शुक्रबार, वैशाख १४, २०८१

‘डम्पिङ साईट’ जस्तो महाधिवेशन स्थल, मतपत्रकै लागि घण्टौं लाईन

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २७ गते १८:४०

नेपाली कांग्रेसको भृकुटी मण्डपमा भैरहेको महाधिवेशन क्षेत्र डम्पिङ साईट जस्तै देखिएको छ । कांग्रेस कार्यकर्ता, प्रतिनिधिले प्रचार सामाग्रि, पोस्टर र प्लेकार्डहरु जहाँ पायो त्यहिं मिल्काएर डम्पिङ साईट जस्तै बनाएका छन् ।

त्यहाँ न त फोहोर गर्नेहरुले सफा गर्नुपर्छ भन्ने हेक्का राखेका छन् नत निर्वाचन तयारि समिति, पार्टीलेनै ध्यान दिएको छ । न नेताहरुकै ध्यान पुगेको छ ।

महाधिवेशन क्षेत्रभरि कागजका टुक्रा, प्लेकार्ड बनाएर घोंचा, खान्ना पोको पारेका प्लास्टिकले डम्पिङ साईट जस्तै बनेको छ । कार्यकर्ता त्यसमा कुल्चँदै हिंडेका छन् । तर वास्ता कसैअलैइ छैन ।

तर देशको मुहार फेर्ने निति र नेत्रित्व चुन्ने भनिएको महाधिवेशनमा आएका प्रतिनिधिले त्यसमा बेवास्ता गरेका छन् ।

अत्यन्त फितलो देखिएको ब्यवस्थापन पक्षको यो मनपरि देखेर कांग्रेसकै केहि कार्यकर्तापनि रुष्ट बनेका छन् ।

नेपाली कांग्रेसको प्रतिनिधि बनेर स्पेनबाट महाधिवेशनकालागि गएका चिन्तामणी सापकोटाले आफ्नो फेसबूकमा लेखेका छन् “बाटोभरी कागजको फोहोर छ, फाल्ने मात्र छन सफा गर्ने छैनन् ।”

त्यसैगरि यो फोहोरको डंगुर देखेर नेपाली बैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठलेपनि बिरोध गरेका छन् । श्रेष्ठले ‘चुनावमा देखिन छाेडेका अनावश्यक फ्लेक्स प्रिन्ट, झन्डा, पम्प्लेट, व्यानर, प्लाष्टिकका मत पेटिका जस्ता केहि घन्टामै फाेहर बन्ने चिजविज थुपारेरपनि ‘महा’ अधिवेशन हुन्छ र कांग्रेस ?’ भन्ने प्रश्न गरेका छन् ।

उनले थप भनेका छन् “महाधिवेशन प्रतिनिधीहरू पनि नेता नै हुन् । उनीहरूकाे निर्णयलाइ यस्ता सामाग्रीले कति असर पार्ला ? आफ्नाे चुनाव चिन्ह रूखकाे सत्यानाश ।”

फितलो ब्यवस्थापन

कांग्रेस महाधिवेशनमा बिदेशी पासपोर्ट लिएर बसेका नेपालीहरुमध्ये केहिलाई मतदान गर्नबाट रोकिएको छ भने केहिले मत दिएका छन् । प्रवाशमा बिदेशी पासपोर्ट लिएर बसेका कांग्रेस सदस्यहरुले बिधान अनुसार मत दिन पाइन्न ।

स्पेनबाट प्रतिनिधि बनेर कांग्रेस महाधिवेशनमा पुगेका चिन्तामणी सापकोटाले बिदेशी पासपोर्टधारीले मत हालेको भन्दै बिरोध जनाएका छन् । उनले भनेका छन् “नेकाको परिपत्रमा बिदेशी नागरिकले भोट हाल्न पाइनेछैन भनिएको थियो । बिधान र संविधानले पनि त्यही भन्छ । र केही साथीहरू रोकिनु भयो । तर केहिले अवसर पाउनु भयो । कसको लागि थियो त्यो परिपत्र ? ब्यक्ति विशेषको लागि ? यसरी काखा पाखा गर्नु हुन्थेन ।”

यसरि बिरोध जनाउनेहरु धेरै छन् । त्यसमध्ये बेल्जियमबाट कांग्रेस प्रतिनिधि बनेर गएकि सिता सापकोटालेनै कांग्रेस र देशकै संविधान मिचेर बिदेशी पासपोर्टधारीलाई मत हाल्न दिएको भन्दै बिरोध जनाएकि छन् । उनले भनेकि छन् “मुलुकको संविधान र पार्टीको विधानले नदिएको कुरा विदेशी नागरिकलाईपनि भोट हाल्न लगाईयो । यसरिपनि के नेता हुनु ?”

कांग्रेस महाधिवेशन अत्यन्तै अब्यवस्थित रहेकोपनि उनीहरुले उल्लेख गरेका छन् । चिन्तामणी सापकोटाले भनेका छन् “लाइनमा बस्यो पालो अनुसार हुँदैन । बल्लबल्ल पालो आयो मतपत्र सकिन्छ । मतदान सुरु हुन घन्टौं ढिला हुन्छ । यस्तो नेतृत्व र निर्बाचन समिती देखेर कहिले सुधृनेहोला हामी भन्ने लाग्यो । ठुला र साना नेता नै यस्तो भएपछी के सुधार हुने होला ? फितलो ब्यवस्थापन र फितलो निर्बाचन समिती देखियो । नेतृत्व परिबर्तन बिना पार्टिमा सुधारको कुनै आशा छैन ।”

कांग्रेसको मतदाता कति छन् भन्ने कुरा अधिवेशन पहिलेनै निर्क्यौल गर्दापनि मतदातालाई पुग्ने अनुसार मतपेटीका दिन नसकेको, मतपेटीका सक्कियो भन्दै झमला गरेको, घण्टौं कुराएकोपनि उनीहरुले उल्लेख गरेका छन् ।

“कती मतदाता छन र कती मतपत्र चाहिन्छ भन्ने हेक्का हुँदैन निर्वाचन समितीलाई ? यो के गर्न खोजिएको हो ?” सिता सापकोटाले प्रश्न गरेकि छन् ।

तपाइँको प्रतिक्रिया