आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै भने- नेपाली कांग्रेसमा मेरो सकृयता अबको १०-१५ वर्ष मात्र रहने छ । त्यसपछी म पार्टीको कुनै पनि कार्यकारीणी पदमा रहन्न ।”

त्यतिबेला गगन थापा ६० वर्षका पुग्ने छन् । उनी ६० वर्ष पुग्दा पार्टीको मुल विचारलाई समात्दै परिस्कृत विचार लिएर आउने धेरै युवाहरुलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने बाटो छोडिदिनुपर्छ भन्ने थापाको भनाइ मनासिव त छ, तर १५ वर्ष पछी थापाले आफ्ना उत्तराधिकारीलाई त्यहाँसम्म पुर्याउन गरेको बाचा कार्यन्वयनमा आउला भन्ने कुरा भने अंक गणितको पुछारको पानामा उत्तरविहिन भएर छापिएको छ । अबको १५ वर्षपछि उत्तर आऊला । तर गगन थापाका यिनै अभिब्यक्तिले राजनीतिमा लाग्दै गरेको एउटा पुस्तालाइ भने उर्जा दिएको छ ।

तर कुरा अहिलेको छ, शेरबहादुर देउवाको । शुक्रवार देखि शुरु हुने चौधौं महाधिवेशनमा देउवा पुन: सभापतिका उम्मेद्वार छन् । देउवा केका लागि पुन: सभापति बन्न कस्सिएका छन भन्ने कसैलाई थाहा छैन । शायद उनी आफैंलाई पनि थाहा छैन । देउवासँग खासमा भन्ने हो भने पार्टी सभापति बन्नका लागी कुनै एजेण्डा छैनन् । विचार छैनन् । र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने सोच छैन । तर उनीसँग कार्यकर्ताहरुको लस्कर छ । देउवालाई थाहा छ, जहिलेसम्म यस्ता हनुमान कार्यकर्ताहरुको साथ हुन्छ तब सम्म पार्टीका भित्तामा झुण्ड्याइएका जन्तर आफ्नै टाउकोमा सिउरिन पाईन्छ । पार्टी र देशको त के कुरा भयो र !

गिरिजा प्रसाद कोइरालाको पनि यही अवधारणा थियो- पार्टीमा बिचार र परिवर्तन भन्दा महत्वपूर्ण कार्यकर्ताहरुको जत्थालाई ठूलो बनाउने सुत्र कोइरालाले जानेका थिए । कार्यकर्ताहरुको त्यो जत्था अहिले पनि उस्तै छ । यो समुहले कुनै परिवर्तन चाहँदैन । हुन त देशमा ब्यवस्था परिवर्तनका लागि लड्ने समुह पनि यही हो । तर पार्टीको मामिलामा भने यो समुहले लड्ने आँट गरेन । किनभने यिनिहरुले सधैंं ओत खोजे । ओत खोज्नु भनेको कमजोर हुनु हो । यहि कमजोरहरुको जमातलाई समातेर देउवा बलिया भएका छन् । यदी कार्यकर्ताहरुले आफूलाई कमजोर भएको महसुस गरेका छैनन्भने कम से कम राप्रपाका कार्यकर्ताहरु जत्तिको प्रजातान्त्रिक र परिवर्तनकारी हुन जरुरी छ । नत्र भेंडाको समुह भेंडा बाहेक केही हुन सक्दैन ।

अर्को कुरा, अहिले नेपाली कांग्रेस भित्र एउटा गतिलो राजेन्द्र लिङ्देन चाहिएको छ । कांग्रेस भित्र कोही छ राजेन्द्र लिङ्देन जसले देउवाको कमल थापा सोचलाई परास्त गर्न सकोस ? त्यसका लागि अहिले भर्खरैको आवश्यकता के हो भने देउवा इतर समुहहरुले पनि सबै खाले घमण्डहरुलाई थाँती राखेर मोर्चाबन्दी गर्न जरुरी छ । नेपाली कांग्रेसको भविष्यलाई सुरक्षित राख्नका लागि अहिल्यै, पर्सी नै देउवाको वहिर्गमन जरुरी छ । एउटा पनि राजेन्द्र लिङ्देन छैन र कांग्रेसमा ?

तपाइँको प्रतिक्रिया

फेसबुक