सोमबार, माघ १०, २०७८

कांग्रेस हार्ने चुनाव

इन्द्र बहादुर क्षेत्री२०७८ मंसिर २६ गते १२:५०

इन्द्र बहादुर क्षेत्री

नेपालमा नेपाली कांग्रेसले नेतृत्व चयनको सन्दर्भमा सम्पुर्ण रूपले आम चुनावको झझल्को दिने गरि गर्ने गरेका स्टेरियो टाइप निर्वाचनहरू कांग्रेस हार्नुका प्रमूख कारण हुन् । कांग्रेस हार्ने चुनावको मञ्चन कांग्रेसले किन गर्दछ ? सयकडा ५० कांग्रेस अहिले हार्दछन् । तिनैले आउने राज्यका चुनावमा सयकडा २५ कांग्रेसलाइ हराउँछन् ।

मूलतः एकदलीय व्यवस्थामा गरिने यो अभ्यास बहूदल र बहूलवादमा विश्वास गर्ने नेपाली कांग्रेसले किन अपनायो होला ? यो प्रणाली प्रति कांग्रेस पंक्ति कसरि सहमत भए होला ? यो खुल्दुली अरूलाइ नलागे पनि यो पंक्तिकारलाई लागेको छ ।

कांग्रेसले स्थापनाको शुरूवाति अधिवेशनहरूबाट नै यो प्रणालीलाइ निर्विवाद रूपमा अपनाएको छ । साम्यवादी दलहरूबाट सिक्यो कि भनौँ भने उनिहरूभन्दा पहिला यस्तो अभ्यास कांग्रेसले नै गरेको छ । भारतबाट सिक्यो कि भनौँ भने भारतका मूख्य दलहरूमा अहिले पनि यो अभ्यास छैन । प्रतिनीधिमूलक एकदलीय शासन व्यवस्थामा यो पद्दति अभ्यासमा हुन्छ । कम्युनिष्ट वा सो चरित्रका पार्टीहरूमा तृणमूल तहदेखि नै यो अभ्यासलाइ आधारको रूपमा लिइन्छ । पार्टीको सदस्यताको लागि अत्यन्त कडा मापदण्ड अपनाइन्छ ।

करीब करीब सैन्य मापदण्ड भन्दा पनि कडा प्रकृया पूरा गरि वा नेपालको लोकसेवा आयोगको परिक्षा पास गरे जसरि बनेका सदस्यहरूको सहभागितामा आधारभूत तहमा जनवाद अभ्यास (सेलेक्सन वा इलेक्सन) गरिन्छ । यसैगरि तहगत रूपमा राज्यको केन्द्रीय स्तरसम्म यो कार्यभार सम्पन्न गरिन्छ । यसरि जनवादी अभ्यासबाट निर्वाचित नेतृत्वहरूले नै राज्यका तत् तत् निकायहरूको आगामी नेतृत्व गर्दछन् । राज्यले कुनै अर्को निर्वाचन गर्न पर्दैन । यसका मोडालिटीहरूमा देशपरिवेश अनुसार कमोबेश फरक हुन सक्दछ ।

हाल चीन्,भियतनाम,उत्तर कोरिया जस्ता साम्यवादी शासन व्यवस्था कायम रहेका मूलुकहरूमा यो अभ्यास गरिन्छ । विगतमा कम्युनिष्ट शासन व्यवस्था रहेका सबै देश,हीटलरको नाजी पार्टी,नेपालको पञ्चायति व्यवस्था, इराकको बाथ पार्टी,कर्णेल गद्दाफिको समाजवादी पार्टी, याशेर आराफातको पी एल ओ इत्यादि यसका उदाहरण हुन् ।

साधारणतया संसदीय व्यवस्था अभ्यास गरिरहेका मुलुकका पार्टीहरूमा यस प्रकारको अभ्यास गरिँदैन । वेष्ट मिन्सटर शैलीका संसदीय व्यवस्था रहेका देशहरूमा राजनैतिका पार्टीहरूको नेतृत्वको निर्धारण त्यस देशको प्रतिनीधि सभाको लागि हुने आम निर्वाचनले गर्दछ । एक्जिस्टीङ सेण्ट्रल स्टेयरिङले निर्वाचनको नेता नियुक्त गर्दछ । उसैको कमाण्डमा सदस्यता वितरण, पार्टीको तहगत नेतृत्व चयन र निर्वाचन अभियान सञ्चालन गरिन्छ । यहाँ सदस्यता भन्नु नै आम मतदाता हुन्छन् । साधारण तया निर्वाचनको विजयमा उसैले देशको नेतृत्व गर्दछ र पराजय भएमा तत्काल राजिनामा गर्दछ । पार्टीको संसदीय दल प्रमूख हुन्छ र मातृ पार्टीसँग खासै सरोकार हुँदैन । कतिपय संविधानमा त पार्टीको व्यवस्थै हुँदैन, खालि संसदीय दल मात्र हुन्छ ।

सामान्यतया पार्टीको नेतृत्व छनौट इलेक्सनका आधारमा होइन कि छनौटको आधारमा हुन्छ । भारत,पाकिस्तान,बङगलादेश लगायतका देशमा पारिवारिक नेतृत्व अविच्छिन्न रहनुको कारण पनि यहि हो । र देशको कुनै पनि निर्वाचनमा हार हुने बित्तिकै सम्वन्धित नेतृत्वले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्दछ ।

समानुपातिक निर्वाचन प्रणाली अपनाएका देशहरूमा भने आम मतदाताले नै पार्टीहरूको नेतृत्व चयन गर्दछन । पार्टीहरूले निर्वाचनमा आ-आफ्नो खुल्ला सूची प्रकाशित गर्दछन जसमा पद अनुसारको मर्यादाक्रम स्पष्ट खुलेको हुन्छ । त्यस सूचीमा तलमाथि गर्नुपरेमा मतदातालाइ अधिकार हुन्छ । पार्टीको सूचीमा मतदान गर्ने वा तलमाथि गर्ने भन्ने दुइ विकल्प हुन्छन् । सूचीमा मतदान गरेमा त्यहि अनुसार र ब्यक्तिलाइ रोजेमा त्यसै आधारमा पार्टीको नेतृत्व पनि परिवर्तन हुन सक्दछ । यस प्रणालीमा निर्वाचन हारेकोमा नेतृत्वले नैतिकता देखाउनुपर्दैन ।

नेपालको प्रणाली मिश्रित हो । यहाँ संविधानमा नै राजनैतिक दल र संसदीय दलको समानान्तर व्यवस्था छ । सबै कुरा कानूनले निर्धारण गरेको छ । खुल्ला निर्वाचन र समानुपातिकको योगलाइ निर्वाचन परिणाम मानिएको छ । प्रत्यक्ष चुनावमा थोरै स्थान जितेको पार्टीले पनि चुनाव जित्न सक्दछ ।

गएको निर्वाचनमा प्रत्येक्ष तर्फ १६५ मध्ये कांग्रेसले जम्मा २३ स्थान जितेको थियो । तर तिनै २३ स्थानमा प्राप्त मत अन्य दलको भन्दा बढी थियो । त्यसै गरि प्रत्यक्षमा २३ जिते पनि समानुपातिकमा भने प्रत्यक्षमा ८० सीट जित्ने एमालेको भन्दा मात्र १ सीट कम थियो । यस्तो अवस्थामा पार्टीले चुनाव जित्यो कि हार्यो भन्ने कुरा सैद्धान्तिक रूपले स्पष्टै भएन । त्यसो हुँदा-नैतिकताको आधारमा सभापतिले राजिनामा दिने कुरा भएन । पार्टीको आम निर्वाचनबाट नेतृत्वमा स्थापित भएको ब्यक्तिले अर्को आम निर्वाचन हार्दैमा राजिनामा दिने भन्ने कुरा पनि मिलेन । त्यसै कारण शेर बहादुर देउवा सफल र असफल भन्ने दन्तबजान सकिने भएन । नेपाली कांग्रेसले कम्तिमा पनि किशुनजीको विधानलाइ पुनर्जीवित गर्यो भने पनि ठूलै कुरा मान्नु पर्ने छ ।

संवन्धित समाचार, लेख

शेखरका मान्छे तान्ने देउवाको कसरत, देउवा र कोइराला पक्षमा कडा भिडन्त

देउवाको चाहना आफैं सभापती, अरुको चाहना युवा नेतृत्व

को बन्ला कांग्रेस सभापती ? कुन गुटको अवस्था कस्तो ?

“पार्टीमा बसेर केहि योगदान गर्न सकिन्छ कि भनेर महामन्त्रीमा उम्मेद्बारी दिएको हुँँ” गगन थापा

तपाइँको प्रतिक्रिया

फेसबुक