शुक्रबार, वैशाख ७, २०८१

‘ओमिक्रोनले बेलायतमा हजारौंको मृत्यु हुन सक्छ’ अध्ययन

नेपालप्लस संवाददाता / बेलायत२०७८ मंसिर २६ गते २१:२१

यदि भाइरस प्रतिबन्धहरू थप लागू नगरिएमा ओमिक्रोन भेरियन्टले अप्रिलको अन्त्यसम्म बेलायतमा दशौं हजारको मृत्यु निम्त्याउन सक्ने नयाँ अध्ययनले देखाएको छ ।

अन्वेषकहरूले ओमिक्रोन नामको नयाँ संस्करण धेरै फैलिनसक्ने अनुमान गरेका छन् । उनीहरुले यदि कोरोना भाईरस नियन्त्रणका थप सुरक्षाहरु नअपनाएमा ३० अप्रिल २०२२ सम्ममा बेलायतमा २४,००० ब्यक्तिको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् । एकदमै खराब स्थिति उत्पन्न भएमा ७५,००० को मृत्यु हुन सक्ने औंल्याएका छन् ।

“हामीले सबैभन्दा आशा गरेको परिदृश्य के छ भने २०२२ को प्रारम्भिक चरणमा ओमिक्रोनको प्रभाव कार्यालयमा नगएर घरबाट काम गर्ने जस्ता हल्का नियन्त्रण उपायहरूलेपनि कम गर्नेछ” अनुसन्धानको सह-नेतृत्व गर्ने लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनकी डा. रोसाना बर्नार्डले भनेकि छन् ।

“यद्यपि, हाम्रो सबैभन्दा निराशावादी परिदृश्यले के सुझाव दिन्छ भने राष्ट्रिय स्वास्थ्य सेवा (नेशनल हेल्थ सेर्भिस) लाई अत्यन्त भार नपर्ने सुनिश्चित गर्न थप कडा प्रतिबन्धहरू सहनुपर्ने हुनसक्छ । मास्क लगाउने, सामाजिक दूरी र बूस्टर ज्याबहरू लगाउनु महत्त्वपूर्ण छ । तर त्यत्तिले पर्याप्त नहुन सक्छ” बर्नार्डले एक विज्ञप्ति मार्फत् भनेकि छन् ।

अध्ययन टोलीले ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट भन्दा ३५ प्रतिशत बढी प्रशारण हुने अनुमान गरेको छ ।

डेल्टा भेरियन्ट हाल युरोपभरि फैलिएको छ र यसले महाद्वीपमा निकै तनाव निम्त्याएको छ ।

ओमिक्रोन भेरियन्टको फैलावट रोक्न बेलायतमा नयाँ प्रतिबन्ध लगाउने तयारि

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन लाई गत महिना “चिन्तायोग्य उत्परिवर्तित” को रूपमा वर्गीकृत गरेको छ । किनभने यसको ठूलो संख्यामा उत्परिवर्तन (थरि थरिका स्वरुप) हरू छन् ।

युके हेल्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सम्पर्कको अध्ययन गर्दा डेल्टा भेरियन्ट भन्दा बढी प्रभावकारी रूपमा प्रसारण भैरहेको देखाएको छ ।

डिसेम्वरको मध्यसम्ममा सबै भाईरका उत्परिवर्तित रुप मध्ये यो ५० प्रतिशत भन्दा बढी फैलिनसक्ने बताएका छन् । अर्थात् अन्य परिवर्तित रुप मध्ये ५० प्रतिशत यहि भेरियन्टले ओगट्नसक्ने अनुमान गरेका छन् ।

“यी प्रारम्भिक अनुमानहरू हुन् । तर अध्ययनले के सुझाव दिएका छन् भने समग्र ओमिक्रोनले पर्याप्त मात्रामा खोपहरूलाई निस्क्रिय पारेर डेल्टालाई द्रुत रूपमा पराजित गर्दैछ” बेलायतको संक्रामक रोगहरूको गणितीय मोडलिङ स्कूलका डा. निक डेभिसले भनेका छन् ।

मोडेलरहरूद्वारा गरिएको अनुसन्धानलाई यस क्षेत्रका अन्य विशेषज्ञहरूले अझै समीक्षा गरिनसकेको युरोन्युजले उल्लेख गरेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले यो हप्तादेखि लागू हुनेगरि भाइरस नियन्त्रणकालागि धेरै उपायहरू घोषणा गरेका छन् । नाइटक्लब र ठूला कार्यक्रमहरूमा भाग लिन खोप प्रमाणपत्र देखाउनुपर्ने बनाइएको छ ।

सरकारले सोमबारदेखि कार्यालयको काम घरबाट गर्न निर्देशन पनि पुन: लागू गर्नेछ ।

यदि यो भन्दा बढि कुनै थप उपायहरू लागू गरिएन भने अझै पनि दैनिक २,००० कोरोनाका विरामी अस्पताल भर्ना हुनसक्ने अनुसन्धानकर्ताहरूले शनिबार बताएका छन् ।

संवन्धित समाचार / लेख

ओमिक्रोन भेरियन्टको फैलावट रोक्न बेलायतमा नयाँ प्रतिबन्ध लगाउने तयारि

कोरोनाको नयाँ रुप ओमिक्रोन : महामारी पुस्तकको अर्को अध्याय

अनिवार्य खोप निति लागू गर्न ईयु आयोग प्रमुखको आग्रह

तपाइँको प्रतिक्रिया

फेसबुक