बिहीबार, वैशाख ६, २०८१

नेपालका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री फूर्सदिला : भारतीय नेता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २५ गते १९:५४

नेपाली कांग्रेसको महाधिवेशन भैरहेका बेला एउटा गज्जबको भनाई राखे, भारतीय नेताले । उनले नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानमन्त्रीहरुलाई गज्जबको ब्यंग्य हाने । तर त्यो ब्यंग्य बुझ्न नसकेर हाम्रा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु भने मख्ख परे ।

शुक्रवार नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिने क्रममा भारतीय जनता पार्टीका नेता डा. हस्वन्दनले नेपालका जति धेरै पूर्व प्रधानमन्त्रीहरु एकैथलोमा संसारमा कहिंकतै नदेखेको उल्लेख गर्दा नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, माधव नेपाल, पुष्प कमल दहाल ‘प्रचण्ड’, केपी शर्मा ओली मुसुक्क मुसुक्क गरेका थिए ।

हस्वन्दनले भने ‘यति धेरै पूर्व प्रधानमन्त्री एकैथलो भेला भएको मैले भारतमा मात्रै होइन सारा संसारमै कहिंकतै देखेको थिईन ।”

हसबन्दनले प्रधानमन्त्री झनै फूर्सदिला देखेछन् । उनले भने ‘मलाई एमाले पार्टीको महाधिवेशनमापनि शुभकामना दिने अवशर जुरेको थियो । बिपक्षी पार्टीको महाधिवेशनमा प्रधानमन्त्री देउवा शुभकामना दिन ३, ४ घण्टा मञ्चमा कुरेर बस्नुभएको थियो । यस्तो सारा दुनियाँमै केहिँ हुन्न, कतै देखिन्न ।”

उनले कुनै एक दलको महाधिवेशनमा देशका सबै दलका नेता शुभकामना दिन आएको देखेर प्रशंसासमेत गरेका थिए ।

तर उनको ब्यंग्यलाई बुझ्न नसकेर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल खुब हर्षित बने । शुभकामना दिने आफ्नो पालो आएपछि दहालले भारतीय नेताको भनाईमा हर्षित हुँदै भने ‘उहाँ गैसक्नु भए जस्तो छ । उहाँले सुन्नुहोला, कसैले सुनाइदिनुहोला, एकले अर्कोलाई आवश्यक पर्दा हातेमालो गरेर प्रधानमन्त्री बनाउने संस्कारपनि नेपालका पार्टीहरुमा छ ।”

शुभकामना दिंदा हौसिंदै प्रचण्डले अझै थपे “मञ्चमा भएका प्रधानमन्त्री सबै एकले अर्कोलाई बनाएका प्रधानमन्त्री हुन् ।”

प्रचण्डले शुभकामना दिने बेलासम्म भारतीय जनता पार्टीका डा हसबन्दन र कंग्रेस आइका नेता मुकुल वासिच कार्यक्रमबाट हिंडिसकेका थिए । किनकि उनीहरु नेपालका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु जति फूर्सदिला थिएनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक