शुक्रबार, वैशाख १४, २०८१

कोरोना भाईरस नियन्त्रणका उपायहरुको बिरोध गर्दै अष्ट्रियामा दशौं हजारको प्रदर्शन

नेपालप्लस संवाददाता२०७८ मंसिर २६ गते २३:१६

Image Credit-cgtn.com

अष्ट्रियाको राजधानी भियनामा कोरोना खोप नपाएकाहरूलाई बिभिन्न ठाउँमा लगाईएको प्रवेश निषेध र तालाबन्दीको बिरूद्ध दशौं हजार मानिसहरूले आइतवार प्रदर्शन गरेका छन् ।

“फ्रीडम पार्टी अफ अस्ट्रिया” ले आह्वान गरेको प्रदर्शनीमा करिब ४४,००० मानिस सहभागी भएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ।

देशको चौथो पटकको राष्ट्रिय तालाबन्दी आइतवार समाप्त भएको छ । तर खोप नलगाएका मानिसहरूका लागि प्रतिबन्धहरू यथावत रहनेछन् ।

स्पेनमा पनि हजारौं मानिसहरूले शनिबार राजधानी म्याड्रिडको केन्द्र भागमा शान्तिपूर्ण र्‍याली निकालेका थिए जसमा सरकारले अपनाएको कोरोना भाइरस प्रतिको दृष्टिकोण र रोकथामका उपायको विरोध गरिएको थियो ।

प्रदर्शनकारीहरूले प्रहरि भ्यानहरू सँगसँगै “नक्कली महामारी मुर्दावाद” र “म खोप लगाउँदिन” लेखिएको ब्यानरहरू बोकेका थिए ।

शनिवार स्पेनकै क्याटालोनियामा यस्तै दृश्यहरू देखिएको थियो जहाँ हजारौं मानिस बार्सिलोनाको सडकमा ओर्लिएर कोरोना पास बिरुद्द नारावाजि गर्दै प्रदर्द्शनी गरेका थिए ।

स्पेनमा खोपका लागि योग्य भएका झन्डै ९० प्रतिशत मानिसहरूले दुई डोज लगाएको युरो न्युजले उल्लेख गरेको छ ।

केही दिनअघि नेदरल्याण्ड्समा यस्तै प्रदर्शन हिंसात्मक बनेपछि र्‍यालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाइँको प्रतिक्रिया