शनिबार, वैशाख ८, २०८१

विश्वका ४०,००० प्रजाति लोप हुने खतरामा

नेपालप्लस संवाददाता२०७८ मंसिर २५ गते २१:४०

जैविक विविधता संरक्षणकालागि यो राम्रो संकेत होइन । बिहीवार डिसेम्बर ९ मा प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (इुक्ण्) ले विश्व समुदायकालागि फेरि एक पटक खतराको घण्टी बजायो । लोपोन्मुख प्रजातिहरूको खतराको रातो सूची बढ्दै गएको छ ।

यो यस्तो सूचि हो जसले वनस्पति र जीवजन्तु सहित १४२,५७७ प्रजातिहरूको विकास, अवस्थालाई अनुगमन गर्दछ । यो संस्थाले पहिलो पटक ४०,००० भन्दा बढी लोपोन्मुख प्रजातिहरू पहिचान गरेको छ जसले प्रकृतिवादीहरूलाई ज्ञात प्रजातिहरूको २८ प्रतिशत प्रतिनिधित्व गर्दछ ।

तिनीहरूमध्ये भूमध्यसागरमा ह्वेल र डल्फिनका दस उप-प्रजाति संकटग्रस्त वा संख्यामा नाटकीय गिरावटको कारण “लुप्तप्राय” प्रजातिको सूचीमा राखिएको छ ।

१,००० लोपोन्मुख गाईनेकिरा प्रजाति

अझ चिन्ताको कुरा, भर्खरको आइयुसिएन मूल्याङ्कनले पहिलो पटक विश्वभर गाईने किराको संरक्षण स्थितिको विस्तृत रूपमा जाँच गर्‍यो । यो जिवमा पनि परिणाम भयावह छ । हजारौं प्रजातिहरू लोप हुने खतरामा छन् । गाईने किराका प्रजातिहरु (ड्र्यागनफ्लाइ र डेमसेल्फलाइ) हरू मरिरहेका छन् । ति सिमसार मासिनुको शिकार भैरहेका छन् । कम्तिमा हरेक ६ वटाका एक प्रजातिहरू लोप हुने जोखिममा छन् ।

“यसरी संसारमा गाईनेकिराहरुको क्षतिलाई उच्च महत्व दिएर रातो सूचीले सिमसार क्षेत्र र उनीहरूलाई आश्रय दिने समृद्ध जैविक विविधतालाई जोगाउन तत्काल आवश्यकता औंल्याएको छ” आइयुसिएनका महानिर्देशक ब्रुनो ओबरले विज्ञप्तीमा भनेका छन् “यी पारिस्थितिक प्रणालीहरू संसारभरका वनहरू भन्दा तीन गुणा छिटो लोप हुँदैछन् ।”

सन् २०१८ मा प्रकाशित रामसार महासन्धिको प्रतिवेदन अनुसार सन् १९७० देखि २०१५ को बीचमा विश्वका ३५ प्रतिशत सिमसार क्षेत्रहरू (ताल, नदी, दलदल वा तटीय वा सामुद्रिक क्षेत्र) हरू लोप भएका छन् ।

“यी सुन्दर कीराहरूको संरक्षण गर्नको लागि, सरकार, कृषि र उद्योगहरूले विकास परियोजनाहरू बनाउने क्रममा सिमसार र पारिस्थितिकिय प्रणालीको संरक्षणलाई विचार गर्न आवश्यक छ । उदाहरणका लागि, मुख्य बासस्थानको संरक्षण गरेर र शहरी सिमसारमा ठाउँ छुट्याएर त्यो योजना सफल पार्न सकिन्छ” आई युसिएनका प्रजातिहरुको जिवन रक्षा आयोजका उपाध्यक्ष भियोला क्लनिट्जर भन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक