बिहीबार, चैत १५, २०८०

को बन्ला कांग्रेस सभापती ? कुन गुटको अवस्था कस्तो ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २४ गते १०:४६

फोटो साभार-काठमान्डु पाटी

नेपाली कांग्रेसको चौधौं महाधिवेशन शुक्रवार देखि काठमाडौंमा शुरु भएको छ । अधिवेशनका लागि देश विदेशबाट करिव ४ हजार ४ सय महाअधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन । शुक्रवार मध्यान्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशन उद्घाटन गर्ने छन् । लगभग एक वर्ष ढिलो भएको यो महाधिवेशनमा शेरबहादुर देउवा पुन: सभापतिकोको दौडमा छन् भने शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीले पनि यो कुम्भ मेलामा आफुलाई सभापतिको रुपमा प्रस्तुत गरेका छन् ।

कांग्रेसको केन्द्रिय निर्वाचन समितिको तालिका अनुसार शनिवारसम्म उम्मेद्वारहरुको मनोनयन दर्ता भइसक्नुपर्ने छ । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ ।

त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानत व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

पक्कै पनि निधिजीले शेर बहादुर र प्रकाशमानजीले शेखर कोइरालालाई समर्थन गर्न सक्दछन् । यदी प्रकाशमानको समर्थन कोइरालालाई भयो भने शेखर कोइराला नेपाली कांग्रेसको आठौं सभापति हुने छन् ।

कांग्रेसमा अहिले ३ गुट सकृय छन । देउवाको आफ्नै गुट छ । पौडेल गुट र सिटौला गुट पनि छन् । सभापति देउवा प्रधानमन्त्री समेत भएको हुनाले र सरकारमा रहेको अवशरको फाईदाका कारण तुलनात्मक रुपमा देउवाको गुट अलिकती बलियो देखिएको छ । तर विमलेन्द्र निधीले साँच्चिकै आफ्नो उम्मेद्बारी दर्ता गराए भने देउवालाई यसपटक सभापतिको पारीणाम आफ्नो पक्षमा पार्न त्यती सजिलो छैन ।

देउवाको यो चार वर्षे कार्यकालमा नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा बढी ठक्कर खानु परेको हो । संसदिय निर्वाचनमा पार्टीले भोग्नु परेको पराजय र ब्यक्तिगत फाईदाका लागि केपी ओली देखी प्रधानन्यायधिस चोलेन्द्र शमशेरसँग गरेका साँठगाँठको कलंक देउवाको निधारमा छ । केही अघि मात्रै देउवाले आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरिदिएबापत प्रधानन्यायधिस चोलेन्द्र शमशेरका आफन्तलाई मन्त्री बनाएका थिए ।

पार्टीका आफ्ना कार्यकर्ताहरुको चाहना विपरित सरकारमा जाने देउवाको निर्णय थियो । जसको केन्द्रिय समितिमै बिरोध गरिएको थियो । अर्कोतिर नेकपा विभाजन गराउन मतियार बनेको आरोप पनि देउवालाई छ । यि तमाम घटनाक्रमले देउवाको छविलाई अझ संकुचित गरेको छ । महाअधिवेशनमा पक्कै पनि देउवाका पछील्ला क्रियाकलापको लेखाजोखा हुने छ ।

सर्सर्ती हेर्दा एक जुट भएर निर्वाचनमा गए पौडेल समुह निकै शक्तिशाली बनेको थियो । तर समस्या कस्तो देखियो भने उनिहरुले न त सभापतिको उम्मेद्वार समयमा घोषणा गर्न सके न आफ्नो समुह एक जुट नै छ भनेर देखाउन सके । रामचन्द्र पौडेल आफैंपनि सभापतिका आकांक्षी थिए । शेखर कोइराला र प्रकाशमान सिंहलाई छिचोलेर समुह भित्र आफूलाई निर्विकल्प देखाउनसक्नु पौडेलका लागि फलामका चिउरा चपाउनु जस्तै थियो । उनी बैठक छोडेर बाहिरिए । शेखर कोइराला र प्रकाशमान सिंह समेत सहमतिमा पुग्न सकेनन् । अब दुबै जनाले मनोनयन गर्ने सम्भावना बढेको छ ।

कांग्रेसमा अहिले ३ गुट सकृय छन । देउवाको आफ्नै गुट छ । पौडेल गुट र सिटौला गुट पनि छन् । सभापति देउवा प्रधानमन्त्री समेत भएको हुनाले र सरकारमा रहेको अवशरको फाईदाका कारण तुलनात्मक रुपमा देउवाको गुट अलिकती बलियो देखिएको छ ।

प्रकाशमान सिंह नेपाली कांग्रेसमा तल्लो तहबाट राजनीति गर्दै माथि आउने नेता हुन् । त्यसबाहेक उनी पार्टीको उपसभापती पनि भएकोले यि बलिया उम्मेद्वार हुन् । तर देउवालाई पछार्नसक्ने कार्यकर्ताको लस्कर यिनको पछी छैन । गणेशमान पुत्रको धेर थोर फाईदा यिनलाई जान्छ । तर त्यतिले मात्र यो महासागर पार गर्न पर्याप्त हुँदैन ।

अर्का पात्र शेखर कोइराला राजनीतिकर्मी भन्दा कुसल चिकित्सक हुन । धेरै समय आफ्नो पेशामा बिताएका यिनले नेपाली कांग्रेसको राजनीतिलाई मिहिनसँग बुझेका छन् । कोइरालासँग नेपाली कांग्रेसको सभापति बन्ने गतिलो स्तर नबनेको भएपनि धेरै कार्यकर्ताको नजर यिनैमा पुगेर अडिएको छ ।

अर्का पात्र शेखर कोइराला नेपाली कांग्रेस भित्र पास फेल केही पनि होइनन् । यिनी परिक्षामा बस्नै पाएका छैनन् । त्यसैले अधिकांश कार्यकर्ताको चाहना शेर बहादुर देउवाले खुम्च्याएको पार्टीको छविलाई कोइरालाले फराकिलो बनाउन सक्छन भन्ने छ ।

कोइरालाले भनेका छन- धेरै मान्छेहरुलाई लाग्दो हो, म कोइराला परिवारको विरासत थाम्न सभापतिमा उठ्दैछु । त्यस्तो पटक्कै होइन । तर एउटा कुरो के हो भने नेपाली कांग्रेसमा कोइरालाहरुको योगदानलाई कम आँकलन गर्न मिल्दैन । शेखरले भने जस्तै नेपाली कांग्रेस बन्नुमा कोइराला परिवारको निकै ठूलो योगदान छ । यदी शेखर कोइराला सभापतिको उम्मेद्वार बन्छन भने यो सहुलियत पक्कै पनि उनले पाउने छन् । कांग्रेस भित्र यि कोइराला परिक्षित नभएकोले पनि कार्यकर्ताले एक पटक यिनको नेतृत्व हेर्न खोजेका छन् ।

अर्को सानै भए पनि सिटौला समुह छ जोसँग धेरै मत त छैनन् । तर निर्णयक मत भने छन् । पौडेल र देउवा दुबै समुहका लागि सिटौला भरपर्दा पात्र होइनन् । तर छोडेर हिंड्न सकिने पनि होइनन् । पौडेल निकटका एक जना नेताको भनाइमा- यदी सिटौला इमान्दार भएको भए अहिले सभापतिको रुपमा रामचन्द्र पौडेलले महाधिवेशन गराइरहेका हुन्थे र यो महाधिवेशनमा सिटौलालाई सभापतिका लागि समर्थन जुटाउनुपर्ने चर्को दवाव हुन्थ्यो । तर आफ्नै गुट बनाउने लोभमा सिटौला अलपत्र परेको ति नेताको भनाइ छ ।

