शनिबार, वैशाख १५, २०८१

एनआरएनए एकताको अन्तिम प्रयास जारि, आधा दर्जन बढी बिकल्पमा भित्रभित्रै बहस

नेपालप्लस संवाददाता२०७८ मंसिर २५ गते १७:०८

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को वर्तमान विवादलाई मिलाएर नेत्रित्वकालागि आधा दर्जनभन्दा बढी बिकल्पमा भित्रभित्रै ब्यापक बहस भैरहेको छ ।

यसरि नेत्रित्वका लागि साझा, सर्वसम्मत र बैकल्पिक नेत्रित्वमा केहि दिनदेखि घनिभूत छलफल भएको हो ।

छलफलमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भिम उदास, कुमार पन्त, राम प्रताप थापा, भवन भट्ट, महेश श्रेष्ठ, डा. हेमराज शर्मा, डा. बद्रि केसी, शेष घले, रबीना थापा लगायतका छन् ।

उनीहरुले अध्यक्षका प्रत्यासी डा. बद्रि केसी, कुल आचार्य र रबीना थापासित छलफल गरिरहेका छन् ।

पछिल्लो समयमा एक कार्यकालकालागि अध्यक्षका प्रत्यासी डा. बद्रि केसी, कुल आचार्य र रबीना थापा तिनै जनालाई तत्कालकालागि पछि हटाएर संस्थापक मध्येका एक राम प्रताप थापालाई सर्वसम्मत अध्यक्ष प्रस्तावसमेत गरिएको छ ।

त्यसैगरि अर्को बिकल्पमा हालसम्म महिला नेतृत्व नआएको, महिलाको पनि नेतृत्व हुनुपर्ने, उपाध्यक्षमा सबै भन्दा बढी मत लयएर बिजय भएकाले रबीना थापालाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने बहसपनि शुरु भएको छ ।

रबीनाका पक्षधरले रबीना पछिल्लो समयमा सन्तुलित रहेको, कसैको पक्षधरता नलिएको, सन्तुलित तरिकाले आफ्ना कुरा राख्ने गरेको, शिक्षित र एनआरएनए अभियानबारे गहिराईमा पुगेको भन्दै रबीनालाई बनाउनुपर्ने तर्क गरेका छन् ।

तर अर्को पक्षको भनाइ के छ भने राम प्रताप थापा पुराना र लामो समय एनआरएनएमा लाग्दापनि पदको लोभ नदेखाएको, शान्त र सन्तुलित रहेको, राम थापा सँगैका अन्य पात्रहरु केन्द्रिय अध्यक्षमा पुगिसकेकाले राम थापामाथि अन्याय भएकाले सर्वसम्मत बनाउनुपर्ने तर्क अघि सारेका छन् ।

रबीनालाई अध्यक्ष बनाउनुहुन्न भन्नेहरुलेपनि उनको समय आइनसकेको, अझै समय बाँकि रहेको र कुल आचार्य पक्ष सहमत नभएको तर्क गरेका छन् ।

त्यसैगरि अन्य बिकल्पमा, डा. बद्रि केसी र कुल आचार्यलाई एक एक वर्षकालागि अध्यक्ष पालै पालो बनाउने वा दुई जना अध्यक्ष बनाउने तेस्रो र चौथो बिकल्पपनि अघि सारेका छन् । तर यस्ता बिकल्पमा संस्थापन पक्षका धेरै अभियन्ता सहमत हुन सकेका छैनन् । उनीहरुले विधिविधान भन्दा बाहिर रहेर गरिने सहमतिले एनआरएनएलाई झनै संकटमा पार्नसक्ने तर्क गरेका छन् ।

केहिको तर्क संस्थापक मध्येका एक भिम उदासलाई अध्यक्ष बनाउने कि भन्नेपनि छ ।

यहि सहमति जुटाउने प्रयासस्वरुप मनोनयन दर्ताको मिति सारेर डिसेम्वर १५ सम्म पुर्‍याईएको छ । पछिल्लो समय परराष्ट्र मन्त्री डा. नारायण खड्कालेपनि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई विवाद मिलाइदिन आग्रह गरेका छन् । डा. महतोलेपनि अन्तिम सहमति बनाउने अन्तिम प्रयास गरिरहेका छन् ।

नेपालप्लसले शनिवार राम प्रताप थापासित गरेको प्रत्यक्ष वार्तामा पनि भित्र भित्रै सहमतिको प्रयास जारि रहेको थापाले बताए । उनले नेपालप्लससितको एकल बहसमा भनेका छन् “सहमतिको प्रयास भैरहेको छ । पूर्व अध्यक्ष, अध्यक्ष र संस्थापकहरु अन्तिम सहमतिकालागि प्रयास गरिरहनुभएको छ ।”

तपाइँको प्रतिक्रिया