मंगलबार, वैशाख ११, २०८१

देउवाको चाहना आफैं सभापती, अरुको चाहना युवा नेतृत्व

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २४ गते १८:३५

नेपाली कांग्रेसको अहिले बन्द सत्र चलीरहेको छ । उद्घाटन कार्यक्रम सकिएपछी बन्द सत्र शुरु भएको हो । बन्द सत्रको छलफलमा एजेण्डाहरुमा खासै छलफल हुने छैन । किनभने नेपाली कांग्रेस केन्द्रले कुनै पनि निती तथा कार्यक्रम यो बन्द सत्रमा प्रस्तुत गर्ने छैन । निती तथा कार्यक्रममा छलफल नहुने भएकोले पनि बन्द सत्रको आकर्षण कम छ । उम्मेद्वार बन्ने सबै आकांक्षीहरुले महाधिवेशनपछि भेटघाट तिब्र बनाएका छन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो शुभकामना मन्तब्यमै देउवाप्रती कडा रुपमा प्रस्तुत भए । उनले समयमा अधिवेशन हुननसकेका कारण निती तथा कार्यक्रम नआएको बताउँदै भने- यो अधिवेशन विधीका लागि मात्र गरिएको हो ।

उनले पार्टीको सिद्धान्त र विचार राम्रो हुँदा पनि किन जनताको साथ र समर्थन पाउन सकेन भनि अहिले समिक्षा गर्ने सहास गर्न र पार्टीभित्र मूल्यांकन गर्ने पद्धती हुनुपर्ने बताए ।

उनले भने “नेतृत्वले कार्यकर्ताको मूल्यांकन गर्न र कार्यकर्ताले पनि नेतृत्वको मूल्यांकन गर्नसक्ने साहस देखाउनुपर्छ । पौडेलले आफूले संसद पुनर्स्थापनाको लागि ओलीको अधिनायकविरुद्ध दमौलीबाट आन्दोलनको सुरुवात गरेपछि पार्टी सभापति सरकारको नेतृत्वमा पुगेको बताउँदै भने “त्यसरी बनेको सरकार र प्रधानमन्त्रीले देश र जनतालाई के के कुरामा सन्तुष्टी दिनसक्नु भएको छ हामीले मुल्यांकन गर्नै पर्दछ ।

पौडेलले आफ्नो शुभकामना मन्तब्यका क्रममा देउवाले न्यायलयमा गरेको सेटिङको पनि चर्चा गरे । पौडेल संस्थापना पक्षसँग लामो समयदेखी असन्तुष्ट छन भने आफ्नै पक्षसँग समेत त्यती खुलस्त छैनन् ।

एउटा पनि राजेन्द्र लिङ्देन छैन र कांग्रेसमा ?

https://nepalplus.com/2021/12/11969.html

तर यतिबेला पौडेल समुहको छलफल चलिरहेको बताइको छ । शुक्रबार बिहान उद्घाटन सत्र शुरु हुनै लाग्दा समेत रामचन्द्र पौडेल सहभागी हुने नहुने अन्योल भए पछी गगन थापा लगायतका नेताहरु उनकै घरमा पुगेर भेटघाट गरेका थिए । आफ्नै निवासमा युवा पुस्तकका नेताहरुसँगको छलफल पछी मात्र उनी कार्यक्रममा सहभागी बनेका थिए ।

अहिले पौडेल पक्षका शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरुको छलफल चलेको छ । सो छलफलमा अर्का युवा नेता विश्वप्रकाश शर्मा समेत सहभागि छन । पौडेल पक्षिय एक जना नेताका अनुसार यो समुहबाट सायद महामन्त्रीको अर्को उम्मेद्वारको रुपमा विश्व प्रकाश शर्माको प्रवेश हुन सक्दछ ।

बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत र एन पी साउदले महामन्त्रीमा आफ्नो उम्मेद्बारी घोषणा गरेपछी यसको ब्यवस्थापन गर्न देउवालाई कठिनाई परेको छ । यदी विश्व प्रकाश शर्मा सहित पाँचै जना आकांक्षी मध्ये कुनै दुईलाई रोज्नु पर्‍यो भने पक्कै पनि शर्मा देउवाको पहिलो रोजाईमा पर्ने थिएनन् । यो बुझेका शर्माले पौडेल समुह सँग समेत छलफल अगाडि बढाएका छन ।

कार्यक्रममा बोलेका अधिकांश पदाधिकारीहरुले कुनै न कुनै रुपमा आफ्ना पक्षका उम्मेद्वारलाई जिताउन वा भोट दिन आग्रह गरेको स्पष्ट बुझिन्थ्यो । लामो समयको अन्तराल पछी पहिलो पटक मन्चमा देखिएका बिजय कुमार गच्छद्दारले कृष्ण प्रसाद सिटौलाको खुलेर तारिफ गरे । खास गरेर दुई ध्रुवका देखिने यि नेताहरु अधिवेशनको मुखैमा एउटा स्वर हुनुका पछाडि दुईवटा कारण छन । पहिलो गच्छद्दारले देउवाको साथ छोडेका हुनसक्छन र उनी सिटौलाको समुहमा पुगेका हुन सक्दछन । अर्को गच्छद्दारको प्रस्तुती पछाडि देउवाको कुनै नयाँँ खेल हुन सक्दछ जसका कारण सिटौला समुहले सभापतिमा देउवालाई समर्थन गर्ने छ ।

तर सिटौलाको मन्तब्य भने देउवाको पक्षमा देखिएन । उनले फेरी पनि भने “नेपाली कांग्रेसको अबको बाटो युवाले देखाउने छन । लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्न जरुरी छ र पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको छ । अब छोराछोरीहरूको पालो हो । युवाहरूको पालो हो । मैले हिजै भनिसकेको छु । आज पनि भन्छु, युवाहरूले पार्टीको नेतृत्व गर्नुहुनेछ ।”

सिटौलाले अहिलेसम्म खुलेर कुनै पनि पक्षलाई समर्थन गरिसकेका छैनन् । उनी प्रती देउवा-पौडेल दुबै समुहले उत्तिकै आशा बाँधेको छ भने उद्घाटन सत्रमा आएका उनका अभिब्यक्तिले देउवा पक्षलाई थोरै त्रास बढाइदिएको छ । निर्वाचनको पूर्वानुमान कस्तो छ भने सिटौलाको समर्थन पाउने समुहले खास गरेर सभापती पदमा पहिलो पटकमै निर्वाचन जित्ने बलियो सम्भावना छ ।

त्यसो त, सिटौला पक्षका एक जना नेताको भनाइमा विहिवार बिहान मात्र उनले देउवा र प्रकाशमान सिंहसँग अलग अलग फोन वार्ता गरेका थिए । देउवा पक्ष सिटौलाको समर्थन पाउने कुरामा ढुक्क देखिए पनि देउवा आफैं भने ढुक्क छैनन् ।

देउवाले उद्घाटन कार्यक्रममा प्रतिनिधिहरुसँग आफूलाई भोट माग्दै भने- “प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि आपसी मनमुटावबाट मुक्त हुनुपर्दछ ।”

आन्तरिक निर्वाचनमा अब आउने चुनावमा असर गर्न नहुने भन्दै देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई एक पल्ट जिताइदिनुस्, देश बनाउने जिम्मा मेरो भयो ।”

उनले आफ्नो सरकार बनेसँगै सबैले ओली शासनबाट मुक्ति पाएको महसूस गरेको बताउँदै भने- “जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डर त्रास थियो ? म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाए जस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।”

निकै छोटो मन्तब्य दिएका देउवाले बोल्ने क्रमममा वरिष्ठ नेता रामचन्द्र पौडेललाई कटाक्ष गर्न भने विर्सेनन । उनले भने “काठमाडौंमा जाडो बढेको छ । रामचन्द्रजीलाई जाडो भयो बोल्न सक्नु भएन ।”

कार्यक्रममा देउवाले आफूलाई भोट मागेको बिषयलाई कतिपय नेता कार्यकर्ताले अस्वाभाविक भनेका छन् । पौडेल पक्षिय एक जना नेता भन्छन- “सबै भन्दा धेरै समय यो देशको जिम्मा पार्टीले उहाँलाई नै दिएको हो । खोइ त देश बनेको । अनी पाँच वर्ष पार्टीको जिम्मेवारी लिएर के गर्नु भयो ? पार्टीलाई ईतिहासमै कमजोर बनाउनु भयो ।

संवन्धित समाचार

को बन्ला कांग्रेस सभापती ? कुन गुटको अवस्था कस्तो ?

तपाइँको प्रतिक्रिया