बिहीबार, वैशाख १३, २०८१

जर्मनीका नयाँ चान्सलर स्कोल्ज युरोपेली योजनाबारे छलफल गर्न फ्रान्स

नेपालप्लस संवाददाता२०७८ मंसिर २४ गते १६:२५

जर्मनीका नयाँ चान्सलर ओलाफ स्कोल्ज शुक्रवार फ्रान्सेली राष्ट्रपतीसित युरोपेली साझा एजेण्डामा छलफल गर्न अकस्मात फ्रान्स भ्रमणमा आएका छन् । जर्मनी पोस्ट-मर्केल युगमा फ्रान्स र जर्मनीकाबिच साझा आधार खोजिने छ ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले नयाँ जर्मन चान्सलर ओलाफ स्कोल्जलाई शुक्रबार युरोपेली एजेन्डामाथि साझा छलफल गर्न बैठक राखेर उद्घाटनको लागि पेरिसमा स्वागत गरेका हुन् । फ्रान्स र जर्मनी ईयुका दुई शक्तिशाली देश हुन् । त्यसैले यि दुइ देशका नेताहरूले युरोपेली युनियन भित्र र बाहिरका संकटहरू समाधान गर्न साझा आधारको खोजी सुरु गर्नेछन् ।

फ्रान्सेली अधिकारीहरूले युक्रेनमा तनाव हुने बताएका छन् जुन अमेरिकी अधिकारीहरूले अर्को वर्षको सुरुमा रुसी आक्रमणको सामना गर्नसक्ने विश्वास गर्छन् । फ्रान्सको छ महिनाको युरोपेली संघको अध्यक्षताका लागि माख्रोको प्राथमिकताहरूबारे जर्मन चान्सलरसँग छलफल हुने छ । यो निर्वाचन जनवरी १ मा सुरु हुँदै छ ।

माख्रोंले पूर्ववर्ती एन्जेला मर्केलसँग मैत्री सम्बन्ध विकास गरेका थिए जसले कोरोना महामारीको समयमा संयुक्त ऋण उठाउने प्रयासहरूलाई समर्थन गरेर जर्मन परम्परा तोडेका थिए ।

जर्मन चान्सलर र फ्रान्सेली राष्ट्रपती रूसबाट जर्मनीको ग्यास आयात लगायतका केही प्रमुख मुद्दाहरूमा रहेको मतभेद हटाउनपनि छलफल गर्ने छन् । यि दुबै नेताले युक्रेनमा जर्मनीद्वारा हुनसक्ने आक्रमण योजनालाई अस्वीकार गर्दछन् । कसरी युरोप र चीनलगायत अन्य ठूला प्रतिस्पर्धीहरूसँगको सम्बन्धलाई बचाउने भन्ने उनीहरुको छलफलको अर्को एजेण्डा रहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

अन्य ईयु देशहरूले पनि लघु-गठबन्धनहरू बनाउने काम गरेका छन् । जस्तै आर्थिक रूपमा रूढिवादी पश्चिमी राष्ट्रहरूको फ्रुगल फोर भन्ने गठबन्धन छ । यि फ्रुगल फोरमा अष्ट्रिया, नेदरल्याण्ड, डेनमार्क र स्विडेन छन् । पूर्वी यूरोपमा भिसेग्राड भनिने चार मुलुकहरुको अर्को लघुगठबन्धन छ । यसमा चेक गणतन्त्र, हंगेरी, पोल्याण्ड र स्लोभाकिया छन् । तिनले जर्मनी र फ्रान्सको ईयु प्रभावमाथि बेला बेला चुनौति दिन्छन् ।

यो फ्रान्को-जर्मन सम्बन्ध, ईयुमा बर्चस्व कसरि राख्ने, दुई देशका समन्वय प्रयासहरूबाट उत्पन्न भएको कथित असंतुलनलाई हटाउने बारेपनि छलफल हुने छ ।

“ईयु राम्रो हुन्छ जब हामी फ्रान्को-जर्मन जोडी राम्रो हुन्छौं ।।। तर यो कहिल्यै पर्याप्त हुँदैन” पेरिसको राजनीतिक अध्ययन संस्थान साइन्स-पोका फ्रान्सेली-जर्मन सम्बन्धका विशेषज्ञ मारियन गाईयाको भनाइ छ ।

फ्रान्सेली कूटनीतिज्ञहरू स्कोल्जको नेतृत्वमा जर्मनीसँगको सम्बन्ध राम्रो हुनेमा आशावादी देखिनएको फ्रान्सेली मेडियाहरुको भनाई छ । गठबन्धन सम्झौतामा “रणनीतिक सार्वभौमिकता” लाई स्कोल्जले उल्लेख गरेका थिए जसले उनलाई सत्तामा पुर्‍यायो ।

अर्को मुख्य मुद्दा नविकरणिय हरित उर्जा हो । हरियाली ऊर्जातर्फको संक्रमणलाई कसरी आर्थिक लगानी गर्ने सामुहिक एजेण्डा हो । आणविक ऊर्जा र प्राकृतिक ग्यासलाई ईयुद्वारा नवीकरणीय उर्जातर्फ कसरि मिलाउने, लैजाने भन्ने द्विपक्षिय मुद्दा हो ।

फ्रान्सेली राष्ट्रपती माख्रों उर्जा उत्पादनकालागि फ्रान्समा नयाँ आणविक केन्द्रहरु निर्माण गर्न चाहन्छन् जबकि जर्मनीले तिनीहरूलाई चरणबद्धरुपमा हटाउने योजनाहरू बनाएको छ । यद्यपि नयाँ जर्मन गठबन्धन सम्झौतामा यस मुद्दाको कुनै उल्लेख छैन । फ्रान्स र जर्मनीबिच सम्झौताको लागि ठाउँ छोडेको विश्वास फ्रान्सको छ ।

जर्मन चान्सलरले इयुको आप्रवाशी समस्या र सिमा सुरक्षामा फ्रान्ससित सहकार्य र सहमती हुनुपर्ने फ्रान्सको यात्रामा हिंड्नुअघि जर्मन मेडियाहरुलाई बताएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक