बिहीबार, वैशाख १३, २०८१

पौडीका ओलम्पिक च्याम्पियनमाथि बलात्कारको मुद्दा, २० वर्ष जेल सजाय हुनसक्ने !

नेपालप्लस संवाददाता२०७८ मंसिर २७ गते २३:४०

सन् २०१२ ओलम्पिकमा दुई स्वर्ण पदक जितेका फ्रान्सेली पौडी खेलाडी यानिक एग्नेलमाथि १५ वर्षीया नाबालिगलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान शुरु गरिएको छ । फ्रान्सेली कानुनबिदले उनलाई २० वर्षको जेल सजाय हुनसक्ने बताएका छन् ।

फ्रान्सेली पौडीबाज यानिक एग्नेललाई हाल अनुसन्धानको दायरामा राखिएको छ । उनलाई बिहीवार पेरिसबाट पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो । एग्नेलले सन् २०१० युरोपियन च्याम्पियनसिप जितेपछि अन्तर्राष्ट्रिय प्रसिद्धि कमाएका थिए ।

यानिकले सन् २०१२ को ओलम्पिकमा पौडीमा दुई स्वर्ण पदक जितेका थिए । १५ वर्षीया नाबालिगलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपमा शनिबार अनुसन्धानको दायरामा राखिएको फ्रान्सेली मेडियाहरुले सोमवार उल्लेख गरेका छन् ।

२९ वर्षीया पौडीवाजलाई न्यायिक निगरानीमा राखिएको मुलहाउज शहरका सार्वजनिक अभियोजक एडविज रक्स-मोरिजोटले बताएका छन् । उजुरि परेपछि उनलाई पेरिस क्षेत्रबाट बाहिर जान नपाउनेगरि आदेश जारिगरिएको थियो ।

एग्नेललाई बिहीवार पेरिसबाट पक्राउ गरी पूर्वी फ्रान्सको मुलहाउसमा प्रहरी हिरासतमा राखिएको हो । अभियोजकले १५ वर्षीया नाबालिगलाई सन् २०१६ को आसपासमा बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता गरिएको थियो ।

उजुरि उनैका प्रशिक्षकले गराएका थिए । उजुरिकर्ता नावालिकका बुवा रहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् । वालिका १३ वर्षकी हुँदादेखिनै २४ वर्षिया पौडीवाजको परिचय भएको थियो । आफ्नै प्रशिक्षकको घरमा एग्नेलले धेरै पटक रात बिताएका थिए ।

प्रशिक्षणका क्रममा उनी प्रशिक्षकसँग थाईल्याण्ड, दुबाई लगायतका बिभिनन् देश जाँदापनि वालिकालाई बलात्कार गरेको हुनसक्ने उजुरिकर्ताका तर्फबाट बहस गर्ने कानुनविदको भनाई फ्रंस ३ टिभीले उल्लेख गरेको छ । एग्नेलका प्रशिक्षक रहेका आफ्ना बाबुसितै ति वालिकापनि बिभिनन् देश गएकि थिईन ।

फ्रान्सेली मेडियाका अनुसार सन् २०१४ र २०१६ बीच मुल्हाउसमा एग्नेलसँग तालिम लिने पौडीबाजले दिएको उजुरीमाथि छानबिन गर्ने छ ।

तत्कालीन ओलम्पिक च्याम्पियन एन्जल २०१४ मा मुल्हाउस स्विमिङ क्लब (मोन) मा सामेल भएर त्यहाँ दुई वर्ष तालिम दिएका थिए ।

फ्रान्सको खेलकुद दैनिक लेकिपले रिपोर्ट गरेअनुसार हालैका हप्ताहरूमा यस घटनाबारे बुझ्न धेरै पौडी खेलाडीहरू वा पूर्व पौडी खेलाडीहरूको अन्तर्वार्ता लिइएको छ ।

क्लबले सम्झौताको अन्तिम वर्ष तिर्नुपर्ने ६० हजार युरो नतिरेकोले उक्त रकम तिर्नको लागि एग्नेल अदालत गएपछि उनी लगायत धेरै पौडी खेलाडीसित क्लबको विवाद रहेको फ्रान्सेली टेलिभिजनले रिपोर्ट गरेको छ ।

एग्नेलले सन् २०१० युरोपियन च्याम्पियनसिपमा ४०० मिटर फ्रीस्टाइलमा जितेर च्याम्पियनसिपको नयाँ रेकर्ड बनाएपछि अन्तर्राष्ट्रिय प्रसिद्धिमा आएका थिए ।

दुई वर्ष पछि उनले फेरि लन्डन ओलम्पिकमा भाग लिए । उनले २०० मिटर फ्रिस्टाइल र चार गुणा १०० (१००) मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जिते । साथै साथै चार गुणा २०० (४क्स्२००) मिटर फ्रीस्टाइलमा रजत जितेका थिए ।

उनले सन् २०१३ को विश्व च्याम्पियनसिपमा दुई खेलमा स्वर्ण जितेका थिए । एग्नेल आफ्नो २०० मिटर फ्रीस्टाइल उपाधि रक्षा गर्न २०१६ मा ब्राजिलको रियो द जेनेरियो गएका थिए । तर त्यहाँ बिजयी हुन सकेनन् । त्यसको लगत्तै स्विमिङबाट सन्यासको घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया