शुक्रबार, वैशाख १४, २०८१

प्रवाशको प्रतिनिधित्व गर्दै कांग्रेस केन्द्रिय सदस्यमा हरिबोलको उमेदवारी

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २५ गते १३:४०

नेपाली कांग्रेस अहिले नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । बिभिन्न पदका आकांक्षीहरु यतीबेला आआफ्ना जोडघटाऊमा छन् । बिजय प्राप्तीका लागी अन्तिम बल लगाइरहेका छन् ।

लोकतन्त्रमा आस्था राख्ने बिदेशीएका नेपालीहरुले पनि नेपालको एउटा परिपक्व, ऐतिहासकि र लोकतन्त्रको पर्यावाची बनेको पार्टीको नयाँ नेतृत्व चयनलाइ उत्सकृतापुर्वक हेरिरहेका छन् ।

नेपालमा लोकतन्त्र संकट पर्दा नेपाल बाहिर बस्ने नेपालीहरुले सदैव महत्वपुर्ण भुमिका निर्वाह गरेको इतिहास छ । आर्थिक होस वा नैतीक ।

नेपाली कांग्रेसको यो ऐतिहासीक अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै गर्दा, बिदेशबाट समेत परेको बेला आर्थिक, नैतीक, बौद्धिक सहयोग जुटाउन सक्ने खालका व्यक्तिहरुलाइ केन्द्रिय तहमा ल्याउने तर्फ नेपाली कांग्रेसका प्रतिनीधीहरुले ध्यान दिनेछन भन्ने अपेक्षा बिदेशमा बस्ने नेपालीहरुले गरेका छन् ।

अहिले केन्द्रिय सदस्यमा उमेदवारी दिएकामध्ये हरिबोल भण्डारी एउटा यस्तो व्यक्ति हुन जसले केही समय अमेरिका रहँदा पनि नेपाली कांग्रेसको र खासगरी लेकतन्त्रको पक्षमा जनमत सृजना गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । नेपालमा कुनै खालका संकट पर्दा केही न केही सहयोग जुटाउन हतारीने र त्यसको नेतृत्व लिन तम्सिने भण्डारी जस्ता व्यक्तिलाइ नेपाली कांग्रेसमा अझ बढी भुमिका र जिम्मेवारी दिने हो भने उनले भविष्यमा परेको बेला लोकतन्त्रका पक्षमा दबाब र जनमत बढाउन अर्थपुर्ण भुमिका खेल्न सक्ने अपेक्षा बिदेशमा बस्ने कांग्रेसका शुभच्छुकहरुको छ ।

कांग्रेसका शुभेभ्छुकहरु भन्छन–“अमेरिकामा रहँदा पनि नेपाल, नेपाली र लोकतन्त्रकै नाम जपिरहने र नेपाली कांग्रेसको केन्द्रिय तहमा बसेर बिपीको सपना पछयाउन खोज्ने हरिबोल भण्डारी जस्ता व्यक्तिहरुलाइ नेपाली कांग्रेसले स्थान दिनु पर्छ । चाहे अमेरिकामाा होस, चाहे नेपालमा, लोकतन्त्र र सामाजीक सेवामा हरिबोलको सक्रियता प्रेरणादायक छ ।

बिदेशमा बस्ने र बसेका धेरै मान्छेहरु यस्ता छन् जसले देश त छोडे तर नेपाली कांग्रेस छोड्न सकेनन् । त्यस्ता धेरै कार्यकर्ताको कांग्रेस पार्टी भित्र ठुलो जमात छ । हरिबोल भण्डारी यि सबैका प्रतिनिधि पात्र हुन ।

त्यसो त, कांग्रेसले विदेशमा बस्ने र बसेका आफ्ना कार्यकर्ताहारुलाई पार्टीमा स्थान दिने निती अख्तियार गरेको छ । त्यसैबाट उत्साहित भएका भण्डारीले केन्द्रिय सदस्यमा उमेदवारी घोषणा गरेका छन । भन्छन- मेरो उमेदवारीले देश र परदेशमा बस्ने तमाम कार्यकर्ताको विचमा सेतुको काम गर्ने छ ।

तपाइँको प्रतिक्रिया