शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए विवाद मिलाईदिन महतोसमक्ष परराष्ट्र मन्त्रीको आग्रह

नेपालप्लस संवाददाता२०७८ मंसिर २४ गते २०:०२

गैर आवाशिय नेपाली संघको निर्वाचन नजिकिँदै गर्दा बढेको विवाद मिलाईदिन परराष्ट्र मन्त्री डा. नारायण खड्काले एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो समक्ष आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काले ‘उपेन्द्रजी यो विवादका बारेमा मैले बल्ल बुझें । यो विवादलाई तपाईलेनै मिलाउन सक्नुहुन्छ, मिलाउनुस्’ भन्दै फोन गरेका थिए ।

स्रोतका अनुसार डा. नरायण खड्का यो विवादमा थप मुछिन चाहेका छैनन् ।

यसबारेमा नेपालप्लसले एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसित सम्पर्क गरेको थियो । उनले भने “मलाई परराष्ट्र मन्त्रीले फोन गर्नुभएको छैन । थप कुरा भोलि गरौंला ।”

तपाइँको प्रतिक्रिया