बुधबार, वैशाख १२, २०८१

ॐ जप्दा तनाव र चिन्ता कम

नेपालप्लस संवाददाता२०७८ मंसिर २७ गते १५:५१

ॐ, ध्यान र योग अभ्यासहरूमा बोलिने शब्द लगभग ५,००० वर्षदेखि प्रचलनमा छ । के यो शब्द जप गर्दा साँच्चै धेरै स्वास्थ्य लाभ पाउन सकिन्छ ?

योग गर्ने बेलापनि ॐ शब्द खुब जपिन्छ । यो कहिलेकाहीँ योग वा ध्यान, गायत्री मन्त्र वा अन्य झारफुकका मन्त्र फलाक्दापनि अभ्यासको सुरु वा अन्त्यमा तीन पटक जप गरिन्छ ।

यद्यपि यो सानो शब्द जस्तो लाग्न सक्छ, ॐ शब्दको जराहरू छन् जुन संसारको उत्पत्तिमै पत्तालगाइएको बताइन्छ । र ५,००० वर्ष पहिलेको हिन्दू धर्मग्रन्थहरूमा फेला पार्न सकिन्छ । योगलाई आधारभूत प्रतीकको रूपमा समयसँगै ढालिएको पनि हो । अध्ययनहरूले देखाउँछन्, ॐ जपले ठूलो स्वास्थ्य लाभ प्रदान गर्न, तनाव र चिन्ता कम गर्न सक्छ ।

ॐ भनेको के ?

हिन्दू धर्ममा यसको जरासँग जोडिएको ॐ एक पुरातन मन्त्र हो जुन ऋषिहरुले विश्वव्यापी सृष्टिको आवाजमा विश्वास गर्दछन् । ॐको शाब्दिक अनुवाद “सबै कुरा र सबैजना” भन्ने हो । ॐले सम्पूर्ण संसार र यसको सबै आवाजहरू प्रतिनिधित्व गर्दछ।

सही रूपमा उच्चारण गर्दा ॐ मा चार शब्दखण्ड (सिलेबल) छन् । र उच्चारण गर्दा अंग्रेजी अक्षर ए यु र एम जस्तो देखिन्छ । तर खासमा ओ र एम मध्ये ओलाई अलि लामो तानेर ॐ उच्चारण गरिन्छ । जप गर्दा ॐ ४३२ हर्ज को फ्रिक्वेन्सीमा कम्पन हुन्छ । उही कम्पन आवृत्ति प्रकृतिका सबै चीजहरूमा पाइन्छ ।

ॐ जप गर्ने अभ्यासलाई विभिन्न समूहहरूले ग्रहण गरेका थिए । योगीको क्लासिक पाठ आत्मकथाका लेखक परमहंस योगानन्दका अनुसार “वेदको ॐ वा ओएम (OM) तिब्बतीहरूको पवित्र शब्द हुम, मुस्लिमहरूको अमिन र इजिप्टियन, ग्रीक, रोमी, यहूदी र इसाईहरूको आमेन बन्यो । कालान्तरमा, ॐ योग अभ्यासको प्रतीक पनि बन्यो ।

ॐ को विज्ञान

ओएम (OM) शब्द प्रयोग गरेर ध्यान अभ्यास गर्दा हुने शारीरिक र मनोवैज्ञानिक प्रभावहरूमा धेरै अध्ययनहरू भएका छन् । परम्परागत रूपमा जसले ॐलाई बुझ्छ उ परमात्मामा विलीन हुन्छ भन्ने विश्वास गरिन्छ । ध्यानको बेला, ध्यान गर्नेहरू सामान्यतया ॐ को चित्रमा ध्यान केन्द्रित गर्छन् र त्यसपछि मानसिक रूपमा ॐ जप्छन्।

“वैज्ञानिक रूपमा ओएम एक आक्षरिक उच्चारण (मोनोसिलेबल) हो, जसले श्वासप्रश्वासलाई ढिलो गर्न र यसलाई जप गर्दा लामो समयसम्म सास फेर्न मद्दत गर्दछ” भारतको हरिद्वारमा रहेको पतञ्जली रिसर्च फाउन्डेसनका न्यूरोफिजियोलोजिस्ट र निर्देशक शर्ली टेल्स भन्छन् ।

टेल्सले सन् १९९८ मा प्रकाशित एक अध्ययन सञ्चालन गर्न मद्दत गरे जसले मानसिक रूपमा दुई अक्षर दोहोर्याउँदा स्वायत्त परिवर्तनहरू मापन गर्यो, एउटा अर्थपूर्ण र अर्को तटस्थ । अध्ययनले ॐ लाई यसको अर्थपूर्ण प्रतीकको रूपमा छनोट गर्‍यो ।

परिणामहरूले के देखाएभने शब्दको महत्त्वको कारणले सहभागीहरूले ध्यान केन्द्रिय हुन वृद्धि, ढिलो र लयबद्ध सास फेर्ने, साथै मस्तिष्कको बाहिरि भागबाट सोच्ने तरिका (कोर्टेक्स) को राम्रो आवाज आएको अनुभव गरे ।

इन्टरनेशनल जर्नल अफ योगामा प्रकाशित ॐ बारे अर्को वैज्ञानिक अध्ययनका अनुसार “ओएम मन्त्रले अथक प्रयास र ध्यान केन्द्रित गर्ने अवस्था ल्याउने बताएको छ । र यो आनन्दित पार्ने जागरूकताको विशेषता हो ।” अध्ययनले यो शब्दमा एक मस्तिस्कलाई सजग पार्ने एक संयोजन भएको पनि सुझाव दिएको छ । ध्यानको अभ्यास गर्दा ॐ उच्चारण गर्ने क्रममा शारीरिक आरामको साथसाथै मानसिक सतर्कतापनि गराइदिन्छ ।

तनाव र चिन्ता

त्यसोभए ॐ ले हामीलाई कसरी शान्त महसुस गराउँछ ? छोटकरीमा, वैज्ञानिक अध्ययनहरूले के देखाएको छ भने जब हामी ॐ जप गर्छौं त्योबेला मस्तिष्क भित्र अल्फा लहर उत्पन्न हुन्छ । यो लहरले शान्ती उत्पन्न गर्छ । किनकी ॐ लाई ब्रह्माण्डको आधारभूत ध्वनीको रूपमा मान्यता दिइएको छ ।

यसलाई प्रतीकात्मक र भौतिक रूपमा जप गर्दा हामीलाई त्यो ध्वनीमा जोड्छ र संसार र ब्रह्माण्डका सबै चीजहरूसँग हाम्रो सम्बन्धलाई स्वीकार गर्दछ । लयबद्ध उच्चारण र कम्पनहरूले शरीर र स्नायु प्रणालीमा शान्त प्रभाव पार्छ । यसले शरिरमा रक्तचाप कम गर्छ र हृदयको स्वास्थता बढाउँछ ।

टेल्स भन्छन् “तनावका शारीरिक लक्षणहरू कम गर्नुका साथै ओएम जप गर्नु पनि एक उपचारात्मक विधि हुनसक्छ र यसमा धेरै व्यक्तिहरू संलग्न हुन चाहन्छन् । कम्प्युटर विज्ञान र नेटवर्क सुरक्षाको अन्तर्राष्ट्रिय जर्नल ‘इन्टरनेशनल जर्नल अफ कम्प्युटर साईन्स एन्ड नेटवर्क सेक्युरिटी’ मा सन् २००८ मा प्रकाशित एउटा आलेखमा ओएम उच्चारण गर्दा कसरी स्थिरता पैदा गर्छ भन्ने बारेमा अन्वेषण गरेको थियो । ॐ जप गरेर मनशान्ति, मनको स्थिरता प्राप्त गर्न सकिन्छ भन्ने उल्लेख छ ।

अध्ययनले सामान्य व्यक्तिले ॐ जप गरेको देखाएको छ र केही दिनको अभ्यासपछि ॐ जप गर्ने व्यक्तिसँग तुलना गरिएको छ । अध्ययनले निष्कर्ष निकालेको छ “सामान्य मानिसहरूको दिमागमा सुरुमा स्थिरता नहुने भएपनि, ॐ जप गर्ने बारम्बारको अभ्यासले तनावग्रस्त व्यक्तिहरूको दिमाग केहि दिन वा हप्ताहरूमा स्थिरतामा पुग्न सक्छ ।”

“उच्च तनाव भएका वृद्ध महिलाहरूमा खिन्नता, निराशा, निरुत्साहन, चिन्ता, तनाव र अनुभूतिमा ओएम जपका लाभकारी प्रभावहरू अन्वेषण गर्ने अनुसन्धान लेखमा यस्तै परिणामहरू फेला परेका थिए ।

अध्ययनको नतिजाले छ महिनासम्म नियमित ॐ जप्नाले मुटुको दबाब, धड्कन, नाडीको धड्कन, निराशा, खिन्नता, उदासिनता, चिन्ता र तनावमा उल्लेखनीय सुधार गरेको देखाएको छ ।

त्यसैले ॐको एकल जपले तपाईलाई तनाव र चिन्ता कम नगर्न सक्छ । तर सही तरिका पुर्‍याएर दोहोर्याइएको अभ्यासले ठूलो फाइदा पुर्‍याउने देखिन्छ ।

तपाइँको प्रतिक्रिया