मंगलबार, वैशाख ११, २०८१

शेखरका मान्छे तान्ने देउवाको कसरत, देउवा र कोइराला पक्षमा कडा भिडन्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २५ गते १४:३६

Image Credit-infokhabar

नेपाली कांग्रेसको चौधौं महाअधिवेशन अहिले काठमाडौंमा जारी छ । शुक्रवार देखि शुरु भएको अधिवेशनमा शनिवार अपरान्ह सभापतिमा शेखर कोइराला सहित शेरबहादुर देउवा, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेद्बारी दर्ता गराएका छन ।

शेखर, देउवा र प्रकाशमानले प्यानल सहित उम्मेद्बारी दर्ता गराएका छन् भने विमलेन्द्र, कल्याण गुरुङ र न्यौपानेको कुनै प्यानल छैन । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा चर्चित युवा नेता गगन थापा र मिनेन्द्र रिजाल छन् भने उपाध्यक्षमा चन्द्र भण्डारी र धनराज गुरुङ छन् । सिंह प्यानलमा महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापतिमा सुजाता कोइराला छन ।

देउवाको टिम शेखरको भन्दा कमजोर देखिएको छ । यो समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् । यि दुबै जनाको कुनैबेला कांग्रेस भित्र गतिलै प्रभाव भए पनि अहिले भने दुबै जनाको प्रभाव शुन्य छ । देउवा समुहबाट महामन्त्रीमा प्रदिप पौडेल र प्रकाश शरण महत छन । महामन्त्रीका सबै उम्मेद्वार मध्ये प्रकाश शरण महत सबै भन्दा कमजोर उम्मेद्वार हुन् । यस अघि कृष्ण प्रसाद सिटौलाले छुट्टै समुह खडागर्ने चर्चा चले पनि अन्तिम समयमा उनी देउवा खेमामा मिसिएका छन् ।

को बन्ला कांग्रेस सभापती ? कुन गुटको अवस्था कस्तो ?

प्रदिप पौडेल सिटौलाका उम्मेद्वार हुन । संस्थापन पक्ष सँगको मिलोमतो पछी पौडेल देउवाको प्यानलमा पर्न सफल भए । देउवा प्यानलबाट विगत लामो समय देखी चर्चा चलेका विश्व प्रकाश शर्मा सिटौला समुहको प्रवेश सँगै बाहिरिएर प्रकाशमान सिंह प्यानलमा पुगेका छन । शर्मा शुक्रबार राती अबेरसम्म कोइराला समुहसँग छलफलमा थिए । तरपनि उनी पर्न सकेनन र शनिवार उनी प्रकाशमान समुहमा मिसिए । शर्मा महामन्त्री पदका लागि बलिया उम्मेद्वार हुन ।

प्रकाशमान समुहमा उपसभापतीका उम्मेद्वार सुजाता कोइराला त्यति दमदार त होइनन् तर गिरिजा प्रसाद कोइरालाका नाममा पर्ने केहि मतका स्वभाविक दावेदार हुन् उनी । तर अर्को समुहबाट भएको उनको उम्मेद्बारीले कोइराला परिवार भित्र केही वर्ष अघि देखि देखिएको अन्तर्कलह उजागर गरेको छ । शेखर समुह अन्य दुई प्यानलको तुलनामा सन्तुलित छ ।

महामन्त्री र उपसभापतिका उम्मेद्वारहरु अन्यका तुलनामा शौम्य र पार्टीको तल्लो तह सम्म प्रभाव राख्ने नेताहरु छन । शेखर कोइरालाको पनि कार्यकर्ता तहमा राम्रो प्रभाव र पहुँच छ । केही समय अघि देखिनै सभापतिका लागी दावेदारी प्रस्तुत गर्दै आइरहेका शशांक कोइराला भने खुम्चिएका छन् । उनले शेखर समुहबाट खुल्ला केन्द्रिय सदस्यका लागि मनोनयन दर्ता गरेका छन ।

सशांकलाई शुक्रबार साँझ देखिनै सभापति देउवाले आफ्नो समुहमा ल्याउन निकै प्रयास गरेका थिए । देवाले आफ्ना मान्छेहरुसँग कोइरालाका लागि उपसभापतीको प्रस्ताव पठाएका थिए । तर सशांकले मानेनन् ।

संवन्धित समाचार, लेख

देउवाको चाहना आफैं सभापती, अरुको चाहना युवा नेतृत्व

को बन्ला कांग्रेस सभापती ? कुन गुटको अवस्था कस्तो ?

“पार्टीमा बसेर केहि योगदान गर्न सकिन्छ कि भनेर महामन्त्रीमा उम्मेद्बारी दिएको हुँँ” गगन थापा

तपाइँको प्रतिक्रिया

फेसबुक