शेखरले भने जस्तै नेपाली कांग्रेस बन्नुमा कोइराला परिवारको निकै ठूलो योगदान छ । यदी शेखर कोइराला सभापतिको उम्मेद्वार बन्छन भने यो सहुलियत पक्कै पनि उनले पाउने छन् । कांग्रेस भित्र यि कोइराला परिक्षित नभएकोले पनि कार्यकर्ताले एक पटक यिनको नेतृत्व हेर्न खोजेका छन् ।

हुनपनि अघिल्लो अधिवेशन पछी लामो समय सिटौला पौडेल समुहमै थिए । केही समय आफूलाई सभापतिको उम्मेद्वार बनाउन समुह भित्रै यिनले कसरत पनि गरे । नेपालप्लस सँगको कुराकानीमा यिनले भनेका थिए ‘म हाम्रो समुहबाट स्वभाविक रुपमा सभापतिको दावेदार मात्र होइन हाम्रो पक्षको सर्वसम्मत उम्मेद्वार पनि हो ।’ तर सिटौलाले भने जस्तो न त उनी स्वभाविक उम्मेद्वार बन्न सके न सर्वसम्मत हुन सके । एक महिना अघि रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंहसँगको लामो वार्ता पछी यि चोइटिएका थिए । सिटौलाले सहकार्यका लागि हात अगाडि बढाएमा त्यसको फाईदा सभापतिमा जित हासिल गर्नका लागि देउवालाई हुनसक्दछ । तर सिटौलाका सर्त भने चानचुने हुने छैनन । उनले नेतृत्व गरेको समुह सानै भए पनि सबै आकांक्षीका लागि वार्गेनिङ गर्ने छन् ।

प्रदिप पौडेललाई जुनसुकै हालतमा महामन्त्री बनाउने जिम्मा सिटौलाको छ र यो प्रस्तावले देउवालाई समुह संयोजनका लागि अझ असजिलो हुनेछ । देउवालाई सबैभन्दा बढी चुनौति महामन्त्रीको उम्मेदवार चयनमै छ । महामन्त्रीका लागि प्रभावशाली नेताहरुले आफ्ना अडान छोडेका छैनन् । गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री डा। प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा दाबी गरेका छन् । अझ यस विचमा प्रदिप पौडेल थपिदा देउवा समुहलाई अझ ठूलो टाउको दुखाई हुने छ ।

नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा सिटौला यस्तो गणित हुन् जसले कुनैपनि अंकको तुरुन्तै फेर बादल गर्ने सामर्थ्य राख्दछ । तर यसपालिको अवस्था अर्कै भएको छ । पौडेल समुहमा सभापतिको किचलो छ । पदाधिकारीका लागि गगन थापा र मिनेन्द्र रिजाललाई छोड्नेहो भने अन्य आकंक्षीहरुले आफ्नो उम्मेद्बारी घोषणा गरेका छैनन् । देउवा समुहमा सभापतिका लागि एक्ला देउवा मात्र छन भने पदाधिकारीहरुको ब्यवस्थापन निकै महँगो हुने देखिएको छ । बिमलेन्द्र निधिले अहिलेसम्म आफ्नो टिम बनाउन सकेका छैनन् । यदी यिनी चुनावमा गए भने पनि झिनो मत मात्र यिनको पक्षमा खस्ने एक जना नेताको दावी छ ।

अहिले देखिएका आकांक्षी देउवा, कोइराला, सिंह र निधी चारै जनाले सभापतिमा प्रतिस्पर्धा गरे भने पहिलो चरणको मतदानबाट सभापति छानिने सम्भावना निकै न्युन छ । त्यसो भयो भने के हुन्छ त ? कांग्रेसका अर्का एक नेता भन्छन- पक्कै पनि निधिजीले शेर बहादुर र प्रकाशमानजीले शेखर कोइरालालाई समर्थन गर्न सक्दछन् । यदी प्रकाशमानको समर्थन कोइरालालाई भयो भने शेखर कोइराला नेपाली कांग्रेसको आठौं सभापति हुने छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक