शुक्रबार, चैत १६, २०८०

नेदरल्याण्डमा गठबन्धन सरकार बनाउने सहमती, रुट्टे चौथो पटक प्रधानमन्त्री

नेपालप्लस संवाददाता२०७८ मंसिर २८ गते ०:३३

नेदरल्यान्ड्सका राजनीतिक दलहरू सोमबार गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् जसले प्रधानमन्त्री मार्क रुटेलाई चौथो कार्यकालकोलागि प्रधानमन्त्री बनाउने सहमति गरेको छ ।

मार्चमा भएको निर्वाचनको २ सय ७१ दिनपछि उनीहरुले यस्तो सहमति गरेका हुन् ।

गठबन्धनमा चार पार्टीहरू – रुटेको सेन्टर राईट भिभिडी, प्रोग्रेसिभ डि६६, सेन्टर राईट सिडिए र कन्जरभेटिभ क्रिस्टेन युनी छन् । यि चार पार्टीले बुधबार संसदमा जाने सम्झौतामा सोमवार अपरान्ह सम्झौता गरेका हुन् ।

तर नेदरल्यान्ड्सले कोरोना भाईरसको संक्रमणमा अत्यधिक वृद्दीको सामना गरिरहेको छ । सरकारले लगाएको भाइरस नियन्त्रणका उपाय र प्रतिबन्धहरूको बिरुद्द हजारौंले जुलुश, प्रदर्शनी र दंगा भड्किएका घटना लगायतका चुनौतीहरूको सामना गरिरहेको छ । पार्टीहरूले मन्त्रीहरू छान्दा आफ्नो नयाँ सरकारको लागि जनवरीसम्म पर्खनुपर्ने छ ।

“संझौताका बुँदाहरुमा अब सहमति भएको छ” वार्ताको निरीक्षण गर्ने दुई अधिकारी जोहान रेम्केस र वाउटर कुलमीसका प्रवक्तालाई उद्धृत गर्दै एएनपी समाचार एजेन्सीले उल्लेख गरेको छ ।

गत मार्च १७ मा भएको निर्वाचनदेखि नै कुन दलले गठबन्धन बनाउने, कुन–कुन नीति अवलम्बन गर्ने भन्ने कुरामा सहमति जुटाउन सकेका थिएनन् । सहमतिको प्रयास पटक पटक हुँदै आएपनि अहिलेसम्म वार्ता लम्बिएको लम्बियै थियो ।

लागू औषध माफियाद्वारा आक्रमणको डरले डच प्रधानमन्त्री कडा सुरक्षामा

अक्टोबरको अन्त्यमा वार्ताले नेदरल्यान्ड्सको गठबन्धन वार्ताको ईतिहासनै तोडेको थियो । अर्थात् २२५ दिनको अघिल्लो रेकर्डलाई तोडेको थियो । किनभने दलहरूमा झन दूरि बढेको थियो ।

पछि रुट्टेको नेत्रित्वमा मन्त्रीपरिषद गठन गर्ने सहमति भएको थियो ।

नयाँ गठबन्धनका नीतिहरूमा नि:शुल्क बाल हेरचाह क्षेत्रको विस्तार, जलवायु परिवर्तन र आवास अभावको सामना गर्न अरबौं युरो लगानी, आणविक ऊर्जा अनुसन्धान र सडक कर निर्धारण समावेश हुने सम्भावना छ ।

बुधवार छलफलका लागि संसदमा जानुअघि चार दलले मंगलबार आफ्ना सांसदहरूसमक्ष उक्त सम्झौता पेश गर्ने भएका छन् ।

संवन्धित समाचार

अफगानिस्तानको शरणार्थी संकटलाई लिएर नेदरल्याण्डका विदेश मन्त्रीद्वारा राजीनामा

साईकल चढ्ने प्रधानमन्त्री चौथो कार्यकालपनि प्रधानमन्त्री हुने

सामाजिक घोटलाको आरोपपछि नेदरल्याण्डका प्रधानमन्त्रीद्वारा राजिनामा

तपाइँको प्रतिक्रिया

फेसबुक